गुलावजंग शाह - फाइल फोटो
सल्यान : बनगाड कुपिण्डे नगरपालिकाको– १ बाट नेकपा एमाले पार्टी प्रवेशको कार्यक्रम सुरुवात गरेको छ । पहिलो दिन आजै १९ जनाले एमाले प्रवेश गरेका छन् । नेकपा एमाले बृहत पार्टी प्रवेश कार्यक्रममा कांग्रेस र माओवादी केन्द्रका थुप्रै कार्यकर्ता एमाले प्रवेश गरेको एमालेको दाबी छ ।
गठबन्धनका कारण पार्टी प्रवेश गर्नेको लहर चलेको भन्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा पोलिटब्यूरो सदस्य गुलावजंग शाहले एमालेलाई नयाँ उर्जा थपिएको बताए ।
नेकपा एमाले नगर कमिटीद्धारा आयोजित पार्टी प्रवेश कार्यक्रममा थुप्रै अन्य पार्टीबाट नेकपा एमालेमा प्रवेश गरेको र प्रवेशको एमालेको दाबी छ ।
राष्ट्रिय माहोल यतिखेर नेकपा एमालेप्रति नै बढीरहेको अवस्थामा स्थानीय चुनावमा नगरलाई एमाले बहुमतका साथ विजयी गराउन नेता शाहको दाबी छ । समयमै चुनाव नभए यसका दोषी पाँच दलिय गठबन्धन भएको शाहको धारण थियो ।
संविधान अनुसार स्थानीय चुनाव घोषणा नभए देशमा नेकपा एमालेले आन्दोलन चर्काउने बताए । विभाजनपछि एमाले झनै शक्तिशाली भएको उनको भनाइ छ । राष्ट्रिय सभाको चुनावमा एमालेले आफ्नो पहिलो स्थान देखाएको नेता शाहको भनाइ छ ।
कार्यक्रममा नगर अध्यक्ष गञ्जमान बुढा, प्रमुख अतिथि नेता शाह र विशेष अतिथि जिल्ला अध्यक्ष गोविन्द कुमार पुन, जिल्ला कमिटी सदस्य अकबर पुन, दिपवहादुर खड्काको उपस्थिती रहेको थियो ।
केही दिन अघि मात्रै वडा नं १० को कुटिचौरमा ७५ जना माओवादी केन्द्रबाट एमालेमा प्रवेश गराएको एमालेको दाबी छ । विहिबार सम्पन्न कार्यक्रममा १९ जनाले एमाले प्रवेश गरेको एमाले सल्यानले जनाएको छ ।
एमाले सल्यानका अनुसार, सबैभन्दा बढी नेपाली कांग्रेसबाट १४ जनाले प्रवेश गरेका छन् । पार्टीका गतिविधि बढाउन नेता शाहको निर्देशन समेत दिएका छन् । नेपाली कांग्रेसबाट विरवहादुर बुढा, लालवहादुर विक, जसविर विक, दिपक वुढा, गोपाल नकाल, निमवहादुर पुन, वलदेव राना, लालबहादुर राना, टेकबहादुर राना, मोते राना, कृतिवहादुर राना, सुवास विसी, रुद्रवीर कामी, मनकलि वस्नेतले प्रवेश गरेका छन् ।
एकीकृत समाजवादिका रामवहादुर केसी, यादव विसी, माओवादी केन्द्रबाट ओपेन्द्र घर्ती र राप्रपाबाट प्रेम विसी, गुमाने दमाईले एमाले प्रवेश गरेका हुन् । नेपाली कांग्रेसबाट वडा कार्य समिति सचिव वलदेव राना, टोल सभापति नकालसहितले प्रवेश गरेका हुन् ।