रुकुम पश्चिम : दूध चुस्दै गरेकी शिशु होस् या प्रकृतिले दिएको महिनावारी । छाउगोठमा बसेकी किशोरी होस् या हिँडडुल गर्न नसक्ने वृद्धा । सामाजिक रुपमा उनीहरुमाथिको तिरस्कार भने फरक छैनन ।
बलात्कारपछिको हत्या होस् या हत्यापछिको मृत्यु संस्कार । त्यसमा पुरुषत्व कायम हुन्छ । गएको पुस पहिलो हप्तातिर रुकुम पूर्वको सिस्ने गाउँपालिका –५ बाहुनठानाकी २९ वर्षीया सुफिया शाहको जङ्गलमा शव फेला पर्यो ।
उनको सिस्ने–५ कै कारागाउँ नजिकैको थोतेगैरामा शव फेला परेको थियो । उनको शव जङ्गलमा भेटिएपछि प्रहरीले लडेर मृत्यु भएको जनायो ।
यस्तै गएको पुसको दोस्रो हप्तातिर रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–९ झुलाकी २६ वर्षकी कमला खनाल आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परिन् । कर्णालीमा यस्ता घटनाहरु थुप्रै घटेका छन् । तर, दोषीलाई कारबाही र पीडितले न्याय नपाएको अवस्था छ ।
बस्ने घरदेखि हिँड्ने बाटोसम्म पुरुषवादको चिन्तन हाबी छ । छोरीको कहाँ के हुन्छ ? थाहा छैनन । उनीहरुले कसरी मृत्युवरण गर्नुपर्ने हो ? पत्तो छैनन । ‘नारीका नारा’ नारामै सीमित छन् । संविधानका पानाहरुमा महिलाका अधिकार लेखिएका छन् । तर, कार्यान्वयन गर्ने हात पुरुषवादले बाँधिदिएको अवस्था छ ।
मंगलबार मात्रै ११२औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो । ‘सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारा बनाइयो । तर, महिलामाथि सामाजिक न्याय कति छ ? लैङ्गिक समानता कति छ ? समाजका विभिन्न घटनाले प्रमाणित गरिसकेका छन् ।
नारीले भोगिरहेको पीडा पोख्ने ठाउँमा समेत विभेद छ भने संविधानले महिलाको हक स्थापित गरेको छ भन्ने कुरा जस्तो अर्को हिंसा के हुनसक्छ र ? दिनौं बलात्कारका घटना बाहिरिरहेको अवस्था छ ।
त्यतिमात्रै नभइ दोषीले सजाय पाउनुको सट्टा राज्यबाट उन्मुक्ति पाउँछ । अनि, यहिँ राज्यमा न्याय खोजिरहेकी नारीको समेत बेपत्ता हुनेस्थिती छ ।
किन भने छोरीलाई भ्रूणमै हत्या गरिन्छ । त्यति नभए संसार देखेपछि उसको बलात्कार हुन्छ । अनि, कानून कानूनमै सीमित भएको हुन्छ । न्याय नपाएर भौतारिरहेकी नारीलाई घरदेखि शहरसम्म तिरस्कारैतिरस्कार हुनेगर्छ । हत्या हुन्छ । अनि, नारी हिंसाको जालमा पर्छिन् ।
जब, बुहारी पद दिइन्छ !
मस्तिष्कमा पढ्ने रहर हुन्छ । तर, ‘बा’आमाको कर – अर्काको घरमा बुहारी बनाउने हुन्छ । अनि, थमाइन्छ बुहारी पद । काम र घरको इज्जत ढाक्ने नाममा गोरु सरहको व्यवहारमा पर्ने गरेका छन् ।
यति मात्रै नभइ श्रीमानको आयु बढाउन दिनभरि व्रत बस्ने खुट्टा धोएको पानी पिउँदा पनि नारीको गलामा खुकुरी प्रहार हुन्छ । यहीँ हो अहिलेसम्म नारीले पाएको पद र प्रतिष्ठा ? त्यो बाहेक उसलाई केही मतलब छैन ।
होस् पनि कसरी ? पुरुषत्व समाजमा कायम छ । कानून पनि पुरुषका लागि मात्रै बनाइएको जस्तो छ । न महिलालाई समाजको माथिल्लो दर्जामा राखिएको छ न कागजमा सीमित कानूनविहीन गरिएको छ । समाजमा यस्तो प्रवृत्तिबाट महिला जिउँन बाध्य छन् ।
जसकारण नारीमाथि पुरुषको हैकम कायम छ । दमन कायम छ । हिंसा कायम छ । नारी पत्थर हो ? भ्रूण हत्यादेखि मृत्युसम्म तिरस्कार र अपहेलनामै नारी बाँचिरहेकी छ ।
पुरुष बराबर आउन नारीको झिनो आश मात्रै देखिन्छ । समाजमा महिला माथिका हिंसा, विभेद, उत्पीडन, विकृत प्रथा र परम्परालाई जरैबाट अन्त्य गर्न राज्य नै सशक्त रुपमा लाग्छ जरुरी देखिन्छ ।
अहिले पनि महिलालाई राजनीति, आर्थिक, सामाजिक रुपमा पछाडि नै छन् । कानून र संविधानले समानुपातिक प्रतिनिधित्व गर्ने भनिए पनि त्यो कार्यान्वयन भएको छैन ।
जसले गर्दा समाजको पिँधमा रहेकी महिलाहरु राज्यको मूल नेतृत्वको आउन नसकेको अवस्था हो । र, उनीहरु घरेलु हिंसाको सिकार बन्न पुगेकी हुन् ।
(लेखक, विक पत्रकार तथा महिला अभियन्ता हुन् ।’