वीरेन्द्रनगर : रोग र भोकका बहस मात्रै हुने कर्णालीमा आइतबारदेखि समृद्धि र विकासको बहस भइरहेको छ । सुर्खेतको वीरेन्द्रनगरमा अवस्थित शुभ होटलमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयकको साझा बहस भइरहेको हो ।
दोभान मल्टिमिडियाको आयोजनामा भएको ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयकको बहस कार्यक्रम तीन दिनसम्म हुनेछ । कार्यक्रमको उद्घाटन कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका थिए । उद्घाटन सत्रमा बोल्दै मुख्यमन्त्री शाहीले समयको महत्व नबुभेर कर्णालीवासी विकासमा पछि परेको बताए ।
उनले भने – ‘हामीले अहिलेका विश्वका विकसित देशहरुमा हेर्ने हो भने समयको कति महत्व छ ? त्यसरी नै अगाडी बढिरहेका हुन्छन् । हाम्रोतिर समयको ख्याल नगर्दा पनि विकासमा पछि परेको अवस्था छ । हामी नेपालीले समयको ख्याल गर्दैनौं । त्यसैले धेरै कुरा गुमाइरहेका हुन्छौं । कुनै पनि गतिविधि तोकिएकै समयमा हुनुपर्छ ।’ मुख्यमन्त्री तोकिएको समयभन्दा केही अगाडी कार्यक्रममा पुगेका थिए ।
‘समयमै हामी डिँड्न सक्यौँ भने कर्णालीकै होइन देशकै विकासमा अग्रता हुनेछ’ मुख्यमन्त्री शाहीले थपे, ‘आफ्नो ठाउँको लागि आफुले विकास गर्ने परिकल्पना गर्न सकिन्छ । र, राज्यले त्यो अधिकार प्राप्त गर्छ भने हाम्रो ठाउँ हामीले बनाउन सक्छौँ । मेरो छाती भित्रको पीडा कहाँ नेरा छ ? भन्ने कुरा त मलाई थाहा हुन्छ ! त्यो अरुले थाहा पाउने कुरा होइन । कर्णाली प्रदेशको पीडा, आवश्यकता, हाम्रो वास्तविकता के हो ? भन्ने कुरा यहाँकै मान्छेहरुलाई शासन सत्तामा अग्रसरता गराउन सकियो भने मात्रै हामीले हाम्रो ठाउँलाई बनाउन सक्छौं’ मुख्यमन्त्री शाहीले भने, ‘मैले भन्ने गरेको छु – हामी गरिब हुला तर भिखारी होइन । कर्णालीको हकमा फरक छ । हामी प्राकृतिक रुपमा पनि गरिब छैनौँ । अरु रुपले पनि गरिब छैनौँ । आर्थिक रुपले पनि गरिब छैनौं । हामी मानसिक रुपमा गरिब छौं । जसले गर्दा हाम्रो आर्थिक उन्नतिदेखि प्राकृतिक उन्नति हामीले गर्न सकिरहेका छेनौं । यति राम्रो प्रदेश । यति सम्भावना भएको प्रदेश । सायद संसारमा विरलै ठाउँमा हुन्छन् । हाम्रो मानसिकतामा कमीकमजोरी छन् । पहिल्यै नै हामीले सोच्ने के गर्यौँ भने गरिब हुँ भन्ने छ ।’
कर्णालीमा संघीयता कार्यान्वयनको प्रश्नमा मुख्यमन्त्री भन्छन् – ‘म हुम्ला जिल्लाबाट त्यो बेला निर्वाचित भँए । जुनबेला संविधान बनाउने कामपछि मैले दुई मन्त्रालय सम्हाल्ने सौभाग्य पनि पाएको थिए । मेरो जिल्लाबाट मैले टिकट नपाएर प्रदेशमा आउनु परेको पनि होइन । म त्यहीँ टिकट पाउँथे होला । हारजित आफ्नो ठाउँमा छ । म केन्द्रमा जान्थे होला । मैले के सोचे भे हामीले संघीयताका कुरा गर्यौँ । अब, संघ बनाउनका लागि हामी सबै पार्टीका माथिल्लो स्तरका मान्छेहरु प्रदेशमा आइदिनुपर्छ भन्ने सोचेको थिए । दुर्भाग्य कुनै पनि पार्टीका मान्छे आउन चाहनु भएन । त्यसकारण भन्नेगर्छु नेकपा एमालेबाट यामलाल