सिमकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही मुख्यमन्त्री भएयता दोस्रो पटक गृहजिल्ला आउने भएका छन् । यसअघि खार्पुनाथ गाउँपालिकाको आग्रहमा बाढीपहिरोको स्थलगत अनुगमन गर्न जिल्ला आएका मुख्यमन्त्री शाही यस पटक भने कार्यालयकै काममा हुम्ला आउन लागेका हुन् ।
मुख्यमन्त्री शाहीको नेतृत्वमा टूलै टोली हुम्ला आउन लागेका हो । शुक्रबार बिहान हुम्ला आउने टोलीमा प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयमा सचिव, स्वास्थ्य महाशाखामा प्रमुख लगायतको टोली हुम्ला आउन लागेको हो ।
सरकारी कामकै शिलशिलामा हुम्ला आउन लागेका मुख्यमन्त्री शाहीले ४ गतेबाट जिल्लाका सात वटै गाउँपलिकाका योजना शाखा र शाखा प्रमुखहरुका लागि सञ्चालन हुने योजना तर्जुमा सम्वन्धि तालिमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यसका लागि उनीसँगै प्रदेश सुशासन केन्द्रका प्रमुखसहितको टोली पनि आउने छ । त्यसैगरि अर्को मुख्यमन्त्री शाहीले मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुगमन गर्ने कार्यतालिका पनि रहेको छ ।
त्यसैगरि जिल्ला अस्पताल हातामा निर्माण हुन लागेको नयाँ अस्पताल भवनको शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ । त्यसैगरि मानिसक स्वास्थ्य सम्वन्धि कार्यक्रम र छोरीको बैंक खाता सम्वन्धि कार्यक्रममा मुख्यमन्त्री शाहीले सहभागिता जनाउने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।
त्यसैगरि सबै गाउँपालिकाका र उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल तथा निर्देशन दिने कार्यक्रम समेत रहेको छ । चैत ५ गते कार्यालय प्रमुखलाई निर्देशन दिने कार्यक्रम समेत प्रमुख जिल्ला अधिकारी सीता परियार तय गरेकी छन् ।
मुख्यमन्त्री शाहीको यस पटकको कार्यक्रम दुई दिनको लागि तय भएको छ । उनले टोली समिट एयरको जहाजमा सुर्खेतबाट हुम्ला आउन लागेको हो । आर्थिक मितव्यहिता अपनाउनकै लागि हवाई जहाजबाट यात्रा गर्ने मनस्थिती मुल्यमन्बी शाहीले बनाएपछि त्यही अनुसार हवाई यात्रा तय भएको हो ।
उनको टोली चैत्र छ गते सुर्खेत फिर्ता हुनेछ । यसअघि मुख्यमन्त्री भएर पहिलो पटक गृह जिल्ला आउदा प्रयोग भएको हेलिकोप्टरको भाडा खार्पुनाथ गाउँपालिका तिरेको थियो । उनी एक रात सिमकोट बस्दाको होटेल बासखर्च भने काग्रेस कार्यकर्ताहरुले नै तिरेका थिए ।