खलंगा : जुम्लाको तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका नागरिकलाई राहत दिएर हेलिकोप्टर फर्किएको छ । गाग्रीलेखको पाटनमा जडिबुटी संकलन गर्न गएर हिउँमा फसेकालाई कर्णाली प्रदेश सरकारले हेलिकोप्टरमार्फत राहत पुर्याएको हो ।
विहिबारदेखि पुगेको हिमपातका कारण जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा गएका तातोपानी ८ का ३४ जना स्थानीय हिउँमै फसेको खबर स्थानीयले गरेका थिए ।
स्थानीयका अनुसार पाटन क्षेत्रको गाग्रीका लेखको ऐडी ओढार, गाग्री ओडार जना खोटीसल्लामामा फसेका नागरिकलाई राहत दिएर हेलिकोप्टर फर्किएको हो ।
हिउँ बाक्लो जमेकाले उनीहरु सहजै रुपमा आउन सक्ने अवस्था नभएको प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले बताइन् । उनले भनिन्, ‘ कर्णाली प्रदेश सरकारले खाद्यान्न बोकेर हेलिकोप्टरबाट राहत पुर्याएको हो । ’
हेलिकोप्टरले ऐडी ओडार, गाग्री ओडार, खोटिसल्लामा हिउँले फसेका नागरिकलाई राहत दिएर हेलिकोप्टर फर्किएको तातोपानी आठका स्थानीय सुरतबहादुर शाहीले बताए ।जडिबुटी ९खिरौलो० कोर्न गएका गएका ३४ जना नागरिक फसेका भन्ने खबर आएको थियो ।
हेलिकोप्टर ल्याड गर्ने अवस्था नभए पनि राहतको व्यवस्था गरि हेलिकोप्टर फर्किएको हो । कति जना हिउँ छन् यकिन नभएको प्रजिअको दाबी छ छ । अन्य कुन कुन लेकहरुमा छन् खबर आउन बाँकी रहेको प्रजिअले बताइन् ।
हिउँमा फसेकाको उद्धार गर्न सकिने छैन । उनीहरु ओडारमा छन् । हिउँमा हेलिकोप्टर ल्याड गर्न सकिएको छैन । हेलिकोप्टर केही खाद्यान्न पुर्याएर मात्रै फर्किएको हो । यस अघि ५५ जना हिउँमा फसेको खबर आएको थियो । राहत दिने ठाउँमा २० जना जतिको उपस्थिती रहेको जुम्ला प्रशासन जनायो ।
र, यो पनि पढौं...