सिमकोट : सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रहरीलाई वन्यजन्तु संरक्षण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । यसको रोकथाम तथा संरक्षणका लागि सशस्त्र प्रहरीलाई पहिलो पटक अभिमुखीकरण दिइएको हो ।
सशस्त्र प्रहरी नायव उपरिक्षक गेहेन्द्र भण्डारीका अनुसार सशस्त्र प्रहरीलाई जनचेतना जोगाउन र बन्यजन्तुको संरक्षणका लागि त्यस बारेमा अभिुमखीकरण गरिएको हो । त्योसँगै कार्यक्रममा वन्यजन्तु अपराध, चोरी निकासी तथा वन्यजन्तु अंग तस्करीका सम्वन्धमा पनि सशस्त्र प्रहरीलाई जानकारी गरिएको थियो ।
कार्यक्रममा कुन कुन वन्यजन्तु र विरुवा संरक्षणको क्षेत्र भित्र पर्छन् , यसको क्षेत्र कहाँ कहाँ हुन सक्छ, भन्ने बिषयमा जानकारी गरिएको थियो । त्यसका लागि नेपालमा ऐन कानूनको अवस्था के छ भन्ने र कानुनी उपचारको प्रक्रिया कसरी अगाडी बढाउन सकिन्छ भन्ने बिषयमा पनि जानकारी गरिएको थियो । वन्यजन्तुका अंग निकासी, वन्यजन्तुको सिकार खेल्ने जिल्ला भित्र हुम्ला पर्ने गर्छ ।
राष्ट्रिय निकुन्ज विभाग र विश्व वन्यजन्तु कोषको आयोजनामा पहिलो पटक जिल्लामा यस्तो अभिमुखीकरण दिइएको छ । चालु आर्थिक वर्षमा उक्त अभिुमखीकरण दिने नेपालका चार जिल्लामा हुम्ला जिल्ला पनि परेको थियो ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । यसका लागि प्रधान कार्यालयको वन्यजन्तु संरक्षण विभाग सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र दाहालले सहजिकरण गरेका थिए ।
कार्यक्रममा तीस जना भन्दा बढी सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियार, राष्ट्रिय निकुन्ज विभागका सवनम पाठक, वन्यजन्तु कोषका दिलीप सुवेदी, प्रहरी नायव उपरीक्षक हेरम्भ शर्मा, डिभिजन वन कार्यालका प्रमुख रेणुका न्यौपाने लगायतको सहभागिता रहेको थियो । उक्त अभिमुखीकरण कार्यक्रमबाट सशस्त्र प्रहरीलाई वन्यजन्तु संरक्षणका लागि सहज हुने विश्वास गरिएको छ ।