सिमकोट : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले ठूला माछा समात्न सुरु भएको बताएका छन् । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धी एक कार्यक्रममा कर्मचारीलाई निर्देशन दिँदै उनले सो कुरा बताएका हुन् ।
अख्तियारलाई सधैँ साना माछा मात्र समात्ने आरोप लाग्ने गरेको बताउँदै उनले भर्खरै खानी र मल काण्डमा अर्ब भन्दा बढी हिनामिना गरेको काण्ड अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेर कानुनभन्दा कोही पनि माथी नभएको जानकारी दिए ।
अधिकार प्राप्त कुनै पनि कुराको खोजी नीति गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाझा बजाएर नआउने आयुक्त जयबहादुुर चन्दले बताएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त चन्दले राष्ट्रमा भ्रष्टाचारको अन्त्य नभएसम्म सुशासन कार्य हुुन नसक्ने बताए । मङ्गलबार जिल्लामा भएको भ्रष्टाचार नियन्त्रण र शुसासन प्रर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले राष्ट्र«सेवक कर्मचारीमा इमानदारिता र पारदर्शीता गर्ने इच्छाशक्ति नभएसम्म सुशासन कायम हुन नसक्ने समेत बताए । अर्को कुरा राज्यबाट जनताका लागि प्रवाह हुुने कार्यमा पारदर्शीता कायम गर्न नसके भ्रष्टाचार नियन्त्रणमा सफलता हात पार्न नसकिने उनको भनाइ छ । अर्को कुरा समृद्धि मुखले बोलेर मात्र नआउने बताउँदै त्यसका लागि पहिलो कुरा भ्रष्टाचार नियन्त्रणमा सबैले आत्मैबाट सोच्ने बेला आएको उनले बताए ।
‘भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्याउन आयोगले देशभर यस्ता कार्य गरिरहेको छ’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रणमा कर्मचारीको ठुलो भूूमिका रहन्छ ।’
अख्तियार जिल्लामा हल्ला खल्ला गरेर नआउने बताउँदै अख्तियारले आफ्नो कार्य आश्चर्य चकित पार्ने गरि आउने पनि बताए । अख्तियारले सूचना दिने घरघरमा उत्पादन गर्नका लागि हाल यस्ता प्रर्वर्द्धनात्मक कार्य गरिरहेकोले यसलाई स्थानीय तह स्तरमा लिने तयारीमा आयोग रहेको उनले बताए ।
यसअघि जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई आयोगका सहसचिव राजेन्द्र केसी र आयोगको सुर्खेत कार्यालय प्रमुखले भ्रष्टाचार नियन्त्रण र कर्णालीका जिल्लाहरुमा उजुरी सम्वन्धि प्रस्तुति गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावतर, प्रमुख जिल्ला अधिकारी सीता परियारले भ्रष्टाचार नियन्त्रणका लागि कर्मचारीले चाहे न्यूूनिकरण गर्न सकिने बताएका थिए ।
सहभागीले आयोगलाई सुुझाव र आएका समस्या समाधानका उपायका बारेमा जिज्ञासा रा । आयुक्त चन्दको टोली यतिखेर साविक कर्णालीका सकै जिल्लाको भ्रमण निस्केको हो । अब उक्त टोली डोल्पा जिल्लामा जानेछ ।
यो पनि...