कर्णालीमा माओवादीका भिजनरी नेतामध्ये एक हुन्, नरेश भण्डारी । कर्णाली प्रदेशका पहिलो आन्तरिक मामिला तथा कानुनमन्त्रीसमेत रहेका भण्डारी मुख्यमन्त्रीका दाबेदार थिए । तर राजनीतिक सहमति नपाउँदा उनी मुख्यमन्त्री हुन पाएनन् । क्षमताका आधारमा भन्दा चाकडीका आधारमा मन्त्री मुख्यमन्त्री बन्ने प्रवृत्तिले उनी जस्ता नेता समस्यामा छन् । यससँगै कर्णालीमा पनि माओवादीको अवस्था पहिलेभन्दा फरक छ । जनयुद्ध दिवसको सन्दर्भ पारेर नेता भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंशः
जनयुद्धलाई कसरी सम्झनु हुन्छ ?
जनयुद्ध, नेपाली समाजको युगान्तकारी रुपान्तरण सुनिश्चित गर्ने एउटा ऐतिहासिक कदम हो । जसले पुरानो सोचकाविरुद्ध । चिन्तनकाविरुद्ध । व्यवस्थाकाविरुद्ध नयाँ विकल्प दियो । परिणाम मुलुक गणतन्त्रमा प्रवेश गर्यो । यसले जनताको शासन, जनता मालिक प्रजा रैती र दासहरु होइनन जनताहरु । जनताहरु भनेका शक्तिका स्रोत हुन् ।
जनताहरु सार्वभौम छन् र जनताले चाहेपछि ठूलाठूला युगान्तकारी परिवर्तनका लागि लडाइँ पनि लड्न सक्छन् । आफ्नै सेना बनाएर जनताले आफ्नो अधिकार प्राप्त गर्न सक्छन् । पुरानो व्यवस्थालाई ढाल्न सक्छन् भन्ने एउटा दृष्टान्त हो । जनयुद्धले पछिल्लो समय नेपालमा परिर्वतनको अगुवाइ गर्यो । यो आफै पनि ऐतिहासिक र गौरवशाली हो ।
जनयुद्ध, पछाडी पारिएका वर्ग, क्षेत्र, लिङ्ग, जातिलाई अधिकारसम्पन्न बनाउनका निम्ति ठुलो भूमिका निर्वाह गर्यो । तर, पनि जनयुद्ध पुरा हुन सकेन । हामीले सम्झौतामा शान्ति प्रक्रियामा प्रवेश गर्नुपर्ने भयो ।
हामीले पूर्ण सत्ता प्राप्तको कल्पना गरेका थियौं । पुरानो व्यवस्थालाई मेट्ने र नयाँ व्यवस्थाको लागू गर्ने । जसले जनयुद्धका सपनाहरुलाई कार्यान्वयन हुन्थे । त्यो चाहिँ आंशिक रुपमा माात्रै हामीले सम्पादन गर्न सक्यौं ।
त्यसो भएकाकारण जनयुद्धका प्रभावहरु अझै पनि समाजमा छन् । घाइते योद्धाहरुको सम्बोधन, सहिदपरिवारहरुको सम्बोधन अझै पनि हुनसकिरहेको छैन ।
सहिदका सपना र घाइतेका मागहरु किन पुरा हुन नसेका हुन् ?
जनयुद्ध पुरागर्ने भन्ने थियो । क्रान्ति पुरा हुन सकेन । आंशिक रुपमा पुरा भयो । केही पुरानै प्रवृत्ति रह्यो । जसले अहिले अवरोध सिर्जना गरिरहेको छ । पुनरुत्थानवादी प्रवृत्तिहरुको अहिले पनि हाबी छ ।
जसले गर्दा सहिदका सपनाहरु, घाइतेका सपनाहरु, सहिदपरिवारको व्यवस्थापनका सवालमा बाधा उत्पन्न भइरहेको स्थिती छ । त्यसले गर्दा जनयुद्धका कार्यभारहरु । क्रान्तिका कार्यभारहरु पुरा हुन अझै बाँकी छ ।
तपाईंहरु सत्तामा गएपछि जनतालाई बेवास्ता गर्नुभयो भन्ने आरोप छ नि ?
कार्यपालिकामा हामी पुग्यौं । तर मिसिनरी उहिँ छ । आदेशको सत्ता बदलियो । राजनीतिक शक्ति परिवर्तन भयो । हाम्रो कार्यपालिकामा पनि आंशिक प्रतिनिधित्व भयो । त्यसमाथि मागहरु कार्यान्वयन गर्ने निकायहरु पुरानै भए । जस्तो ब्यूरोक्रेसी पुरानो छ । प्रहरी पुरानो छ । सेना पुरानो छ । न्यायपालिका पुरानो छ । यसलाई नै हामीले सम्झौता गर्यौं ।
सम्झौता भन्न वित्तिकै दुबै पक्षबाट हुने कुरा हो । जसअनुसार, हाम्रा प्रतिवद्धता पनि कार्यान्वयनमा गएनन । उनीहरुका पनि गएनन । किन ? भने हामी सम्झौतामा आयौं । त्यसले गर्दा पुरा गर्न सकेनौं । तर पनि हामी क्रमशः कार्यान्वयनमै छौं ।
सम्झौता भनेको राजनीतिको अन्त्य त होइन । हामीले सबै अजेन्डाहरु विसाएको त होइन । अझै पनि सहिद परिवारप्रतिको दायित्व, सहिदहरुका सपनालाई नेतृत्व गरिरहेका छौं । त्यसप्रति हामी प्रतिवद्ध छौं । घाइते अपांगहरुको कुरा छ । सहिद परिवारको व्यवस्थापनका कुरादेखि समाजले खोजेको साचो परिर्वतनमा हामी सचेत छौं । आगामी दिनहरुमा समाजवादी क्रान्तिको बाटो अगाडी बढ्छौं ।
आरोप छ माओवादी नेताहरु बिग्रिए, साँच्चै तपाईंहरु बिग्रिनु भएको हो भने सुध्रिनु कहिले हुन्छ ?
आंशिक रुपमा त्यो देखिएको हो । समग्रै पार्टी र कार्यकर्ता बिग्रिएको होइन । केही नेता कार्यकर्ताहरुका कुरा हो । समग्रमा बिग्रिएको होइन । र, अझै पनि हामीले जनयुद्धका संकल्पहरु, प्रतिवद्धताहरु, हामीले बिर्सिएका छैनौं । हामी कार्यान्वनका लागि लागि परिरहेको छौं ।
र, यो पनि...