सल्यान : कुमाख गाउँपालिका २ मा रहेको नारायण माविको ८ कोठे भवन उद्घाटन गरिएको छ । उक्त भवन पूर्व अर्थ मन्त्री प्रकाश ज्वालाद्धारा उद्घाटन गरिएको हो । प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा करिव ५४ लाख लागतमा उक्त भवन निर्माण भएको हो ।
भवन उद्घाटन गर्दै एकीकृत समाजवादीका उप–महासचिव समेत रहेका ज्वालाले शिक्षा क्षेत्रको आमूल परिवर्तन नगरे अरु परिवर्तन असम्भव रहेको जनाए ।
आफु निर्वाचित भएपछि हालसम्म जीर्ण भवनको मर्मत तथा नयाँ विद्यालय भवनमा सल्यान जिल्लाका धेरै विद्यालयहरुको भौतिक पूर्वाधार बजेट विनियोजित गरेको ज्वालाको भनाइ छ ।
गरेको ज्वालाको भनाइ रहेको थियोे ।वजेट विनियोजनसँगै विद्यालयहरु निर्माणकार्य सम्पन्न भइ प्रयोगमा आइसकेको समेत वताइएको थियोे ।आफ्नो पहिलो नजर शिक्षा क्षेत्रमा नै परेको ज्वालाको भनाइ रहेको थियोे ।
गाउँपालिका अध्यक्ष दिलमाया वुढा र ज्वालाले संयुक्तरुपमा रिवन काटेर विधिवत रुपमा भवनको आज उद्घाटन गरिएको छ । स्विकोट नेटा वजारमा रहेको उक्त विद्यालयको लागि गाउँपालिका द्वारा करिव २७ लाख १४ हजार ८ सय ४७ र तत्कालीन अर्थमन्त्री हुदा ज्वालाले प्रदेश आर्थिक मामिला मन्त्रालयबाट सोहि वरावरको रकम विनियोजन गरि करिव ५४ लाख २९ हजारमा उक्त भवन वनेको जनाएको छ ।
भवन उद्घाटन कार्यक्रमसँगै आज विद्यालयले सम्मान कार्यक्रम समेत गरेको थियो । भवन गुणस्तरीय तथा राम्रो भएको प्रधानाध्यापक देवेन्द्र रावतको भनाइ रहेको थियोे ।
५४ लाख लागतमै ८ कोठे भवन भने पछि पठनपाठनमा निकै सहज हुने जनाएको छ । यस कार्यमा सहयोग पुर्याउने गाउँपालिका र तत्कालिन पूर्व अर्थ मन्त्री ज्वाला, भवन निर्माण कार्यमा संलग्नता कम्पनीलाई विद्यालय परिवारले विशेष सम्मा गरेको हो ।