सिमकोट : कर्णाली प्रदेश सरकारकी पूर्व कृषिमन्त्री विमला केसीले खार्पु पुगेर लास बोकेर अन्तिम श्रद्धाञ्जली दिएकी छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं हुम्ला जिल्ला इन्चार्ज विजय भण्डारीका बुवाको मृत्यु भएपछि केसी श्रद्धाञ्जली दिन खार्पु पुगेकी हुन् ।
साथै उनले खार्पु पुगेर लास समेत बोकेकी हुन् । महिलाले लास बोक्न हुँदै भन्ने हुम्ला जिल्लामा रहेको मान्यतालाई तोड्दै पूर्वमन्त्री केसीले लास बोक्ने कार्य गरेकी हुन् । उनले लास बोकेर अन्तिम श्रद्धाञ्जली दिएकी थिइन् ।
त्योसँग कर्णाली सरकारका पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाही सुर्खेतबाट सिमकोट आइपुगे लगत्तै अन्तिम श्रद्धाञ्जली दिन खार्पु पुगेका छन् । केन्द्रीय सदस्य भण्डारीका बुवा ठोक्रे भण्डारीको ८२ वर्षको उमेरमा गए राति आफ्नै घर सिमकोट गाउँपालिका–२ ठेहेमा निधन भएको थियो ।
भण्डारीका बुवा लामो समयदेखि दम रोगबाट पीडित थिए । भण्डारी समेत बुवाको मृत्युको खवरपछि सिमकोटबाट घर ठेहे लागेका हुन् । नेकपा माओवादी केन्द्र हुम्ला जिल्ला समन्वय कमिटीको बैठकमा भाग लिन पूर्व मुख्यमन्त्री शाही आजै सिमकोट पुगेका हुन् ।
जिल्ला इन्चार्ज भण्डारीका बुवाको निधन भएको कारण माओवादीले पूर्वनिर्धारित बैठकको एक दिनपछि सरेको छ । बिहान ११ बजेबाट सुरु हुनुपर्ने बैठक अहिले पूर्व मुख्यमन्त्री शाहीको टोली सिमकोट पुगेपछि सुरु कर्णाली प्रदेश कमिटीमा हुम्ला जिल्लाबाट प्रतिनिधित्व गर्ने सदस्यसँग बैठक बस्दैछ ।
समन्वय कमिटिको बैठक भने भोली सञ्चालन हुने माअोवादीले जनाएको छ । उनीसँग कर्णाली प्रदेशकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामा ९कार्चेन०, पूर्व कृषि मन्त्री केसी, माओवादी हुम्लाका अध्यक्ष लालकेश जैसी, सिमकोट गाउँपालिकाका उपाध्यक्ष बली रावतको पनि खार्पु पुगेर श्रद्धाञ्जली कार्यक्रममा सहभागि थिए ।