काठमाडौँ : प्रगतिशील लेखक सङ्घ, नेपालको बागमती प्रदेश कमिटीको आज सम्पन्न दोस्रो अधिवेशनले डा. हरिप्रसाद सिलवालको अध्यक्षतामा सर्वसम्मतरुपमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षहरुमा वैरागी जेठा, राधिका गेलाल, सचिवमा सुन्दर शिरिष, सहसचिवमा भीष्म जोशी, कोषाध्यक्षमा भैरवी भूगोल ढुङ्गाना चयन भएका छन् । सदस्यहरुमा दिल पौडेल, सरोज घिमिरे, प्रभाती किरण, राजेश्वरी शिल्पकार, छवि खनाल, सुगीता शाह, प्रदीप ढकाल, डिबी बर्तौला, अगिब बनेपाली, यमुना प्रधानाङ्ग, केशवप्रसाद न्यौपाने, लीलाराज दाहाल, सुशीला शर्मा, दीपसागर पन्त र हिमान बल चयन भएका छन् ।
कमिटीमा मातहतका जिल्ला अध्यक्षहरु पदेन सदस्य रहनेछन् । नयाँ कार्यसमितिलाई सङ्घका सल्लाहकारहरु मातृका पोखरेल, वासुदेव अधिकारी, केशव सुवेदी, उपाध्यक्ष गोपीरमण उपाध्याय लगायतले बधाई दिए । नवनिर्वाचत अध्यक्ष डा. सिलवालले सङ्घको विचार र सिद्धान्तलाई सुगठित गर्दै सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो अधिवेशनको केन्द्रीय महासचिव समीर सिंहले उद्घाटन गरेका थिए भने बन्दसत्र सञ्चालनका लागि केन्द्रीय उपमहासचिव आरसी न्यौपानेको अध्यक्षतामा अध्यक्ष मण्डल गठन गरिएको थियो । अधिवेशनले निवर्तमान अध्यक्ष जगत रेग्मीद्वारा प्रस्तुत साङ्गठिक प्रतिवेदन छलफलसहित पारित गरेको थियो । प्रलेसको १२औँ राष्ट्रिय महाधिवेशन यही चैत २५ र २६ गते काठमाडौँमा हुने तय भएपछि प्रदेश र जिल्ला सम्मेलनहरु भइरहेका छन् ।