दैलेख : ०५७ चैत २४ गतेतिर तत्कालिन विद्रोही माओवादीले युद्ध गरिरहेको थियो । त्यतिबेला दैलेख नौमुले गाउँपालिका –१ तोलीका सर्वजित थापा मगर हाइस्कुल बढ्दै थिए । सर्वजित् नयाँ कुरा देख्न र सुन्न निकै उत्साहित हुन्थे ।
युद्ध कहिले देख्न पाइएला ? माओवादी कस्ता हुन्छन् ? उनको मनमा लाग्ने गरेको थियो । जिज्ञासासँगै मनमा डर पनि उत्तिकै थियो । उनी साँझ बिहान रेडियो सुनिरहन्थे ।
माओवादीले सेनालाई र सेनाले माओवादीलाई मारेको खबर पाइरहने मध्येका एक हुन् सर्वजित । ०५७ चैत २८ गतेको कुरा – सर्वजित घरमा खाना खाएर केही साथीसँग नुहाउन खोलातिर लागे । खोला पुगेर सर्वजितलाई एकजना दिदीले मानिसको लस्कर ठाउँ देखाइन् । त्यता हेर्दा माओवादीको लस्कर रहेछ ।
चैत २४ गते दैलेख नौमुले प्रहरी चौकी आक्रमण गर्ने योजना रहेको कुरा समेत आक्रमण गर्ने कुरा सुने । त्यो साँझ नै मगर संघको आयोजनामा सांस्कृति कार्यक्रम थियो ।
कार्यक्रम भइरहेको थियो । विद्रोही माओवादीले प्रहरीमाथि हमला गरेको सुनियो । बिहान बाहिर आउँदा प्रहरी कार्यालय क्षतविक्षत भएको थियो ।
एक दिन सर्वजित स्कुल जाँदै थिए । बाटोमा उनीसँग माओवादी कमरेडसँग भेट भयो । उनको नाम थियो कमरेड राजु ।माओवादी भनेको के हो ? यी कस्ता हुन्छन् ? भन्ने र बुझ्न चाहने सर्वजित कमरेड राजुलाई भेटेर थाहा भयो । राजुको सल्लाहले सर्वजित प्रस्ट भए । कमरेड राजुकै सल्लाहले उनको मुटु छोयो ।
राजुको सल्लाहबाट सर्वजितको भावना माओवादीप्रति सकारात्मक बन्यो । त्यसको भोलिपल्ट दैलेखको चामुण्डामा हुने सांस्कृतिक हेर्ने गए । ०५७ बैशाख २८ गते नौमुले हाइस्कुलदेखि केही छात्र÷छात्राहरुसँगै उनी पनि सांस्कृतिक कार्यक्रम हेर्न गएका थिए ।
चामुण्डा सांस्कृतिक कार्यक्रम हेरेर फर्किने क्रममा – ‘तिमीहरुलाई माओवादीको कार्यक्रममा गएको खबर पाएपछि तिमीहरुलाई आर्मीले मारिदिन्छ । यतैबाट माओवादीमा हिँडे । माओवादीमा हिँडेपछि ठिक हुन्छ ’ भनेर केही माओवादी नेताले भने ।
नौमुले हाइस्कुलबाट सांस्कृतिक कार्यक्रम हेर्न गएका सबै घर फर्किए । तर, घर नफर्किने मध्ये हाइस्कुलका पहिलो विद्यार्थी हुन् सर्वजित ।
बाल्यकालदेखि नै कलाकारितामा रुचि राख्ने सर्वजितको उद्देश्य नै कलाकार बन्नु थियो । चामुण्डामा भएको पार्टीको कार्यक्रम सकिए लगत्तै दैलेख ठाँटीकाँध, दुल्लु, डुङ्गेश्वर, गुराँसे हुँदै सुर्खेत पुगे । सुर्खेत पुगेर नयाँ छलाङ अभियानका सहकमाण्डर भए ।
जिम्मेवारीपछि...
