सिमकोट : सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि चालु आर्थिक वर्षमा हुम्ला जिल्लाबाट ३९ वटा विद्यालय छनौट गरेको छ । जिल्लाबाट कार्यक्रमका लागि आवेदन पेश भएका विद्यालयहरु मध्यबाट ती छनौट भएका हुन ।
कार्यक्रमका लागि गाउँपालिका अनुसार, छनौट भएका विद्यालयहरुमा नाम्खा गाउँपालिकाबाट बालि बिज्ञान धार सञ्चालनका लागि महाबौद्ध मावि, सोही विद्यालयका लागि आइसिटी ल्याब, खासरपानी आधारभुत विद्यालयका लागि दुईकोठे भवन, हिमालयन आविका लागि दुईकोठे भवन र बुद्ध आविका लागि आइसिटी ल्याव रहेका छन् ।
यता सिमकोट गाउँपालिकाका रलिङ, बालमन्दिर र कर्णाली मावि आईसिटी ल्याव, कालशल्तिा आविका लागि चारकोठे भवन, हिमाली बहिरा तथा बौद्धिक अपांङ्का लागि दुईकोठे भवन, भिमसेन आविका लागि आइसिटी ल्याव र जनज्योति आविका लागि दुई कोठे भवन छनौटमा परेका छन् ।
त्यसैगरि खार्पुनाथ गाउँपालिकाका भानुभक्त र मष्टादेव आविका लागि दुई कोठे भवन, हुम्ला माविका लागि चार कोठे भवन, शंकर, सीता, मान्धारा र मालिका मावि आइसिटी ल्यावका लागि छनौटमा परेका छन् ।
सर्केगार्ड गाउँपालिकाका अंशुबर्मा र देवल आवि चारकोठे भवन, सारदा प्रावि दुईकोठे भवन र सरस्वती मावि र स्वयम्भु प्रावि आइसिटी ल्यावका लागि छनौटमा परेका छन् ।
यता चंखेली गाउँपालिकाको हिमालय मावि चार कोठे भवन, गणेश नवज्योति आवि दुई कोठे भवन, बालकल्याण र ज्ञानज्योति प्रावि दुई कोठे भवन तथा बालज्योजि आवि आइसिटी ल्यावका लागि छनौटमा रहेका छन् ।
त्यस्तै अदानचुली गाउँपालिकाको सुर्योदय मावि चारकोठे भवन, हिमालचुली र थुममालिका आवि दुईकोठे भवन र जनप्रकाश आवि आइृसिटी ल्यावका लागि छनौटमा परेका छन् ।
यता ताँजाकोट गाउँपालिकाको मदानदेव मावि चारकोठे भवन, जनप्रकाश र धर्मोदय दुई कोठे भवन तथा चन्द्र प्रकाश बुद्धि धावकास मावि आइसिटी ल्यावका लागि छनौटमा परेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टिकल भट्टराईका अनुसार, विद्यालयको प्रस्तावना र कार्यालयको सिफारिस गरिएका कुल एक सय विद्यालय रहेकोमा ती मध्य ३९ वटा विद्यालयका प्रस्तावना कार्याक्रममा लागि स्वीकृत भएका छन् ।
हुम्लाबाट चार कोठे भवनका लागि सात वटा विद्यालय, दुई कोठे भवनका लागि १५ वटा, प्राबिधिक धारतर्फ बालिबिज्ञानको कक्षा सञ्चालनका लागि एक वटा र आइसिटी ल्याब ब्यवस्थापनका लागि १६ वटा विद्यालयहरु छनौटमा परेका छन् ।
कार्यक्रमले उपलब्ध गराउने अनुदान रकम अनुसार चारकोठे भवन निर्माणका लागि प्रतिविद्यालय रु ३६ लाख, दुइ कोठे भवन निर्माणका लागि रु १८ लाख, आइसिटी ल्याब व्यवस्थापनका लागि रु. छ लाख ५० हजार, नयाँ प्राविधिक धार सञ्चालनका लागि ल्याब व्यवस्थापन तथा शिक्षण सहयोग अनुदान २८ लाख चार हजार ५७० रुपियाँ रहेको छ ।
छनौट भएका सबै विद्यालयहरुको लागि बिनियोजित कुल बजेट चालु आर्थिक वर्षका लागि हुम्लामा सो कार्यक्रमबाट पाँच करोड ४६ लाख चार हजार ५७० रुपियाँ स्वीकृत भएको हो ।