नेपालमा राज्यसत्ताका लागि भन्दै हतियारसहितको आन्दोलन अर्थात जनयुद्ध भएको २७ वर्ष पूरा भएको छ । तत्कालीन विद्रोही नेकपा माओवादीले जनयुद्धको जग बसालेको थियो । त्यही माओवादीले अधिकारको दुरुपयोग गर्दै आफ्नालाई मात्रै जागिर दिने गरेको छ । माओवादीको २७ औँ जनयुद्ध दिवसका अवसरमा माओवादी केन्द्रका कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मर बिष्टसँग गरिएको कुराकानीः
२७ औं जनयुद्ध दिवस कसरी मनाउँदै हुनुहुन्छ ?
कर्णालीमा हामीले अघिल्ला वर्ष जस्तै जनयुद्धको वर्षगाँठ मनाउछौं । यस दिवसलाई महिनैभरि जनयुद्ध दिवसका कार्यक्रम गर्ने, जनयुद्ध दिवसलाई हामीले सहिद सप्ताहदेखि जनातासँगको सम्बन्ध सम्पर्क गर्ने सप्ताहका रुपमा, विकास निर्माण र जनतासँग जोडिने सप्ताहका रुपमा विभिन्न कार्यक्रम गरेर मनाउँछौं । यसमाथि पनि सहिदपरिवार, घाइते–अपांग बेपत्ता परिवारलाई सम्मान गर्ने, हाम्रो त यो चाड नै भएकाले जनताकाबीच जाने, निको-मिठो खाएर मनाउने तयारी छ ।
निको–मिठो तपाईंहरु मात्रै खानुहुन्छ कि सहिद, घाइतेदेखि बेपत्तापरिवारलाई पनि खुवाउने हुन्छ ?
मैले निको-मिठो खाने भनेको भात, मासु, रक्सी खानुपर्छ भन्ने होइन । जनताका विचमा गएर एक/एक चकलेट खाए पनि निको मिठो बुझिन्छ । यो खुसीयालीमा सहिदपरिवार, घाइतेपरिवार, बेपत्तापरिवारका विचमा गएर सँगै जनयुद्ध दिवस मनाउने भन्नेछ ।
२०५२ सालमा थालेको जनयुद्धलाई कसरी सम्झिनु हुन्छ ?
अब ति दिनहरु भनेका युद्धकालिन अवस्थाको समय हो । हामीले जनयुद्ध समाजवादी क्रान्ति स्थापना गर्नका लागि हतियार उठाएको अवस्था थियो । हाम्रो युद्ध पूर्ण रुपमा सफल नभए पनि आंशिक रुपमा सफलता भएकै छ । जसको कारण राजतन्त्र बिदाइसँगै गणतन्त्रको स्थापना भएको हो ।
यद्यपी यो व्यवस्थालाई गरिब जनताका पक्षमा स्थापित गर्ने कुरामा त अहिले पनि सक्षम भएको छैन । जनयुद्धले आंशिक रुपमा सफलता ल्याएको छ । यसमा टेकेर हामीले अगाडि बढ्नुपर्छ । हिजो त्यहीँ खातिरले हतियार उठेको हो । १७/१८ हजार मानिस मारिए । त्यसैको खातिर देशका धेरै ठुला संरचनाहरु पनि धोस्त भए ।
त्यसैको खातिरले देशले गणतन्त्र पायो । संघीयता पायो । पविर्तन पायो । यसमा पूर्ण रुपमा खुसी नभए पनि आंशिक रुपमा म हामी सबै कार्यकर्ता खुशी नै छौं । यसलाई विकास गरेर हामी जान सक्छौं कि सक्दैनौं इतिहासले हाम्रा अगाडी प्रश्न तेर्साएको छ । यसलाई विकास गरेर जान सकयौं भने जनयुद्धकै कारण देशले हाम्रो व्यवस्था पाउँछ । यसलाई हामीले ठिक ढङ्गबाट अगाडी बढाउन सकेनौं भने व्यवस्था आउने–जाने खेलको क्रीडा स्थलको रुपमा चिनिन्छ ।
सहिदका सपना र घाइतेका मागहरु किन पुरा हुन नसेका हुन् ?
