काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामको जन्मभूमी अयोध्या नेपालमै रहेको अभिव्यक्ति दिनु उपयुक्त नभएको बताएका छन्।
प्रधानमन्त्री ओलीले सोमबार हिन्दु धर्मावलम्बीले भगवान मान्ने रामको जन्मभूमी अयोध्या नेपालको वीरगञ्जभन्दा केहीपर ठोरीमा पर्ने तर भारतले विवादित अयोध्या खडा गरेको अभिव्यक्ति दिएका थिए।
ओलीको दाबी उटपट्याङ, अपुष्ट र अप्रमाणित भन्दै राप्रपाका अध्यक्ष थापाले सोमबारै ट्वीट गरेका छन्।
सोमबार ट्वीट गर्दै थापाले भनेका छन्प्रमको स्तरबाट यस्ता उटपट्यांग,अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त छैन।भारतसंग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रमको ध्यान गए जस्तो लाग्छ।नक्सा प्रकाशित गरेर अतिक्रमित भूमी फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होईन।
प्रधानमन्त्री ओलीले नेपालीहरू सांस्कृतिक हिसाबले थिचिएको बताएका थिए।
ुहामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौं। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले सीता भारतका राजकुमार रामलाई दियौं भनेर ठानिरहेका छौं। भारत हैन अध्योध्याकालाई दिएका हौं। अयोध्या भनेको वीरगन्ज भन्दा अलि पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन,ु उनले भने।
प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही हो भने त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न गरे। उनले भने ‘सन्तान पनि भारतका हुँदै होइनन्, ठाउँ पनि भारतको होइन, तर त्यो इतिहास अहिले वहसगरी साध्य छैन।ु
प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञानको सुरुआत र विकास नेपालमा भएको भएपनि त्यो श्रृङ्खलाले निरन्तरता पाउन नसकेको बताएका थिए।