सिमकोट : कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको मुख्यमन्त्री रोजगार कार्यक्रमको योजना छनौट प्रक्रिया परिवर्तन हुने भएको छ । हालको योजना छनौट प्रक्रिया प्रभावकारी नभएको भन्दै त्यसलाई प्रदेश सरकारले परिवर्तन गर्न खोजेको हो ।
हालसम्म कर्णाली प्रदेश सरकारले सञ्चालन गर्दै आएको मुख्यमन्त्री रोजगार कार्यक्रमको योजना छनौट प्रक्रियाप्रति मुख्यमन्त्री जीवनबहादुर शाहीले असन्तुष्टि व्यक्त गरेका छन् ।
मुख्यमन्त्री रोजगार कार्यक्रम लगायत प्रदेश विशेष कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आफ्नो राय दिने क्रममा उनले सो असन्तुष्टि व्यक्त गरेका हुन । चालु अवस्थामा रहेको मुख्यमन्त्री रोजगार कार्यक्रमको योजना छनौट प्रक्रिया स्थानीय तहहरुले अपनत्व नलिएको उनले गुनासो छ ।
उनले चालु आर्थिक बर्ष अनलाइनमार्फत खुला आवेदन माग गरी योजना छनोट गर्दा बस्तुगत योजना छनोट नभएको भन्दै स्थानीय तहको जवाफदेहिता र अपनत्व नद्खिएकोले कार्यविधि नै परिवर्तन गरेर कार्यक्रमलाई प्रभावकारीता बनाउन लागिएको बताए ।
प्रत्यक्ष रुपमा जनतालाई राहत पुर्याउने उद्देश्यले सञ्चालनमा आएको कार्यक्रम झारा टार्ने किसिमले सञ्चालन हुन बजेट पानीमाथि बालुवा हाले जस्तै भएको समेत उनले बताए ।
त्यसैगरि उक्त कार्यक्रमको कार्यान्वयन यस बर्षबाट स्थानीय तहमार्फत हुने र योजना तर्जुमा समेत जेठ भित्र नै स्थानीय तहबाट सिफारिस गरिसक्नु पर्ने गरि कार्यक्रम परिमार्जन गर्न लागिएको उनले बताए ।
प्रर्देश सरकारले आषाढ महिनामा आउने बजेटमा सो कुरा ल्याए योजना रहेको समेत उनले बताए । यसले समयमा नै योजनाको कार्यान्वयन हुने विश्वास उनको छ । यसभन्दा पहिले सरकारले एकमुष्ट बजेट राखेर कार्तिक मसिर वा दोस्रो चौमासिक अवधीमा योजना छनोट हुने हुदा प्रभावकारी हुन नसकेको गुनासो आए पछि यो वर्ष समयामा नै योजना छनोट प्रदेश सरकार लागेको हो ।
मुख्यमन्त्री रोजगार कार्यक्रम लगायत प्रदेश विशेष कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रममा आफ्नो राय दिने क्रममा सो कुरा मुख्यमन्त्री शाहीले बताएका हुन् । कार्यक्रममा, प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयमा सचिव प्रमुख जिल्ला अधिकारी, नायब उपरिक्षक लगायतको रहेको थियो । कार्यक्रममा प्रशासकीय अधिकृत, गापा अध्यक्ष उपाध्यक्षको समेत सहभागिता थियो ।