नयाँ छलाङ अभियान अन्र्तगत सर्वजितलाई सहकमाण्डरको जिम्मा दिएर जुम्ला पुगे । जुम्ला पुगेर नयाँ छलाङ अभियान सफल पारेर उनको टोली सुर्खेत फिर्ता हुँदै थियो । जुम्लाको तोट्ला कालिकोटको पाथर खोलाबीच बास भयो । साँझ टेन्ट हालेर सबै माओवादी साथीहरु सुतिरहेका थिए ।
उनीहरु सुतिरहेकै अवस्थामा शाही सेनाले ओछ्यानमै फायर गर्न थाल्यो । सबैजना भाग्न सफल भए । खोलादेखि आर्मी छलेर उकालो लागे । बाटोमै सर्वजितका साथीहरुलाई गोली हान्यो । एक जनाको मृत्यु भयो । एक जना बाच्न सफल भए ।
आन्दोलनकै क्रममा जनताले दुस्मनलाई प्रतिरोध गर्नका लागि चार महिने अभियानको क्रममा हुम्ला जाने पार्टीले निर्णय गर्यो । बाटोमा विभिन्न दुःख कष्ट भोगेर हुम्ला पुगे ।
साथीहरुबीच बाटोमै बिरामी भए । साथीहरुलाई बाटोमै छोँडेर अगाढी बनेको सर्वजितले बताए । फेरि माथी पुगेर आफुसँग भएका सामान माथी राखेर लिन आउने गरेको उनले सुनाए ।
०६० सालमा जाजरकोट रामीडाँडा समेत पुगे । क्षेत्रीय कलाकारका साथमा सर्वजित जाजरकोट पुगेका थिए । केन्द्रिय पश्चिम सामना परिवार पनि गएको थियो । माइला लामाको उपस्थितीमा ।
रेडियोको यात्रा...
कलाकार बन्ने सपना बोकेका सर्वजित रेडियोकर्मी बन्ने धोको पनि साथैमा थियो । उनको लागि त्यो दिन पनि आयो । ०६५ मा रेडियो जनआवाजमा काम गर्ने मौका पाए ।
रेडियोमा उनको प्रवेशसँगै उनको आजान गाउँ बस्तीका पुग्न सुरु भयो । संगित सन्देश कार्यक्रम चलाए । उक्त कार्यक्रमबाट उनले थौरै भए पनि आफ्नो नाम बाहिर ल्याउए । रेडियोमा कार्यक्रम संगितपछि कार्यक्रम वनपाखा कार्यक्रम चलाए ।
कार्यक्रम वनपाखा सुन्ने श्रोता बढ्दै गए । भनौं गाउँतिर उनको निकै चर्चा भयो । युद्धको उक सिपाहीदेखि जनयुद्धको कलाकारले वनपाखा कार्यक्रम गाउँघरमा निकै सुन्ने गरेका थिए । रेडियोबाट आफ्नो चर्चा बटुलेका सर्वजितले र ०६८ मा रेडियो छोड्ने निर्णयमा पुगे । ०६५ देखि २०६८ सम्मको रेडियो यात्रा उनका लागि अविस्मरणीय छ ।
परदेशको यात्रा....
लामो समय रेडियोकर्मीका रुपमा चिनिएका सर्वजितलाई रहरसँगैको बाध्यताले परदेश पठायो । ०६९ भदौ १४ विदेशी गए । त्यहाँ पनि अलपत्र पर्न पुगे । ‘सेक्युरेटी’ भनेर विदेशी गएका विदेश पुग्दा मजदुरको काममा फसे । उतै मजदुर गर्न लागे । विदेशमा भने जस्तो नभएपछि घर फर्किने निर्णय गरे । परदेशमा बगाएको पसिना सम्झेर त्यहाँ बगाउँनुभन्दा नेपालतिर बगाउँछु भनेर त्यतिबेला नेपाल फर्किएको उनी बताउँछन् ।
०७० मै नेपाल फर्किए । फेरि रेडियोकर्ममा फर्किए । दैलेखको चर्चिन रेडियो धुर्वतारा एफएफमा ‘लोक गुञ्जन’ कार्यक्रम चलाउन थाले । उक्त कार्यक्रम सबैको मनमा बस्न सफल भयो । यति मात्रै होइन यतिबेला आफ्नै टेर्लर खोलेर जिन्दगी चलाइरहेका छन् ।
कलाकारलाई माओवादीले अलपत्र पार्यो...
