कर्णाली : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा युवाबारे नेतृत्व पंक्तिमाथि धेरै प्रश्नहरु खडा भए । जसकारण, युवाहरु नेतृत्वमा पुग्न समेत सफल भए ।
त्यसले गर्दा नेपाली कांग्रेस भित्र वैचारिक बहस र विचारका कार्यकर्ता छन् भन्ने प्रमाण दियो । त्यो विश्वप्रकाश शर्मालाई शेरबहादुर देउवाको धोका होस् या अन्य कुनै । कांग्रेस कार्यकर्ताले गुटको पर्खाल तोडेर युवा नेतृत्वलाई काँधमा राखेका हुन् ।
पालिकास्तरमै गुटको खेतीपाती चलिरहेको थियो । जसलाई परास्त गरेर नेपाली कांग्रेस जाजरकोटले पनि युवालाई नेतृत्वमा ल्यायो । उदाहरणतः १४ औँ महाधिवेशनबाटै जाजरकोटका युवा नेता वेदराज सिंह जिल्लाको सभापतिमा सर्वसम्मत चयन भए ।
उनी सभापति भएसँगै जाजरकोट कांग्रेसका गतिविधि मात्रै बढेनन युवाको आकर्षण समेत बढ्यो । जाजरकोटको सभापति भन्ने काठमाडौंमा बसेर काम गर्ने, जिल्लामा अतिथिको आसन मात्रै गर्न जाने प्रवृत्तिको अन्त्य भयो ।
वेदराज सिंहकै नेतृत्व जाजरकोट कांग्रेसको नयाँ रुप मात्रै देख्न पाइएन नेकपा एमाले, माओवादीबाट थुप्रैले कांग्रेस प्रवेश गरे । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका पूर्व केन्द्रिय सचिवालय सदस्य, पूर्व जाजरकोट अध्यक्ष योगेन्द्र सिंह जलनले समेत कांग्रेस प्रवेश गरेका छन् ।
![](https://www.karnaalikhabar.com/uploads/editor/lokendra%20photos/jiwan%20sarkar/kirani%20jahereee%201/bedraj%20singh%20jalan%20singh.jpg)
यति मात्रै नभइ विप्लव नेतृत्वको नेकपा अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य कर्णाली प्रदेश ईन्चार्ज प्रेमबहादुर शाहीले समेत कांग्रेस प्रवेश गरे । यी प्रतिनिधि मात्रै हुन् ।
जाजरकोट कांग्रेसप्रति युवाको आकर्षण बढ्दै गएको छ । कांग्रेस जाजरकोटमा यो उत्साहसहित सामाजिक रुपान्तरणको बाटोमा जान जरुरी छ ।
यो आकर्षणलाई चुनावसम्म पुर्याएर माओवादीको आधार इलाका भत्काउनेदेखि जनताका समस्या र विकासमाथि काम गर्ने कि फेसबुकमा ‘यति प्रवेश गरे ! उति प्रवेश गरे ! हलानोलाई स्वागत गरियो ! फलानोलाई स्वागत गरियो ।’ भनेर सीमित हुने ? यो नेतृत्वको भरमा छ ।
![](https://www.karnaalikhabar.com/uploads/editor/lokendra%20photos/jiwan%20sarkar/kirani%20jahereee%201/prem%20shahi%20r%20bedraj%20singh.jpg)
यसबीच नेपाली कांग्रेस जाजरकोटले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गरेको छ । जाजरकोटका सातवटै पालिकामा सुरु भएको यो अभियानले जाजरकोट कांग्रेसलाई उत्साह थपिएको छ । बाँकी, नेतृत्वपंक्तिबाट कार्यकर्ताले आशभरोसा मात्रै गरिरहेको अवस्था छ ।