कँडेललाई धन्यवाद दिनैपर्छ । हिजो उहाँ संघको मन्त्री भइसकेको मान्छे उहाँ पनि प्रदेशमा आउनुभयो । म पनि आए । योभन्दा अघिल्लो मुख्यमन्त्री पनि आउनुभयो । तर, यो स्तरका भन्दा पनि अझ् माथिल्लो स्तरका नेताहरु हुनुहुन्थ्यो । आफुलाई क्रान्ति गरेर नै प्रदेश ल्याएका हौं, हाम्रो कारणले प्रदेश आएको हो भन्ने नेताहरु हुनुहुन्थ्यो । तर, प्रदेशमा आउनसक्नु भएन । अहिले आएर संघमा बस्नेहरु माथिल्लो दर्जाका भए । प्रदेशमा बस्नेहरु तल्लो दर्जाका भए । संघीयताको मोडल भनेको स्थानीय निकाय हिजो पनि थियो । स्थानीय पनि सरकार नै भन्न खोजेको हो । स्थानीय तह चुलोको सरकार हो । तल्लो तहकाले भन्छन् बीचको टायर किन चाहिएको छ ? माथिल्लो तह भन्छ बीचको टायर किन चाहिएको छ ? तर संसारमा हेर्ने हो भने संघीयता भनेको नै बीचको टायर हो । अथवा प्रदेश सरकार हो । विकासको मोडल निर्माण गर्न नगरपालिका छ । वडा छ ।’
तीनै तहको सरकार मिलेपछि बल्ल नेपाल सरकार हुने मुख्यमन्त्री शाहीको दाबी छ । ‘विकासको मोडेल हेर्दा सबभन्दा पहिला स्थानीय तहलाई हुर्नेपर्ने हो । स्थानीय तह राम्रो भयो भने प्रदेश यसै राम्रो हुन्छ । प्रदेश राम्रो भयो भने संघ त्यसै राम्रो हुन्छ । संघ राम्रो भयो भने नेपाल सरकार त्यसै राम्रो हुने हो । यो कुरा जानुपर्ने हो । तर, यहाँ अर्कै भयो । स्थानीय तहलाई खास यहाँका जग भनेका हामी हौँ । यो प्रदेश भनेको फेरि कहाँबाट आयो ? भन्ने छ । अनि, माथिकालाई के छ भने केपो यो घाँडो आइपुगेछ हेरेक कुरा तः हाम्रो हातमा केही पनि छैन भन्ने छ । संघको अवस्था देखिएकै छ । प्रदेशको वितीय विकास हुनसकेन भन्छन् । दूई महिनामै सचिव चेन्ज गरिदिने गरिरहेको अवस्था छ । स्थानीय तहमा पनि त्यहीँ छ । यद्यपी त्यति हुँदाहुँदै पनि स्थानीय तहका धेरै कमीकमजोरी छन् । प्रदेशको अवस्था त्यस्तै छ । यद्यपी हिजोको राज्य प्रणालीभन्दा अहिलेको काममा केही फट्को मारेको छ । प्रदेशका जनतालाई अपनत्व भएको छ । यो हाम्रो सरकार हो भन्ने भएका छन् । सरकारमा भएका हामीले पार्टीभन्दा पनि सबैलाई आफ्नो ठानेपछि संघीयताले पाइला चाल्दै जान्छ’ – मुख्यमन्त्री ।
उद्घाटन सत्रमा मुख्यमन्त्रीसँग पत्रकार विष्णु विवेकले बहस गरेका थिए । बहसमा धेरैका सहभागी थियो । केही सहभागीले मुख्यमन्त्रीलाई प्रश्न समेत गरेका थिए । कर्णाली राजमार्ग, कर्णालीको पूर्वाधार र कर्णालीको शैक्षिक अवस्था लगायत स्थानीय सरकारसँग प्रदेश सरकारको समन्वय कस्तो रह्यो ? भन्ने प्रश्नहरुसँगै कर्णाली सरकार क्याबिनेट विस्तारबारे पनि कुरा उठेका थिए ।
क्याबिनेट विस्तार प्रश्नको जवाफ दिँदै मुख्यमन्त्रीले भने – ‘बिदाको बेला मेरो शपथ ग्रहण भयो । त्यसपछि फेरि बिदा धेरै भए । त्यसपछि पार्टीका अधिवेशनहरु परे । त्यसपछि हाम्रो तीनजनाको क्याबिनेट भयो । त्यति हुँदा पनि क्याबिनेटबाट काम भएका थिए । काम रोकिएकै थिएनन । पछि केही महिनापछि क्याबिनेट विस्तार भयो ।’