एक सयम थियो । पार्टीका नेताले भाषण गर्दा, कलाकारले गाउँदा मानिसहरु जम्मा हुन्थे । कलाकारले नै पार्टीमा मानिसको आकर्षण बढ्दै गएको थियो । शान्ति प्रक्रियापछि कलाकारहरुलाई पार्टीले अलपत्र पारेको सर्वजितको भनाइ छ ।
समरका यात्रीहरु झुकेनन जेलनेलमा - सर्वजित थापा मगर, माया बोहोरा लगायतका साथीहरुको आवाजमा रहेको यो गीतको शब्द रचना देविराम देवकोटा असिमले गरेका थिए । यस्तै लय संकलन शहीद पुष्पराज चौधरी कमरेड विशालले गरेका थिए ।
०५८ साल मंसिर ८ गते तत्कालिन जनमुक्ति सेनाले दाङको घोराहीमा शाही सेनाको ब्यारेकमा भीषण आक्रमण गर्यो । त्यहीँ समयमा विभिन्न ठाउँबाट पक्राउ परेर सुर्खेत जेलमा रहेका १५ जना राजनैतिक आस्थाका बन्दी र १५ जना गैर आस्थाका बन्दी गरेर ३० जनाले ३२ फिट लामो सुरुङ्ग खनेर जेलब्रेक गरेको उनले सुनाए । त्यहीँ समयको परिवेशलाई समेटेर जेलब्रेकर देविराम देवकोटाले गीतको रचना गरेका थिए ।
०५८ कात्तिक २३ गतेदेखि सुरुङ्ग खन्न सुरु गरेर माघ २ गते बिहान साढे १ बजे जेलब्रेक गरिएको थियो । जेलब्रेकको मुख्य नेता झक्कबहादुर मल्ल हुन् । उनी अहिले नेकपाको केन्द्रिय सदस्य छन ।
अरु नेताहरुमा बिष्णु प्रसाद चौधरी, पुष्पराज चौधरी, विकास गुरुङ, विन्दमान विष्ट, गणेश भण्डारी, लोक जङग शाही, लोकबहादुर चलाउने, कृष्ण बडुवाल, राम बहादुर रसाइली, गोपाल शर्मा, नवराज खड्का, रबिन्द्र बयक र उपेन्द्र बिक थिए । यी सबै राजनैतिक आस्थाका बन्दी हुन । अरु १५ जना गैरआस्थाका बन्दी थिए ।
‘जाँदैछु प्रिय म मुक्ति युद्धमा’ सर्वजितको स्वरमा रहेको छ । पञ्चा सिंहको लय थियो । सर्वजितले यति मात्रै होइन सात साल ४६ को कडी, ज्वालामुखी फुट्ने बेला, सिस्ने जलजलाका शिर जस्ता गीतहरु गाएका छन् । उनले जनयुद्धकै झल्को दिने ‘लाल सलाम’ फिल्ममा प्रहरी भएर अभिनय समेत गरेका छन् ।
जनयुद्धबाट फर्केपछि कलाकारितालाई निरन्तरता दिँदै आएका छन् । उनकै आवाजमा अहिले पनि थुप्रै गीतहरु बजारमा छन् । उनको आवाजमा रहेको ‘हे निष्ठुरी भन । चुहियो मेरो र्याल । तोलीको डाडा । सालैजो भाका । विश्वास गर प्रिय । दैलेखको फुलबारी । आउँदैछु म प्रिय लगायतका गीत बजाएमा छन् ।
र, यो पनि...
(२०५२ सालदेखि २०६२ सालसम्म नेपालमा सशस्त्र द्धन्द्ध भयो । तत्कालिन विद्रोही नेकपा माओवादीले जनयुद्ध घोषणा गर्दा देशभर संघीयता, संविधान र गणतन्त्रका लागि योगदान गर्नेको लहर चल्यो । त्यतिबेला रगत बगाउन तयार हुनेहरु अहिले साँझ बिहानको छाक टार्न दैनिक आ - आफ्नै ज्याला मजदुरी गरिरहेका छन् । कतिपयले राम्रो घरबार जोडेका छन् । कतिपय सडकमा छन् । जनयुद्धदेखि अहिले बाँच्नका लागि दुई पैसा कमाउन धनयुद्ध लड्नेहरुको कथा हो, 'जनयुद्धदेखि धनयुद्धसम्म' श्रृंखला । त्यतिबेलाको मध्यपश्चिम अर्थात रोल्पाको होलेरीबाट सुरु भएको जनयुद्धले कर्णालीलाई आधार इलाका बनाएको थियो । सुख, शान्ति र समृद्धिको चर्को नारा उचालिएको कर्णाली अहिले पनि जस्ताको त्यस्तै छ । रगतकै बलिदान दिएर पनि कर्णालीको समृद्धि किन हुन सकेन ? हिजो देशका लागि रगत बगाउने, ज्यानको आहुति दिने र जीन्दगीभर जनयुद्धको घाउ बोक्नेको पीडामा किन मलम लाग्न सकेन ? यो श्रृृंखलामा हामी यस्तै प्रश्न र जिज्ञासासहितका सामग्री प्रस्तुत गर्नेछौँ : सम्पादक )