एजेन्सी: अभिनेता आमिर खानले किरण रावसँग गरेको सम्बन्ध विच्छेदबारे ८ महिनापछि खुलासा गरेका छन् । आमिर खानको ५७ औँ जन्मदिनको आवसरमा किरण रावसँग गरेको सम्बन्ध विच्छेदबारे मुख खोलेका छन् । उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा फैलिएका हल्लाका बारेमा पनि स्पष्टीकरण दिएका छन् ।
केही समयअघि मात्र आमिर र किरण रावले आफ्नो १५ वर्षे वैवाहिक जीवनलाई तोड्ने निर्णय गरेका थिए । दुई जनाको सम्बन्ध विच्छेदको विषय प्रकाशमा आएपछि आमिरले अरूसँग सम्बन्ध राखेको हल्ला फैलिएको थियो ।
‘परिवारका रूपमा हामीले केही डिस्कस गरिरहेको हुँदा म कतै न कतै हराएको उनले मलाई बताए। उनले मलाई म अर्कै व्यक्ति भएकोसमेत भन्नुहुन्थ्यो। यसपछि किरणजीले मसँग भने-तपाईं परिवर्तन हुनुहोस् भन्ने म चाहन्नँ किनकि, म तपाईँको मन र व्यक्तित्वलाई प्रेम गर्छु, त्यसैले म चाहन्न कि तपाईं कहिल्यै परिवर्तन हुनुहोस्,’ उनले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा भने, ‘तर अहिले किरणजीले ७ वर्षअघि भनेको कुरा सम्झन्छु। र आज म भन्छु, गत ६-७ महिनामा मैले आफूमा धेरै परिवर्तन देखेको छु।’
के यही कारण आमिरलाई सम्बन्ध विच्छेद भयो कि भनेर सोध्दा उनले भने, ‘किरणजी र म एकअर्कालाई धेरै माया गर्छौ। हामी एकअर्काप्रति धेरै आदर गर्छौं। तर मानिसहरूले हाम्रो समीकरण बुझेनन्। मानिसहरूलाई बुझ्न गाह्रो छ। यसो हुनुको कारण के हो भने अक्सर हामी विवाहितहरूबीच त्यस्तो बन्धन देख्दैनौं।
आमिर खानले पहिलो पत्नी रीना दत्तासँग विवाह टुट्नुको कारण किरण राव नभएको स्पष्ट पारेका छन् । आमिरले रीनासँग सम्बन्ध विच्छेद गर्ने समयमा उनको जीवनमा कोही नभएको बताए । उनले त्यो बेला किरण रावलाई चिनेको भए पनि दुईबीचको मित्रता लामो समयपछि भएको थियो ।
अहिले किरण रावसँग डिभोर्स भएपछि आमिर खानको नाम अरूसँग जोडिएको छ । अभिनेत्री फतिमा सना शेखका लागि उनले आफ्नो १५ वर्षे विवाह तोडेको हल्ला चलेको छ । अब आमिर खानले भने यो हल्लालाई खारेज गरेका छन्। आमिर खानले भने, "होइन, त्यतिबेला मेरो जीवनमा कोही थिएन । आज कोही छैन । '