प्रविधिको तीव्र विकाससँगै आजभोली प्राय सबैको हातमा स्मार्ट फोन देख्न सकिन्छ । सामाजिक संजालको प्रयोगले विश्व नै एउटा गाउँ झै भएको छ । फोनको प्रयोग सँगै विगतमा जस्तो चिठीपत्रहरु लेखिन छोडिए । माया नै मायाले भरिएका शायरी मिश्रित पे्रमिल प्रेम पत्रहरु सामाजिक संजालले विस्थापित भए । मेरो घर नजिकै की बहिनी सामाजिक संजाल फेसबुकमा करिब चार वर्ष अघि साथि भइन् । कहिलेकाँही कुरा पनि हुन्थ्यो । म भन्दा पाँच वर्ष कान्छी उनी मलाई दिदी भनेर सम्बोधन गर्थिन ।
म पनि आफ्नै बहिनी झैँ नानी भनेर बोलाउँथे । समय बित्दै गयो । उनि प्रेममा रहेको कुरा फेसबुकमा ‘तिमी मेरो राजा म तिम्रो रानी यसरी नै बितोस् हाम्रो जिन्दगानी’भनेर स्टाटस पोस्ट गरिन । केहि समय पछि आफ्ना प्रेमिसँगको युगल तस्विर र टिकटक पोस्ट गर्न थालिन् । बहिनीसँगको एकताका म्यासेन्जरमा कुरा हुँदा उनलाई नानी आजभोली कसैको भर हुन्न, कसैको त्यति धैरे विश्वास नगर्नु है भनेर म्यासेज गरेको थिँए । बहिनीले प्रतिउत्तरमा भनेको अहिले नि सम्झिन्छु मेरो प्रेमी शिशिर त्यस्तो हुनुहुन्न ।
मैले तिम्रो प्रेमी खराब भन्न खोजको हैन तर कसैको विश्वास त्यति धैरै नगर्नू ताकि भोली पछुताउनु परोस । मेरो कुरा मन परेन क्यार बहिनी निकै लामो समयसम्म बोलिनन् । पछि मैले नै म्यासेज गरे नानी तिमी रिसाएकी हो ? हैन ब्वाईफ्रेन्डलायई टायम दिन प¥यो अलि बिजी हुन्छु त्यहि भएर हो उनले जवाफ दिईनन् । ए म त रिसायौ की भन्ठानेर बोलाएको । जे भएपनि आफ्नो ख्याल राख्नु, केटा कस्तो छ अलिक बुझेर सम्बन्ध अगाडी बढाउनु है नानी । हुन्छ भन्ने छोटो प्रतिकृया दिँदै उनि अफलाईन भैन । त्यति धेरै कुरा नभएपनि मेरा हरेक पोष्टमा कमेन्ट, लाईक गरि रहन्थिन उनी।
उनको पनि कहिले प्रमिसँगका तस्विर त कहिले प्रेमिसँगका टिकटक पोष्टहरु आईरहन्थे । लाग्थ्यो दुबैजना एकअर्कालाई औधी प्रेम गर्छन । उनीहरु जति खुसि सायद अरु कोहि छैन दुनियाँमा ।
एकले अर्कालाई मज्जाले बुझ्छन् जस्तै देखिन्थे । चखेवाको जस्तै देखिने सुन्दर जोडी । सामाजिक संजाल तिर पोष्ट भएका स्टाटस सहितका तस्विर र टिकटक भिडियो हेर्दा लाग्थ्यो जिन्दगी भर एकले अर्कालाई जिवनको उतार्धसम्म साथ दिनेछन् । प्रेम गर्ने छन् । बहिनीले करिब चार महिना पछि म्यासेन्जरमा म्यासेज पठाईन दिदी म एकदम तनावमा छु ।
मैलै दिदीलाई आफ्नै दिदी सम्झेर हजुरलाई सेयर गरेको कसैलाई सेयर गर्न सकिन म के गरुँ ? हजुरले त पहिले नै भन्नु भएको थियो कसैको विश्वास नर्गनू भनेर तर मैले तपाईको कुरा सुनिन् । आज आएर पश्चाताप लाग्यो । एस्तै १०/१२ वटा म्यासेज गरिछन् । मैले केहि बुझिँन खास तिम्लाई भएको समस्या के हो ? मैले म्यासेजको रिप्लाई गरे ।
'खास कुरा नि दिदी, म शिशिरसँग प्रेम सम्बन्ध रहेको कुरा त सारा मेरा फेसबुकका साथि र टिकटक युजरहरुलाई थाहा छ । जब उ सँग टिकटकमा भेट भयो । लगत्तै फेसबुकमा साथि भयौँ । नम्बर साटासाट भयो । टिकटकबाट सुरु भएको सम्बन्ध ईन्षट्रा, भाईबर, म्यासेन्जर, वाटस् एप,ईमो, यि सबै संजालमा जोडियौं । एक न एक माध्यममा कुरा भैरहन्थ्यो । लाग्थ्यो उ नै मेरो संसार हो । उ सँग केहि कुरा लुकाईन ।'
