फाइल फोटो /कार्यालय प्रमुख किरणमान श्रेष्ठ
नेपालगञ्ज : नेपालगंज विमानस्थलको कार्यालयमा काम गरिरहेका नेपाल वायुसेवा निगम क्षेत्रीय कार्यालय प्रमुखमाथि हातपात भएको छ । कार्यालय प्रमुख किरणमान श्रेष्ठमाथि प्रहरीले हातपात गरेको हो ।
मुुगुु जिल्लाको ताल्चा विमानस्थलका लागि नेपाल एयरलाइन्सले चार्टर उडान भर्ने कार्यका लागि गेटबाट यात्रुु प्रवेश गर्ने कार्यमा सहयोग गरिरहेका श्रेष्ठ माथि प्रहरीले हातपात गरेको हो ।
शुक्रवार ताल्चाकालागितीन वटा उडान भर्नु पर्नेमा पहिलो उडानका यात्रुहरुलाई काउण्टरमा प्रवेश गर्न सहयोग गरि रहेका प्रमुख श्रेष्ठलाई विमानस्थलका प्रहरी सहायक निरीक्षक नवराज बमले हातपात गरेका हुन् ।
प्रमुख श्रेष्ठले काण्टर प्रवेशद्धारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सहसचिव, उपसचिव र अन्यकर्मचारीका साथै यात्रुहरुलाई लागि बोडिङ पास दिने कार्य गरेका थिए । यात्रुहरुलाई लामवद्ध लगाउने कार्य समेत उनले गरेका थिए ।
प्रसनी बलले टिकट चाहिने भनेर मन्त्रालयको टोलीलाई रोक्न खोजेको थियो । जब कि यात्रुहरु काउण्टर चेक गर्नका लागि बोडिङ पास अनिवार्य गरिन्छ ।
प्रमुख श्रेष्ठले विमानस्थलको काउण्टरबाट टिकट प्रिन्ट गर्ने कार्य भइरहेको र बोडिङ पासकाआधारमा यात्रुुभित्र छिराउन सहयोग गरि रहेका थिए।
प्रहरीको दुर्व्यवहार देखेर मन्त्रालयको टिम अचम्बित भएको थियो । प्रहरी सहायक निरीक्षक बलमे प्रमुखश्रेष्ठलाई छातीमा हान्ने कार्यका साथै धकेल पकेल पनि गरेका थिए । पछि प्रमुखबस्ने कार्यकक्षमा पुुगेर उनले धम्कीदिने र धकलपकल गर्ने कार्य गरेका थिए ।
उनको यस्तो व्यवहार सधैं यस्तै हुने गरेको पीडित एयरलाइन्सका कर्मचारीले जनाएका छन् । उनी बाँके जिल्लाका एसपी श्यामकृष्ण अधिकारीका निकट मानिन्छन् ।
पावरका भरमा उनले निःशुल्क सामान पठाउने र टिकट मिलाई दिनकालागिदवावदिने गरेको पीडित एयरलाइन्सका कर्मचारी जनाएका छन् ।
उनको दुर्व्यवहारविरुद्ध प्रमुखश्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा उजुरी हाले पनिप्रहरीले नमानेको बताए । प्रहरीले उजुरी चौबीसै घण्टा लिएर आवश्यक कारबाही गर्नुपर्ने तर शुक्रबार प्रहरी निरीक्षकन भएको भन्दै प्रहरीले उनको उजुरी दर्ता गर्न नमानेको हो ।
हातपात गर्ने प्रहरी सहायक निरीक्षक बम विगत सात वर्षदेखि नेपालगञ्ज विमानस्थलमा कार्यरत छन् ।