खलंगा : बिहिबार मुगुका संघीय सांसद मोहन बानियाँविरुद्ध बलात्कारको आरोपमा जुम्लाकी नाम परिवर्तित मायाले जिल्ला प्रहरी कार्यालय बाँकेमा मुद्धा गरिन् । उनले मुद्धा दायर गरे लगत्तै सांसद बानियाँ निकटकाले उनलाई धम्की दिएको उनले सामाजिक सञ्चालनमा लेखेकी छिन् । त्यतिमात्रै होइन पीडित महिलालाई आर्थिक प्रलोभन देखाएको समेत बुझिएको छ ।
‘पैसा दिन्छम मुद्दा नगर भनी पटकपटक भनेकोले हिजो सम्म रुके पैसा दिने भनी मोहन बानियाँ लगायत उहाँका आफन्त हरुले मलाई बोलाई पैसा दिनुको साटो ममाथी जघन्य अपराध गरेको र उल्टै चेक खोसेर लियकोले म असाध्यै अन्न्यायमा परेकोले यो जानकारी संजाल मार्फत गरे र अब तत्काल माननीय मोहन बानिया लगायत उहालाई अपराध मा सघाउने सहित सबैको नाममा मुद्दा दर्ता हुदैछ र सबै मिडिया कर्मिलाइ सबै सबै माझ यो जानकारी गरे अब मेरो ज्यान जोखिममा छ म मरे भने माननीय मोहन बानियाको कारण ले मर्नेछु उहाँनै जबाफदेहि हुनुहुनेछ’ नाम परिवर्तित मायाले सामाजिक सञ्चालमा लेखेको जस्ताको त्यस्तै ।
उनले दिएको जाहेरीले उनीमाथि बानियाँ निकटका लागि आर्थिक प्रलोभन समेत देखाएका छन् । जाहेरी दिएपछि बानियाँका ज्वाइँले भेटौं बिहानै १० बजेतिर ‘तपाईलाई २५ लाख दिन्छौं । जाहेरी फिर्ता लिन भम्की पूर्वक भनेका हुन् । मैले जाहेरी दिएको छु । जाहेरी दिएपछि असुरक्षित छु’ पीडित महिलाले भनिन्, ‘अब कानूनले जे गर्छ–गर्छ जाहेरी फिर्ता हुँदैन ।’
त्यति मात्रै नभइ बानियाँका छोरा मदन बानियाँले जाहेरीको कुनै असर नपर्ने भन्दै धम्की दिएको पीडित महिलाको दाबी छ । पीडित महिलाले भने अनुसार, बानियाँका छोराले भने, ‘यस्ता जाहेरी कति भए कति । यसमा केही फरक पर्दैन कैयौं ब्यहोरी सक्यौं ।’
घटनालाई मडार्न एमालेका नेता तथा मुगुका सांसद दानसिंह परियार सक्रिय रहेको बुझिन्छ । पीडित महिलाका अनुसार, जाहेरी दिएकै दिन सांसद परियार बाँके पुगेका थिए । पीडितले भने अनुसार सांसद परियारले भने, ‘जाहेरी कसरी दर्ता हुन्छ रु हामी पनि हेर्छौं ।’ घटनालाई लेनदेनमै मिलाउन पटक–पटक दबाब दिएको पीडित भनिएकी महिलाको दाबी छ ।
आफुबाट लिएको पैसा फिर्ता गर्न भनेपछि सांसद मोहन बानियाँले २५ लाखको चेक समेत दिएका थिए । राष्ट्रिय वाणिज्य बैंकको चेक दिए पनि खातामा पैसा नभएको बैंकका कर्मचारीले बताएका थिए । चेक बाउन्स भयो । बाउन्स चेक समेत पीडित महिलाबाट मुगुका सांसद परियारसहितको टोली खासेको पीडित महिलाको दाबी छ ।
बाँकेको नेपालगञ्जस्थित होटेल अप्सारामा आफु बलात्कृत भएको महिलाले खुलाएकी छन् ।