समाज त्यहीँ भन्छ ।
जहाँ छस् त्यहीँ बस भन्छ ।
घरी बस भन्छ, घरी उठ भन्छ ।
अब म के गरु ? समाजले भनेको मानु ?
या जन्जिर तोड्दै अघि बढु ।
अनि, सोध्दैछु म २१ मार्चलाई
समाजले मेरो श्रम लिन्छ ।
पसिनाको फल लिन्छ ।
म अछुत, मेरो रगत छुत ।
तर, पानी पनि कसरी छुत ?
त्यहीँ सोधिरहेको छु २१ मार्चलाई
पशुपतिनाथले कहिले भनेन् ।
मानिस मानिसमा फरक छ भनेर ।
सगरमाथाले कहिले नापेनन् ।
जातजातीको उचाइ कति छ भनेर ।
गौतम वुद्धले कहिले बोलेनन् ।
कुन शुद्रमा ज्ञानको कमी छ भनेर ।
उहीँ मानिस, उहीँ उचाइ, उहीँ ज्ञान
तर, मेरो समाज देखाइरहेछ ।
कि ! तिमी र ममा फरक छ भनेर ।
त्यसैले म सोधिरहेको छु २१ मार्चलाई
त्यहीँ फलामको काम गरि ।
मेचेल फारेडे वैज्ञानिक बने
सैद्धान्तिक बहसमार्फत
आम्बेडकर विश्वमा चिनिए ।
राजनितिक नेतृत्व गरि
मुसेलेनीले विश्वको नेतृत्व गरे
तर, मेरो फलामको काम गर्ने दाई
आरन मै सीमित छ ।
त्यसैमा पोखिरहेको छ रगत र पसिना ।
जुत्ता सिलाउने मेरो दाई सडकमै थन्किएको छ ।
स्वरकी धनी मेरी दिदी बहिनी
सडकमै भौतारिरहेकी छिन् ।
घर भित्र छिरिभनी मेरी बहिनी
एक्काइस घण्टा डोरीले बाँधिएकी छे ।
अब, यसबाट कसरी मुक्ति पाउने होला ?
त्यसैले, म सोधिरहेको छु २१ मार्चलाई
जागौं रगतको थोपा थापाबाट ।
एकवद्ध हैं शरिरको अंग अंगबाट ।
ति जन्जिर, ति पर्खाल, ति विभेद तोडु वा के गरु ?
म सोधिरहेको छु २१ मार्चलाई
धन्यवाद ।।