सिमकोट : हुम्लाको पनि दुर्गममा पर्ने अदानचुली गाउँपालिका–४ को रिल्म गाउँका स्थानीयले उधारो बजेटमै सडक निर्माण गरेर गाडी गाउँ पुर्याएका छन् । केही बजेटको व्यवस्था भएको र केही आउने आश्वासपछि उधारोमै सठक निर्माण गरेर स्थानीयले गाडी रिल्म गाउँमा पुर्याएका हुन् ।
स्थानीय नन्दराज शर्माका अनुसार, दुई वर्ष लगातार स्थानीय उपभोक्ताले सडक निर्माण गरेर दुर्गमको रिल्म गाउँमा गाडी पुगेको छ । स्थानीयले यसरी गाडी चाँडै गाउँमा आउला भन्ने कल्पना समेत नगरेको अबस्थामा गाडी पुगेको बताउँदै पहिलो पटक गाउँमा गाडी पुग्दा खुसीयाली मनाएको जनाए ।
गाडी पुगेसँगै रिल्मा गाउँ गाउँपालिका केन्द्र श्रीनगर कर्णाली करिडोरसँग जोडिएको छ । सडक स्थानीय उपभोक्ताबाट उधारोमा निर्माण भएको हो । स्थानीय ईच्छा र चाहना भएपनि बिकास गर्न सकिने बताउदै उनले बजेट आउने आशाका भरमा सडक निर्माण गरेर गाउँमा गाडी पुर्याएको बताए ।
गाउँका जेष्ठ नागरिकलाई यति चाँडै गाउँमा जीप नै पुग्ला भन्ने विश्वासमा थिए । उनीहरु आगनमा बोलेरो जीप पुग्दा चकित भएका छन् । वडाध्यक्ष बिष्णु थापाले गता आर्थिक वर्षबाट मुख्यमन्त्री रोजगार कार्यक्रमबाट निर्माण सुरु भएको सडक यसवर्ष रिल्म गाउँसम्म जोड्न सफल भएको बताए ।
यसबाट रिल्म गाउँवासीका लागि यात्रा गर्न, बिरामीलाई उपचार गर्न र खाद्यान्न तथा बिकास निर्माण सामाग्री ढुवानीमा सहजता भएको छ । गाउँमा गाडी पुगेपछि स्थानीय वासिन्दाले वडा अध्यक्ष, गाडी चालक र यात्रुलाई फलमाला र अबिर जात्रा गर्नु भएको थियो ।
यसका लागि अघिल्लो आर्थिक वर्षमा अठार लाख ३५ हजार र चालु आर्थिक वर्षमा अठार लाख ३५ हजार बजेट खर्च भई सकेको र हालसम्म काम गरेको स्थानीय उपभोक्ताले पाउन अझै १५ लाख बाँकी रहेको छ ।
उधारोमा भएपनि सडक निर्माण गरेर गाउँमा गाडी पुगेको बताउदै उनले तर त्यो बजेट आउने आस्वासन पाएको बताए । यसका लागि सात लाख बजेट वडाका लागि आई सकेको छ ।
सडक सञ्जाल जोडिनुको महत्व स्थानीयले बुझेपछि यसरी उधारोमा काम गर्न स्थानीय राजी भएको बताउदै अब अर्को सोही वडाको बिगोठी गाउँमा सडक जोड्न बाँकी रहेको छ । उनले निर्वाचनमा वडाका सबै बस्तीमा सडक जोड्न गरेको बाचा पुरा भएको थापाको दाबी छ ।