काठमाडौं: बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको मागदाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ ।
बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका कलाकार पल शाहले पीडित बालिकाले महिनावारी रोकिएको र आफूलाई स्वीकार्नुपर्ने भन्दै म्यासेज गरेको बयान सरकारी वकिलको कार्यालयमा दिएका छन् ।
यसैगरी अभिनेता पल शाहविरुद्ध सरकारी वकिल कार्यालय तनहुँले ११७ वटा प्रमाण र बयानहरूको कागजात पेश गरेर मुद्दा दायर गरेको छ । विभिन्न खामबन्दी प्रमाण, मुचुल्का, बयानलगायतको ११७ वटा प्रमाण पेश गर्दै मुद्दा दर्ता गरिएको हो ।
‘२०७८ सालको जेठ महिनाको अन्तिमतिर मलाई फोन गरी तपाईं र मेरो सम्बन्ध अरुले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नुपर्छ भन्ने समेतका शब्दहरू म्यासेजमा मलाई प्रेषित गरेकी थिइन्,’ शाहले बयानमा भनेका छन् ।
बयानमा उनले असार महिनामा काठमाडौंको बानेश्वरमा पीडित बालिका, पीडितकी आमा, दुर्गेश थापा, सरोज ओली, योगेश काजी, उनका म्यानेजर कुष्ण जोशी बसेर विवाह गर्ने कुरा भएको र उमेर नपुगेकाले पछि विवाह गर्ने कुरा भएको स्वीकारेका छन् । उनीविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार कसूरमा मुद्दा दायर भइसकेको छ ।
यसैगरी अभिनेता पल शाहविरुद्ध सरकारी वकिल कार्यालय तनहुँले ११७ वटा प्रमाण र बयानहरूको कागजात पेश गरेर मुद्दा दायर गरेको छ । विभिन्न खामबन्दी प्रमाण, मुचुल्का, बयानलगायतको ११७ वटा प्रमाण पेश गर्दै मुद्दा दर्ता गरिएको हो ।
अदालतमा २ जना गवाह र १६ साक्षी (देख्ने सुन्ने)सहित पल शाहको वास्तविक नाम भएको गोप्य बन्दी खाम, पीडितले दिएको बयानको अडियो भिडियोको डीभीडी, पीडितको स्वास्थ्य जाँच, पल शाहको स्वास्थ्य जाँच, घटनाको मुचुल्का, घटनाको प्रारम्भिक प्रतिवेदन, प्रतिवादीको फोटो फ्रिन्ट, सीडीआर विवरण, पत्रपत्रिका आएका खबरहरूको प्रिन्ट कपी, पूर्णविक्रम शाहको लाइसेन्सको फोटोकपीसमेत पेश गरिएको छ ।
यस्तै ८ पानाको पल शाहको स्वास्थ्य परीक्षण, दुर्गेश भन्ने दुर्गाबहादुर थापाको ८ पानाको बयान, जीवन चौलागाईको ४ पानाको बयान, प्रहरी प्रधान कार्यालयबाट डिजिटल फरेन्सिक ल्याबको रिपोर्ट, सरोज वली भन्ने पुण्यप्रसाद ओलीको घटना विवरण, फेसबुक परीक्षणलाई लेखेको पत्र, इलाका प्रहरी कार्यालय गैँडाकोटको पत्र, मालपोत कार्यालय कलंकीको पत्रलगायतका प्रमाण पनि अदालतमा पेश गरिएको छ ।