सिमकोट : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लास्थित खाद्यन्न मौज्दात रहेको गोदामको पहिलो पटक निरीक्षण गरिएको छ । खाद्यान्न मौज्दात गर्ने तरिका, भण्डारको अवस्था र खाद्यान्न प्याकेजिङको अवस्थाबारे निरीक्षण गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका खाद्य निरीक्षक सागरराज पोखरेलले लिमिटेडको खाद्यन्न भण्डार गरिएको गोदामको स्थलगत निरीक्षण गर्ने कार्य भएको जानकारी दिए ।
उनले निरीक्षणका क्रममा विशेषगरि गोदाममा खाद्यान्न भण्डार गरिएको तरिका, प्याकेजिङ गरिएको खाद्यन्न बोरा, बोरामा रहेको खाद्यन्न परिणामको अवस्थाबारे जानकारी लिने कार्य भएको बताए ।
दुर्गम स्थानमा खाद्यन्न भण्डारणको अवस्था राम्रै भएको र केही सुधार गर्नुपर्ने कुरा समेत सुझावका रुपमा शाखा दिएको थियो । उनले सुर्खेतमा खाद्यन्न परिक्षणका लागि प्रयोगशाला स्थापना भएपछि लिमिटेडको खाद्यन्न उपभोगका हिसावले योग्य रहेको वा नरहेको त्यो पनि परिक्षण गरिने बताए ।
हाल गोदामा दुई हजार क्विन्टल खाद्यान्न मौज्दात रहेको छ । लिमिटेडको गोदाममा रहेको खाद्यन्नको निरीक्षण पहिलो पटक गरिएको हो । निरीक्षणपछि उनले हालको अवस्थालाई सन्तोसजनक मान्नु पर्ने बताए ।
टोलीमा जिल्ला प्रशासन, सिमकोट गाउँपालिका, पत्रकार महासंघ, घरेलु लगायतका कार्यालयका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।