खलंगा : जुम्लाको हिमा गाउँपालिका निवासी अधिकारी आफ्नो गृह जिल्ला जुम्ला आउँदा विपन्नलाई न्यायो कपडा ल्याएर आएका छन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी समेत भएका उमाकान्तले आफ्ना गाउँवासीलाई नासो न्यानो कपडा लिएर आएका हुन् ।
हिमा गाउँपालिका–१ निवासी दत्तबहादुर शाहीले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी समेत भएका उमाकान्तले गाउँ आउँदा केही न केही उपहार ल्याउने गरेको बताए । उनले भने, ‘उमाकान्त गाउँमा पुग्दा गाउँले खुशी हुने गरेका छन् । सबैले उनी आउँदा आफ्नै छोरा आएको जस्तो महसुश गर्छन् ।’
उमाकान्तले यसपटक पनि जुम्ला पुगेर गाउँका विपन्न नागरिकलाई न्यानो कपडा गरि काठमाडौं फर्केका छन् । हिमा गाउँपालिका – १ देवारगाउँका महिला, बालबालिका र र ज्येष्ठलाई न्यानो कपडा वितरणका हुन् ।
४ सय जनालाई न्यानो कपडा
उमाकान्त संरक्षक रहेको बिष्णु–मेघा फाउण्डेसनबाट ग्रामीण भेगका चार सय जनालाई न्यायो कपडा वितरण गरिएको हो । उमाकान्त अधिकारीद्धारा उनका स्व। बुवा बिष्णु अधिकारीको स्मृतिमा स्थापना गरिएको उक्त फाउण्डेसनमार्फत विभिन्न समाजसेवा गर्ने क्रममा उनले जुम्लाका ४ सय जनालाई न्यायो कपडा वितरण गरेका हुन् ।
अधिकारीको जन्मस्थान सिञ्जा क्षेत्रको हिमा गाउँपालिका – १ देवारगाउँका महिला, बालबालिका र ज्येष्ठलाई गाउँमै पुगेर वितरण गरेका हुन् । अधिकारी, हिमा गाउँपालिका अध्यक्ष रजबहादुर शाही, जिल्ला समन्वय समितिका सदस्य कल्पना परियारसहित स्थानीय वडा सरकार र सरोकारवालाहरु पुगेर न्यानो कपडा वितरण गरेका थिए । जुम्लामा अहिले पनि चिसो छ । अधिकारीले वितरण गरेको कपडाले त्यहाँका स्थानीयलाई राहत मिलेको छ ।
अधिकारी यसअघि मुगु जिल्लाको प्रमुख जिल्ला अधिकारी, म्याग्दीको प्रमुख जिल्ला अधिकारी, जुम्लाको सहायक प्रमुख जिल्ला अधिकारी हुदै हाल काठमाण्डौंको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा काम गर्दै आएका छन् ।
स्थानीय खम्बा शाहीका अनुसार, यस भन्दा पहिला हिमा गाउँपालिकाको वडा नम्बर १ बड्कीमा स्थायी प्रहरी चौकी स्थापना भएको छ । अधिकारी गृहमन्त्रालयमा हुँदा स्थानीयको माग अनुसार हिमा गाउँपालिका १ बड्कीमा स्थायी प्रहरी चौकी स्थापना सम्भव भएको र उद्घाटन गर्न उनी गाउँ पुगेको थिए ।
उनले पेशागत काम रहिरहदा थप सामाजिक काममा लागि रहने राष्ट्रसेवकमा उनी सावित हुन्छन् । उनले ०६४ सालमा जुम्लामा पहिलो सहायक प्रमुख जिल्ला अधिकारी हुँदाको समय स्थानीय प्रशासनको तर्फबाट सिञ्जा क्षेत्रमा प्रशासनिक कार्य थालनी गर्ने पहलमा स्थानीयको सहयोगमा ठूलो योगदान पुर्याएका थिए ।
अधिकारी त्यो पहलले कारण सिञ्जा क्षेत्रमा अहिले इलाका प्रशासन कार्यालय सञ्चालन भइरहेको छ । अधिकारी जुम्लामा सहायक प्रजिअ भएकै समयमा कर्णाली राजमार्ग जुम्लामा बाटो पुगेको थियो भने नाग्म गमगढी राजमार्गको उद्घाटन भएको थियो । सुरक्षा समयन्त्रमा कर्णाली राजमार्ग छिटो पुर्याउनु पर्ने पहलमा तत्कालिन समयमा उनको बढी जोड छ ।