सबै सपना त कहिल्यै पूरा हुँदैन । त्यसमाथि पनि प्रश्नका अनुसार, सहिदका सपना घाइतेका मागहरु पुरा नभएको अवस्था छ । त्यो नहुनुमा मूलतः दूई कारण छन् । पहिलो – जसरी हामीले व्यवस्थामा जित्नु पथ्र्यो र माओवादीले राज्यको नेतृत्व गरिरहेको अवस्था हुन्थ्यो भने सहिदपरिवार अथवा सहिदका सपना पुरा हुनतिर जान्थे ।अर्को हामीले राज्यको पुरै नेतृत्व लिनेस्थिती बनेन ।
दोस्रो – हामीले केही गर्न चाहेर पनि राज्यको नेतृत्व हाम्रो हातमा नहुँदा फेरि पनि दाउपेजको राजनति हुँदा सहिदहरुका सपनालाई सम्मान गर्ने, त्यसलाई सम्बोधन गर्ने, सहिदपरिवारदेखि घाइते, अपांग, बेपत्ता परिवारलाई साँचिच्कै राज्यका गहना हुन् भन्नेस्थिती आउथ्यो ।
उनीहरुलाई राज्यको पहुँचमा पुर्याउने । राजनीतिक सामाजिक हरेक ढंगबाट स्थापित गर्ने, साँच्चिकै महान मान्छे जन्माउने परिवार हो भनेर उनीहरुलाई सम्मान गर्न सकिन्थ्यो । र, त्यो स्थितीमा उनीहरुलाई पुर्याउन सकिन्थ्यो । फेरि पनि पक्षविपक्षी हुँदा हाम्रा प्रतिस्पर्धी पार्टीहरुले त्यसलाई स्वीकार गर्न नसक्ने ।
होइन, उनीहरु कसैका नजरमा सहिद छन् भने कसैका नजरमा अझै पनि देशलाई बिगार्ने, भत्काउने, तहसनहस गर्ने कुरामा रगत फालेका मान्छे हुन् भन्ने बुझाइ छ ।
त्यसकारण हामीले एकलौटी ढंगले यसको नेतृत्व गर्न नसक्दा यी समस्याहरु उब्जिएका हुन् । यसलाई हामीले परिष्कृत गर्दै गयौं भने फेरि पनि माओवादी राज्यसत्ताको बागडोरमा आउँछ । यसो भयो भने हामीले सहिदका सपना र घाइतेका मागहरु पुरा गर्न सक्छौं ।
तपाईंहरु सरकार र सत्तामा गएपछि जनताका मुद्दा र समस्यालाई बेवास्ता गर्नुभएको त हो । यसलाई तपाईंहरु स्वीकार गर्नुहुन्छ कि नाइँ ?