सुर्खेत सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसीले संविधान बमोजिम प्रदेश सरकारसँग आवश्यक समन्वय भएको धेरै बताएका थिए । दुर्गमका आउने कर्मचारीका विषयमा उनले आफ्नो धारणा राखेका थिए । कर्मचारी विषयमा संघीय सरकारले यसमा चाँसो दिनुपर्ने उनको जोड थियो ।
कर्णालीमा प्रदेश सरकार गठन भएको पाँच वर्ष बित्नै लाग्यो । स्थानीय सरकार गठन भएको पाँच वर्ष बित्नै लाग्यो । पाँच वर्षसम्म पहिलो निर्वाचित जनप्रतिनिधिले के कस्ता काम गरे ? गर्न बाँकी के छन् ? भन्ने विषयमा सुरु भएको ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ कार्यक्रमको उद्घाटत सत्रमा धेरैले प्रश्न आएका थिए । लेकबेशी नगरपालिका सुर्खेतका प्रमुख गगन सिंह सुनारले आफ्नो पहिलो कार्यकाल केही काम केही अध्यास भएको बताएका थिए । लेकबेशीसँग गर्नैपर्ने समन्वय गरेपनि धेरै जसो समन्वय नगरेको बताएका थिए ।
उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले भने – ‘कर्णालीका बस्तीहरुमा विद्युत पु¥याउने काम भएको छ । बाटो पुर्याउने काम भएको छ । स्वास्थ्य पु¥याउने काम भएको छ । खानेपानी पुर्याउने काम भएको छ । सञ्चार पुर्याउने काम भएको छ’ मुख्यमन्त्री शाहीले भने, ‘समृद्धि छुट्टै खोजेर ल्याउने कुरा होइन । तपाईं हाम्रो साथ सहयोगले कर्णालीको समृद्धि सम्भव छ । आजबाट त्यसको अभियमान लागौं ।’
योसँगै मुख्यमन्त्री शाहीले सरकार चलाउन लागेको पाँच/छ महिना भएको र यसबीच थुप्रै अनुगमन अघिल्लो सरकारले गरेका काम कारबाहीलाई प्राथमिकतामा राखेको बताए । आफ्नो आफुले गरेका कामहरु बेला–बेला पत्रकार सम्मेलन गरेर जानकारी दिएको मुख्यमन्त्रीको भनाइ छ ।
समृद्ध कर्णाली विकासका पाँच वर्षको उद्घाटन सत्रपछिको सेसन शिक्षा सम्बन्धी भएको थियो । जसलाई सञ्चालन पत्रकार विष्णु विवेकले गरेका थिए भने वक्ताहरु क्रमशः सुर्खेत बड्डीचौरमा रहेको जनज्योति माविका प्रथानाध्यापक नारायण सिग्देल, कर्णाली प्रदेशसभा सांसद पद्मा खड्का, दैलेख चामुडा विन्द्रासैनी नगरपालिकाका मेयर सुर्यबहादुर केसी थिए ।
व्यावहारिक शिक्षालाई कसरी लागू गर्ने ? कर्णालीको शिक्षा अवस्थालाई कसरी सुधार गर्न सकिन्छ ? लगायतका प्रश्नमाथि वक्ताले कानून नीति निर्माण र आफुले गरेको काम कारबाहीबारे जानकारी दिएका थिए । बहसमा मेयर केसीले आफ्नो नगरमा बालमन्त्री शिक्षादेखि विद्यालय सुधारका विषयमा जानकारी गराएका थिए । प्रदेश सांसद खड्काले संघीय शिक्षा ऐनले शिक्षा क्षेत्र ओझेल परेको बताएकी थिइन् । यस्तै प्रधानाध्यापक सिग्देलले उत्पादनमुखी शिक्षा कसरी दिन सकिन्छ ? भन्नेबारे प्रस्टयाएका थिए ।
शिक्षा सम्बन्धीको सेसन लगत्तै यातायात सम्बन्त्रीको सेसन सुरु भएको थियो । कर्णाली राजमार्गलाई मृत्युमार्ग कहिलेसम्म बनाउने ? मुख्य बहस बन्न पुगेको थियो । उ
