हुम्ला : सिमकोट विमानस्थलमा जमेको हिउँ फाल्दा उडान भर्न सहज भएको छ । हिउँ फाल्न हिउँ फाल्ने गाडीमा आउँदा हिउँ परेको बेला पनि उडान भर्न सहज हुने भएको हो । पहिले भेइकल नहुँदा विमानस्थलमा जमेको हिउँ मानिसले फाल्नुपर्ने भएकोले हप्ता दिनसम्म हवाई सेवा अवरुद्ध हुने समस्या हटेको हो ।
भेइकल नहुँदा बढी हिमपात भएको वर्ष एक महिनासम्म उडान अवरुद्ध भएको सम्झदै उपकरणले गर्दा त्यो समस्या समाधान भएको हो । पहिले मानिसले हिउँ फालेर विमानस्थल सुचारु गरेको सुनाउँदै अहिले मानिसले हिउँ फाल्ने समस्या दूर भएको हो ।
उक्त हिउँ सेना प्रहरी, कर्मचारी, व्यापारी, राजनीतिकर्मी र एयरलाइन्सका कर्मचारीले फाल्दै आएका थिए । चार वर्षयता मानिसले विमानस्थलमा हिउँ फाल्ने समस्याबाट टाढासँगै नियमित उडान भर्न पनि सहज भएको छ । भेइकल आएपछि एक दिनमै उडान भर्न सहज भएको छ ।
नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख मोहन गिरीले मानिसबाट विमानस्थलको हिउँ फाल्नुपर्ने बाध्यतालाई हटाउनका लागि भेइकलको व्यवस्था गरिएको उल्लेख गरे । यसअघि एक हप्ता, दश दिनसम्म हिमपात र विमानस्थल हिउँ फाल्न समय लागेको कारण उडान अवरुद्ध हुनु सामान्य जस्तै लागेपछि अहिले त्यो समस्याबाट जिल्लावासीलाई मुक्ति मिलेको छ ।
भेइकलको व्यवस्थाले विमानस्थलमा तीन फिटसम्म जमेको हिउँलाई सफा गरेर उडान भर्न सफल भएको हुने गरेको हो । प्रविधिको सहयोगले गर्दा हुम्लामा नियमित उडान भर्न सकिएको हो । भेइकलकै सहायताले यस वर्ष दिनभरि हिउँ परेको कारण दुई दिन बाहेक नियमित हवाई सेवा सुचारु भइरहेको छ ।
बिहान दश बजेसम्म हिउँ पर्दा पनि दुई घण्टा सफा गरेर एक बजेबाट उडान भर्न सकिएको बताउँदै भेइकलकै सहायताले यात्रु, कार्गो र खाद्यान्न ढुवानीमा सहजता आएको हो । यद्यपि नियमित विद्युत आपूर्ति नहुँदा भेइकलका लागि आवश्यक पर्ने ब्याट्री चार्ज गर्न भने विमानस्थललाई समस्या हुने गरेको छ ।