सिमकोट : विद्यालय शान्ति क्षेत्र हुन तर हुम्लाको चंखेली गाउँपालिकाले एक विद्यालय भवन निर्माणका लागि द्धन्दको बेला झै गरि सैनिक र सशस्त्रको क्याम्प घेर्ने कन्सनटेना क्वाइलमा काम गरेको योग्यता माग गरेको छ । यस्तो सुचना प्रकाशित भएपछि निश्चित निर्माण कम्पनीलाई काम दिनका लागि मिलोमतोमा सुचना प्रकाशित गरेको आरोप लागेको हो ।
दक्षिणी क्षेत्रको चंखेली गाउँपालिकाले विद्यालय भवन निर्माण लागि आव्हान गरिएको टेण्डरप्रति निर्माण व्यवसायीले आपत्ति जनाएका हुन । गत पुस २० गते रामशाह बिद्यालाय भवन निर्माणका लागि आव्हान भएको टेन्डर नै कुनै निश्चित निर्माण कम्पनीलाई दिने गरि मिलोमतोमा टेन्डर आव्हान गरिएको देखिएपछि यो आरोप लागेको हो ।
निर्माण कम्पनीलाई माग्नु पर्ने प्रि–क्वालिफिकेसन मापदण्ड कुनै खास कम्पनीलाई दिनेगरी मापदण्ड तय गरिएको निर्माण व्यवसायी पालु रावतले जानकारी दिए । गाउँपालिकाले निर्माण कम्पनी छनौटको योग्यता छनौटका लागि दोस्रो पटक संशोधन गरि प्रकाशन गरिएको कार्य क्षेत्रलाई छोटो अवधिका लागि परिबर्तन गर्दा उक्त टेन्डर मिलेमतोमा आव्हान गरिएको आरोप उनले लगाएका छन् ।
निर्माण कम्पनीको प्रि–क्वालिफिकेसन मापदण्डमा सल्ला काठमा काम गरेको हुनुपर्ने भनियता पनि काठको मुख्य कार्य झ्याल र ढोकाको परिमाणलाई प्राथमिकता नदिएर काठको भुइँ सिलिंगको कार्य अनुभव मागेको छ।
सुचनामा जब कि झ्याल र ढोकाको कामलाई पहिलो प्राथकिमता दिनुपर्ने व्यवसायीले बताए । विद्यालयमा भवन घेरबारको नाममा सैनिक र सशस्त्रको क्याम्प घेर्ने कन्सनटेना क्वाइलमा काम गरेको हुनु पर्ने भनिएको छ.।
व्यवसायीले विद्यालय द्धन्दग्रस्त क्षेत्र नभएकोले सो राख्नु आवश्यक नभएको बताएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयको गाईड लाईन अनुसार नै टेन्डर आब्हान गर्नुपर्ने प्रावधान रहेको छ।
उक्त गाईड लाईनमा मुख्य क्रियाकलापको अनुभव माग्दा बिल अफ क्वान्टिटीमा उल्लेखित जम्मा परिमाणको ८० प्रतिशत न्युनतम माग्नु पर्छ । तर उक्त ठेक्कामा सो नगरी मनपरी ढंगले कुनै खास निर्माण कम्पनीको अनुभव मापदण्ड मिल्ने गरि टेन्डर आब्हान गरिएको आरोप निर्माण व्यवसायीको छ ।
सुचनालाई अध्ययन गर्दा काठको भुइँ सिलिङंको जम्मा काम गर्नुपर्ने परिमाण १५० स्क्वार फुट रहेको छ । १५० को ८० प्रतिशतले १२० स्क्वार फुट हुन्छ । तर १०० स्क्वार फुट मागिएको छ ।
सुचना हेर्दा अझ रोचक त के छ भने माघ १७ गते अर्को सुचना प्रकाशन गरि माथि उल्लेखित मुख्य क्रियाकलापहरु एउटै योजना सम्पन्न गरेको हुनुपर्ने सर्त राखिएको छ । यस सम्बन्धमा गाउँपालिकाका इन्जिीनीयर मान बहादुर ऐडीले कार्यालयले नियम अनुसार नै सुचना प्रकाशन गरिएको बताए ।
उनले निर्माण व्यवसायीले आफुले प्रस्तावना हाल्न नपाउने भएपछि आरोप लगाएका जानकारी दिए । माघ २० गते टेण्डरको अन्तिम दिन हो । यसका लागि २५ देखि ३० वटा फर्म बिक्री भएको गाउँपालिकाले जनाएको छ ।