सल्यान : सुरक्षित आप्रवासन सामी परियोजनाले सल्यान पश्चिम सल्लिबजारमा आज सामुदायिक अगुवाहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने भए सही सूचना लिएर सीप सिकेर मात्रै जान संस्थाको मुल सन्देश रहेको भन्दै अगुवासँग छलफल भएको हो ।
सुरक्षित आप्रवासनमा असर तथा प्रभाव साथै आप्रवासी कामदारलाई सामाजिक बहिष्कारको प्रभाव न्यूनिकरणका क्षेत्रमा संस्थाले बनगाड कुपिण्डे नगरपालिकासहित जिल्लाको ४ स्थानीय तहका विभिन्न क्षेत्रहरुमा काम गरिरहेको छ ।
परियोजनाले श्रम, रोजगार, सीप, सामाजिक सुरक्षा जस्ता क्षेत्रमा काम गरिरहेको छ । वैदेशिक रोजगारमा गएका घरमा रहेका श्रीमतीहरु माथिको सामाजिक बहिस्करण, उनीहरुप्रति हेर्ने दृष्टिमा परिवर्तन ल्याउनुपर्ने कुरामा संस्थाको जोड रहेको बताइएको छ ।
बैदेशिक रोजगारिका क्षेत्रमा पुगेका व्यक्ति, घर परिवारलाई मनोपरामर्श र विद्यमान परिस्थितीकाबारे संस्थाको भुमिका महत्त्वपूर्ण रहेको जनाइएको छ । वैदेशिक रोजगारीबाट सिर्जित समस्या ॠण, ठगि, जेल शोषण, अलपत्र, लगायतका समस्या समाजमा देखिन्छ । साथै वैदेशिक रोजगारीले गरिबी न्युनिकरण, रेमिट्यान्स लगायतका क्षेत्रमा भार समेत थामेको जनाए ।
सामुदायिक अगुवासँग संस्थाले यस्तै सवालमा निराकरणका उपायमा सबैको महत्त्वपूर्ण भुमिका रहेन जोड दिएको थियो । यस्ता कुराको चिरफार हुनुपर्ने जनाइएको छ । सामी परियोजना कार्यक्रम अध्यक्ष दिपेन्द्र प्रकाश डिसि, परियोजना संयोजक विमल गौतम र कार्यक्रम अधिकृत विष्णु आर्यालले कार्यक्रमकाबारे प्रष्ट पारेका थिए ।