सिमकोट : आज सुरु भएको नेकपा एमाले ९ औं जिल्ला अधिवेशनको उद्घाटन सत्रमा जिल्लाका अन्य राजनीति दलहरुलाई आमन्त्रण नगरेको पाइएको छ । यसअघिका दलका जिल्ला अधिवेशनमा सहयात्री दलहरुलाई उद्घाटन सत्रमा स्वागत मन्तव्यका लागि बोलाउने गरिएको भएपनि एमालेले अन्य दलहरुलाई नबोलाएर कार्यक्रमको विट मारेको हो ।
यसले सबैतिर फरक रुपमा एमाले प्रस्तुत भएको जानकारहरु बताउँछन् । अधिवेशनको उद्घाटन कार्यक्रममा जिल्लाका अन्य सहयात्री दलहरुलाई बोलाउने बिषयमा एमाले भित्रै कुरा उठेको भएपनि त्यसप्रति नेतृत्व सकरात्मक नभएको एमाले नेताहरुले नै बताएका छन् ।
तर, एमाले कावा अध्यक्ष ज्ञानी बुमीले जिल्ला अधिवेशनमा पार्टीका अन्य जिल्लाका अधिवेशनमा अरु पार्टीले नबोलाएको अभ्यास भएपछि हुम्लामा नबोलाइएको बताए ।
यद्यपी एमालेको चितवनमा सम्पन्न भएको राष्ट्रिय अधिवेशनमा सबै दलका नेताहरुलाई बोलाइएको थियो । यसले एक किसिमले जिल्लामा सहअस्तित्व स्वीकार गरेर समन्वय गर्दै आएका दलहरुबीच केही तिक्तता भने ल्याएको बताइएको छ ।
अन्य दललाई बोलाउने वा नबोलाउने ? बिषय भएको बताउने पनि एमालेको एकथरीले एमालेबाट भर्खर विभाजित भएको नेकपा समाजवादी पार्टी पनि अस्तीत्वमा रहेको कारण पनि अन्य पार्टीहरुलाई नबोलाइएको हुन सक्ने अनुमान गरिएको छ ।
तर जिल्ला अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज गोरख बहादुर बोगटी नै सकरात्मक नभएको पनि पाइएको छ । जिल्लामा नेपाली कांग्रेस, एमाले, जसपा, राप्रपा पार्टीहरु क्रियाशिल रहदै आएका छन् ।