काठमाडौं: आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको छ ।
१ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुदै ७८ रनमात्र जोड्न सक्यो ।ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, फयाज बटले ६, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक तीन विकेट लिए ।
कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए ।अविनाश बोहरा र जितेन्द्र मुखियाले एक–एक विकेट हात पारे ।कमल सिंह ऐरीले नेपाललाई पहिलो ओभरमै सफलता दिलाएका थिए ।कमलले पहिलो ओभरको तेस्रो बलमा कश्यप प्रजापतिलाई दिपेन्द्र सिंह ऐरीबाट शुन्य रनमा क्याच आउट गराएका थिए ।दोस्रो ओभरको पाँचौ बलमा जितेन्द्र मुखियाले अयान खानलाई आशिफ शेखबाट क्याच गराए ।
जातिन्दर सिंह छैठौं ओभरको दोस्रो बलमा दिपेन्द्र सिंह ऐरीबाट रनआउट भए ।सन्दीप लामिछानेले सातौं ओभरको चौथों बलमा खबर अलीलाई बोल्ड गरे ।दिपेन्द्र सिंह ऐरीले जिसन मक्सुदलाई आठौं ओभरको पाँचौ बलमा कुशल भुर्तेलबाट क्याच गराए ।
अविनाश बोहराले सोएब खानलाई आशिफ शेखबाट क्याच आउट गराए ।सन्दीपले नसिम खुसीलाई १३ औं ओभरको पाँचौ बलमा बोल्ड गरे ।दिपेन्द्रले आमिर कलिमलाई १४ औं ओभरको तेस्रो बलमा एलबिडब्लु आउट गराए ।कमलले कलिमुल्लाहलाई १७ औं ओभरको तेस्रो बलमा कुशत भुर्तेल तथा अन्तिम बलमा बिलाल खानलाई बोल्ड गरे ।