सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा मंगलबार १४ जनामा संक्रमण पुष्टि भएको हो ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको रिपोर्ट अनुसार सुर्खेतमा ११ जना, जुम्लाका दुइ जना र दैलेखका एक जनामा संक्रमण देखिएको छ ।
मंगलबार सुर्खेत वीरेन्द्रनगरमा कोरोना पुष्टि हुनेहरूमा वडा नं.–२, १० र १२ का तीन जना पुरुष, वडा नं.–४, ६, ७ र ८ का सात जना महिला रहेका छन । त्यस्तै चौकुने गाउँपालिका वडा नं.–७, का एक जना पुरुष रहेका छन् ।
यसैगरी जुम्लाको गुठीचौर गाउँपालिका–४, र चन्दननाथ गाउँपालिका –३, कि दुई जना महिला रहेका छन । दैलेख ठाँटीकाँध गाउँपालिका –६, का एक पुरुष रहेको स्वास्थ्य महाशाखाले जनाएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २४५६ पुगेको छ ।
यस्तै, कर्णालीमा मंगलबार थप ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २११९ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ । कर्णालीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३३१ जना आइसोलेसनमा रहेका छन् ।