सरकार र सत्ताका कुरा अलग हुन् । माओवादीले चाहेको ब्यूरोक्रेसी, माओवादीले ल्याएको अड्डाअदालत, माओवादीले चाहेको ऐन, नीति कार्यक्रम त्यो अनुसारको जबसम्म हामीले नेतृत्व गछौं । त्यसलाई सत्ता भनिन्छ । त्यो सत्ता र नेतृत्वमा हामी छैनौं । यदि माओवादी सत्तामा हुन्थ्यो सेना प्रकरणदेखि जनता मजदुर किसानलाई चाहे जतिको आर्थिक, अथवा सामाजिक, अथवा जग्गाजमिन दिनेसम्मको माओवादीले निर्णय गरायो । त्यो पनि माओवादीले सकेन ।
सहिदपरिवारलाई पनि चाहेको जतिको सम्मान गर्नुपर्छ । उनीहरुलाई पाँच/सात लाख दिएर हुँदैन । उनीहरुलाई पुग्ने गरेर दिनुपर्छ । भोली राज्यका ठूला ठुला ठाउँहरुमा उनीहरुलाई सम्मान हुनुपर्छ । सहिदपरिवारले राज्यबाट सेवा सुविधा पाउनुपर्ने लगायतका निर्णय गर्दा पनि अन्य पार्टीहरुले मानेनन । कुनै पनि निर्णय पास भएनन । केबल सरकारमा जाने र एकथान मन्त्री पठाउने तलब भत्ता खाने, मिलिजुली सरकार सरकार बनाएर अगाडी बढ्नुको विकल्प छैन ।
त्यसरी अगाडी बढ्दै जाँदा के भ्रम छ भने ‘ओहो माओवादी त गाडीमा हिँडेको छ । सत्तामा छ । सहितका सपना उस्तै छन् । जनताका सपना उस्तै छन् । जनयुद्धमा लड्ने मान्छे मर्ने सपना देखाए त्यो पनि केही गर्न सकिएन’ आरोप लाग्छन् ।
त्यो हेर्दा साँच्चै पनि हो । तर, वास्तविकता बुझाउन के गाह्रो छ भने हामीले जबसम्म सत्ताको नेतृत्व गर्नेछौं ।
हामीले भनेका छौं समाजवादी क्रान्ति । जबकी यो पुँजीवादी व्यवस्थालाई बिदाइ गछौं । जब समाजवादी व्यवस्थामा हामी पुग्छौं । त्यसपछि सबैका सपना पुरा हुन्छन् ।
शिक्षा निःशुल्क, स्वास्थ्य निःशुल्क, यातायात निःशुल्क, राज्यका सामरी केन्द्रहरु विजुली निःशुल्क, टेलिफोन निःशुल्क लगायतका कुराहरू भइसकेपछि बल्ल राज्यको राम्रो खाल्को व्यवस्था जनताले पाउन सक्छन् । त्यसपछि सत्ता हामीले चलाएको जस्तो हुन्छ । जनतादेखि सहिदका सपनाहरु पुरा हुन्छन् । अनि, मानिसहरुले भन्छन् ‘माओवादीले वास्तवमा गर्यो’ ।
अहिले त केहो भने दशथरीका पार्टीहरु मिलेर हिजो हाम्राविरुद्धमा लड्ने पनि त्यहीँ छ । पक्षमा लड्ने पनि त्यहीँ छ । विभिन्न किसिमले दक्षिणपन्थी उग्रवादी पनि त्यहीँ छन् । अनेक खाल्का भडुवावादी पनि त्यहीँ छन् । त्यसो हुँदा एकले अर्कोलाई गर्न दिँदैन । अनि, सपनाहरु पुरा भएका छैनन ।
कर्णालीकै सन्दर्भमा पनि हामी सरकारमा जाँदा जनताको पक्षमा । घाइते अपांगको पक्षमा । गरिबको पक्षमा । दलितको पक्षमा । महिलाको पक्षमा । जनजातीको पक्षमा । लगायतका क्षेत्रमा लड्ने त्यस क्षेत्रका लागि कार्यक्रम बनाउने, त्यस्तो मापदण्डहरु हामीले तयार गर्ने, विकास निर्माणमा पनि हामीले त्यस्तो खाल्को खाका तयार पार्ने लगायतमा हामी चुक्यौं ।त्यसरी हामी चुक्दा यो व्यवस्था पनि भयो । संघीय लोकतान्त्रिक अन्तर्गतको सरकार पनि भयो । प्रदेश सरकार पनि भयो । प्रदेश संसद पनि भयो ।
