खलंगा : जुम्लाको तातोपानी गाउँपालिकाले वृद्धवृद्धा नागरिकलाई न्यानो कम्बल वितरण गरेको छ । जनतासँग उपाध्यक्ष कार्यक्रममार्फत तातोपानीका ज्येष्ठलाई न्यानो कम्बल वितरण गरिएको हो ।
उपाध्यक्ष गंगादेवी उपाध्यायका अनुसार, शनिबार २ सय ९५ जना ज्येष्ठलाई वितरण गरिएको हो । गाउँपालिका भरिका पाँच सय जना वृद्धवृद्धालाई वितरण गर्ने कार्यक्रम रहेको छ ।
वडा नम्बर एकका ५७ जना, दुईका ७३ जना, तीन नम्बरका ५७ जना, पाँच नम्बरका ६२ जना, छ नम्बर ३६ जना ज्येष्ठलाई कम्बल वितरण गरिने भएको हो ।
उपाध्यक्ष उपाध्यायनुसार, ४ नम्बर वडाका ९५ जना ज्येष्ठलाइ वितरण गर्ने कार्यक्रम गरहेको छ । उनले वडा नम्बर ७ र ८ मा समेत वितरण गर्ने तयारी भइरहेको बताइन्
।
अन्तरराष्ट्रिय महिला दिवसपछि भेरी खोला क्षेत्र वडा नम्बर ७ र ८ का ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गर्ने तयारी भइरहेको छ । जुम्लामा अहिले पनि चिसो कायममै छ । चिसोको बेला कम्बल पाएपछि जुम्ली ज्येष्ठ खुशी भएका छन् ।
तातोपानी गाउँपालिका वडा नम्बर ३ का ज्येष्ठ तुले रावलले उपाध्यक्षले गरेको यो कार्यले आफुलाई सम्मान मिलेको बताए । त्यस्तै अर्का ज्येष्ठ नन्दप्रसाद अधिकारीले स्थानीय सरकारले ज्येष्ठका लागि न्यानो कपडा वितरण गर्ने कार्यक्रमले खुशी बनाएको बताए । कम्बल वितरण कार्यक्रम स्थानीय वडा सरकारको समन्वयमा गरिएको छ ।