सिमकोट : नेपाली कांग्रेस हुम्लाले कोरोना महामारीविरुद्ध जिल्लाका सबै वडाहरुमा जनचेतना फैलाउने र स्वास्थ्य सामग्री वितरणमा सघाउने भएको छ । आज बसेको कांग्रेसको पाँचौ जिल्ला कार्य समितिको बैठकले निर्णय नै गरेको हो ।
हुम्लाका उपसभापति बसन्त रोकायाले जिल्ला कार्य समितिको बैठक सात वटै गाउँपालिकाका ४४ वटै वडामा कोरोना महामारीविरुद्ध जनचेतना फैलाउनेदेखि अन्य काम गर्ने जानकारी दिए ।
कोरोनाविरुद्ध सम्बन्धी हुम्लावासीलाई सन्देश घरघरमा पुर्याउन पार्टीका कार्यकर्ता परिचान उनको भनाइ छ । यसका लागि उहनले ४३ वटै वडा सभापतिलाई जिम्मेवारी तोकेर परिपत्र समेत मङ्गलबार गरि सकिएको बताए ।
‘कांग्रेसको निर्णय अनुसार, मास्क सेनिटाइजरदेखि जनचेतना फैलाउनका लागि बस्तीस्तरसम्म अगुवा कार्यकर्ता परिचालन हुनेछन्’ उनले भने । हाल कोरोनाविरुद्धको खोप लगाउने संख्या आधा मात्र देखिएकोले घरघरमा कार्यकर्ता पुगेर त्यसको विवरण संकलन गरेर स्वास्थ्य संस्थाहरुलाई जानकारी गराउने, प्रत्येक वडाका खोप लगाएका परिवारका सदस्य र नलगाएका सदस्यहरुको विवरण कार्यकर्ताले नै संकलन गरेर पार्टी कार्यालयमा उपलब्ध गराउने भएको उपसभापतिले बताए ।
पार्टी उपसभापति रोकायाको सभापतित्वमा बसेको बैठकले गरेका निर्णयहरुको नियमित अनुगमन जिल्ला कार्य समितिले गर्नेछ । त्योसँग उपसभापति रोकायाले कोरोनाविरुद्धका सामग्री लागि आवश्यक समन्वय गरेर स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराइने निर्णयमा उल्लेख गरिएको छ ।
बैठकमा जिल्लाका कार्य समितिका पदाधिकारी, सदस्य, शुभेक्छुक संस्थाका प्रमुखहरुको उपस्थिती रहेको थियो । यसअघि नेकपा एकिकृत समाजवादीले कोरोनाविरुद्ध स्टिकर अभियान सञ्चालन गर्ने निर्णय गर्दै सो अभियान हाल जारी राखेको छ ।