हाम्रो सरकार भयो सत्ता नहुँदा आमूल परिर्वतनको कायापलट गर्न सक्दैन थियौं त्यहाँ हाम्रो बे्रक लाग्ने कुरा निश्चित नै थियो । किन भने हिजो नेकपाको दुई तिहाइ सरकार हुँदा पनि यस्ता योजनाहरु कांग्रेसले मानिरहेको अवस्था थिएन । ब्यूरोक्रेसीले मान्दैन्थ्यो । ऐन कानुनले मान्दैन्थ्यो । त्यहाँ रोकिन्थ्यो ।
तर, कर्णालीमा सहज हिसाबले मुख्यमन्त्री हुँदा । नेकपा हुँदा । दुई तिहाइ हुँदा जे जति हामीले कार्यक्रमहरु गर्नु पथ्र्यो त्यो सकेनौं । कारण, एकथान मन्त्री को हुने ? त्यहाँ आफ्नो मान्छेलाई कसरी भित्र्याउने, आफुलाई व्यवस्थित गर्ने भन्नेमा चिन्ता गयो ।
पार्टीको, वर्गका, हिजो घोषणा पत्रले खोलेका कुरालाई सम्बोधन गर्नेभन्दा पनि विशुद्ध आफ्नो निजी व्यवस्थापन कसरी गर्ने ? बढी ध्यान गयो । जनता उत्पीडित वर्षका लागि जुन प्रतिफल हात लाग्नुपर्ने हो, जसरी माओवादी जनयुद्ध लडेर प्रतिनिधित्व गरेका थिए । जे अपेक्षा जनताले गरेका थिए । त्यो भएन । बढी निजी व्यवस्थापन कसरी गर्ने भन्नेमा नेतृत्वहरु अल्झिदा पद प्राप्ति गर्नुनै अन्तिम सत्ता हो । अन्तिम विजयी हो भनेर बुझ्ने कुराले समस्या पैदा भएको हो । गर्न जतिसक्नु पथ्र्यो र सकिन्थ्यो । त्यो गर्न सक्ने स्थिती भएन ।
माओवादी नेताहरु बिग्रिएका हुन् ? तपाईंहरु साँच्चिकै बिग्रनु भएको हो भने सुध्रनु चाहिँ कहिले हुन्छ ?
हामी बिग्रिएको साँच्चै हो । त्यसमा कुनै ढाकछोप गर्ने ठाउँ छैन । तर, अहिले पनि हामीहरु कतिसम्म बिग्रिएका छौं भने जनताले अझै पनि माओवादीबाट केही आशा गरेका छन् ।
नेता सुध्रिन्छन् भन्ने विश्वास छ । यो हदसम्म हामी बिग्रिएका छैनौं कि हामीले देश बेच्ने, जनता बेच्ने, त्यो हतसम्म हामीले अपराध नगरे पनि हामीले जसरी सत्तामा गएर पार्टीको पक्षमा ।
वर्गको पक्षमा । गरिबका पक्षमा लड्न भिड्न पथ्र्यो त्यो नहुँदा जनताले शंका गरेका छन् । त्यस अर्थमा हामी बिग्रिएका छौं । हामी आफ्नो व्यक्तिगत व्यवस्थापनको सर्कलमा रमाउन पुग्यौं । त्यसहिसाबले हामी बिग्रिएका हौं ।
अब, माओवादीले त्यो घेरा तोरेर माथी आयो भने हाम्रो वर्गको उन्नति हुनसक्छ । प्रगति हुनसक्छ । देशको उन्नति र प्रगति हुनसक्छ । माओवादी त्यहीँ घेरामा अल्झिदै गयो भने माओवादी त सकिन्छ नै । पतनतिर जान्छ नै । त्यसले गर्दा जनताले । गरिबले । निमुखाले र देशले पनि दुःख पाउँछ र संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरमराउँछ ।
यसलाई गर्दा जनताले शंका र विश्वास दुबै किसिमबाट हरिरहेको अवस्था छ ।