कैलाली । कैलालीमा पनि सलह किरा देखिन थालेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको कृषि मन्त्रालयका अनुसारकैलालीको पूर्वी क्षेत्रमा सहक किरा देखिएको छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले थोरै संख्यामा मात्र सलह देखिएको बताए।
उनले लम्कीमा देखिएका किरा सलह हो कि होइन भनेर केन्द्रमा फोटो पठाएपछि हो भन्ने पुष्टि भएको बताए।
किरालाई भगाउने, मार्ने विधि अपनाइएको उनले बताए।
शर्माले यहाँ आएको किरा बुढो उमेरको, कम क्षति गर्ने प्रकारको रहेकोले किसानहरुलाई नआत्तिन आग्रह गरे।
लम्कीका स्थानीयले किरा टिप्न थालेका छन्।
लम्कीचुहा नगरपालिका १ थकालीपुरका भक्त थापाले सोमबार बिहानै सलह किरा देखिएको बताए।
बिहान बारीमा कौवाको बथान देखिएपछि बुझ्दा सलहको बथान धान, मकै ररुखमा देखिएको उनले बताए।
सुदूरपश्चिमको कृषि मन्त्रालयले सलह किरा ल्याउनेलाई एक किलाको २५ रुपैयाँ दिने निर्णय गरेको छ।