मेरो सबै सामाजिक संजालको पासवर्ड दिए । उस्ले भनेको समयमा भेट्न गए । बा आमालाई साथिसँग बस्या छु भन्दै उसँग शारिरीक सम्बन्धमा रहे । उस्ले मलाई यसरी ब्ल्यााक मेल गर्ला । मलाई यस्तो अवस्थामा ल्याएर छोड्ला कहिल्यै कल्पना गरिँन । मेरा नग्न तस्विरहरु उस्ले मैले थाहा नपाई लिएछ । तस्विर सामाजिक संजालमा पोष्ट गर्ने धम्कि दिँदै जस्तो सुकै अवस्थामा पनि उस्लाई भेट्न पर्ने स्थिती बन्न थाल्यो ।
उ सँग शारिरीक सम्बन्ध राख्न पर्ने भयो । मलाई ब्ल्याक मेल गर्न थाल्यो । तर पनि मसँग जिस्केको सोचेर, उसमा परिर्वन आउला सोचेर सम्बन्धमा रहिरहेँ । अहिले पेटमा चार महिनाको बच्चा छ । सबै कुरामा मलाई ब्लक गर्या छ । कहिलेकाँही अपरिचीत नम्बर बाट कल गरेर बच्चा फाल्न र नफाले मेरा नग्न तस्विर सामाजिक संजालमा पोष्ट गर्ने धम्की दिन्छ । हिजो को शिशिर र आजको शिशिरमा आकाश पताल फरक छ ।
उ शिशिर हैन अरु कोहि जस्तै भाछ । समाजले थाहा पाए बा आमाको ईज्जत् जान्छ । साराले थुक्छन् मलाई म के गरुँ ? बहिनीको म्यासेजले एकदम नराम्रो लाग्यो । मैले तत्काल उनलाई रिप्लाई गरे नानी पिर नगर जे नुहुनु थियो त्यहि भयो अब उस्लाई कानूनी कारबाही गर्नु पर्छ ।
अहिले रात धैरे बित्यो सुत ल नानी । रात्रीकालीन प्रहर भएकोले कसैलाई कल गर्ने हिम्मत गरिन । निदाउन गरिएका कैयौँ प्रयासहरु असफल भए । बहिनीको कुराले एति दिमाग हल्लायो की मान्छे किन मायाको नाम लिएर एति सम्म निच बन्छ ? यहि सोच्दा सोच्दै उज्यालो भयो । फेरि म्यासेन्जरमा गए र बहिनीसँगको च्याट हेरे साँझको म्यासेज पनि सिन छैन ।
हत्तार कल गरे म्यासेन्जरमा अफलाई रहिछन् । उनका अन्य साथी कोही सँग नम्बर होला भनेर म्युचल साथी हेर्न उनको फेसबुक वाल हेरे । स्नेहा नाम की एक साथीले प्रीय साथी, किन यस्तो निर्णय गरेउ ?
तिम्रो भ्यालेन्टाईन डे बाट सुरु भएको सम्बन्ध पाँच महिना नबित्दै तिम्रो ज्यान लियो । यो के भयो ? तिमिसँग बिताएका पलहरु सधैँ स्मृतिका पानामा रहिरहने छौ । तिम्रो आत्माले शान्ति पाओस् । अलविदा ।
लेखेको स्टाटस सहित आँशु आँशु भएको स्टिकर पोष्ट गरेर ट्याग गरेकी रहिछन् । मेरा हातहरु काँपे श्रद्धान्जली लेख्न सकिँन । जिउ पुरै चिसो भयो । अहिले सम्झिदा पनि होस उडे झैँ हुन्छ ।
उनका अभिभावकलाई प्राण प्रिय छोरीलाई गुमाउनु पर्दा कस्तो भयो होला त्यो त कल्पना पनि गर्न सकिँन । औधी माया गर्लान एक अर्कालाई जस्तै देखिने ति तस्विर र टिकटक भिडीयो सब मिथ्या थिए छन् । हाँसो मिश्रित युगल तस्विरहरु भ्रम साबित भए ।
बहिनीको जस्तै अन्य लाखौँ बहिनीले ज्यान गुमाउन नपरोस् । तपाईको प्रेम तपाई स्वयलाई घातक नबनोस् । कसैलाई यति धेरै पनि विश्वास नगर्नुस ताकी पछि पछुताउनु नपरोस् । सोचेर निर्णय गर्नुस र अघि बढ्नुस । तपाईका लागि एकदिनको भ्यालेन्टाइन डेले मानसिक तनावसँगै मृत्यूतर्फ नडोहोर्याओस ।