क्त सेसनमा भौतिक पूर्वाधार शहरी विकासमन्त्री पदमबहादुर रोकाय, प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख भुमेश्वर तिवारी, जुम्लाको कनकासुन्दरी गाउँपालिका जुम्लाका अध्यक्ष नरवीर रावत, चौकुने गाउँपालिका सुर्खेतका अध्यक्ष धीरबहादुर शाही, जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख उपेन्द्र आचार्य, यायायात व्यवसायीको तर्फबाट सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रशेम कुमार सापकोट, सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेल वक्ता थिए । यसको यो सेसनमा पत्रकार पत्रकार रमेश कुमार पाण्डेले सहजकर्ताको भूमिमा थिए ।
कर्णाली राजमार्गबारे भौतिक मन्त्री रोकायले आफु मन्त्री भएपछि मात्रै होइन यस विषयमा पहिलेदेखि कुरा उठाइरहेको बताए । उनले भने – ‘म सांसद हुँदा पनि कर्णाली राजमार्गबारे कुरा उठाएकै थिए । र, आज पनि उठाएको छु । मन्त्री भएर आइसपछि पाँच वर्ष बहुवर्षीय आयोजनाका फाइल उठाएको छु । राजमार्गलाई सुधार कसरी गर्ने ? संघीय सरकारलाई कसरी घच्घच्याउने भन्ने विषयमा हामी पनि लागिरहेका छौं । यो संघीय सरकारकै कारण पनि यस्तो अवस्था आएको हो । यसलाई समन्वय गरेर अगाडी बढ्ने छौं ।’
यस्तै कर्णालीको ट्राफिकले राजमार्गलाई व्यवस्थित बनाउन यातायात व्यवसायीसँग छलफल गरिरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख तिवारीले बताए । उनले सडक सूचना बोर्ड राख्नेदेखि अटोलाई व्यवस्थापनसम्म २६ बुँदामा ट्राफिकले काम गरिरहको बताए । उनले भने – ‘मापसे चेकजाँच गर्नेदेखि लिएर शिक्षक, विद्यार्थीसँग पनि ट्राफिकबारे जानकारी गराएका छौं । हामी सबैले योजनावद्ध रुपमा दुर्घटना रोक्न प्रयास गरिरहेका छौं । हरेक ठाउँमा ट्राफिक पुग्दैन । मेरो पनि जिम्मेवारी ट्राफिक हो भनेर हामीसँबै लाग्न जरुरी छ ।’
‘कर्णाली राजमार्गलाई मृत्यु भन्न लागेको वर्षौ भयो । तर, कर्णाली राजमार्गको बाटोको विषयमा कसैलाई चिन्ता छैन’ सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष सापकोटले भने, ‘गाडीहरु कर्णाली राजमार्गबाट फर्किएपछि आम्दानीभन्दा पनि खर्च धेरै हुने गरेको छ । त्यहीँ बाटोमा गाडीहरु चलाउन बाध्य छौं । विकल्प पनि छैन । राज्यलाई कुनै चिन्ता छैन । यसले गर्दा महिनौं दुर्घटना हुँदै गएको छ । राज्यले चासो दिएपछि कर्णाली राजमार्गको स्तरोन्नति गर्न जरुरी छ ।’
सुर्खेत चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले आफ्नो गाउँपालिकाको गुटुदेखि लगामसम्म सडक स्तरोन्नति गर्नेका भइरहेको बताए । हामी सुर्खेत पश्चिमका तीन स्थानीय तहका प्रमुख बसेर हामीले पश्चिमको बाटो पनि स्तरोन्नतिबारे छलफल भएको उनले जानकारी दिए । कर्णाली राजमार्गबारे अध्यक्ष शाही भन्छन् – ‘पाँच लाखका बजेट हालेर कर्णाली राजमार्ग कहीँ कतै पुग्दैन । त्यसैले गतिलो बजेटको बजेट हालेर राजमार्गको स्तररोन्नति गर्न जरुरी छ । आउँदा बजेटमा पूर्ण बजेट छुट्याउन जरुरी छ ।’
‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’मा विभिन्न विषयमा छलफल भइरहेको छ । विषयतः कर्णालीको पूर्वाधार विषयमा छलफल हुनेछ । शिक्षा स्वास्थ्य र रोजगारका विषयमा छलफल भइररहेको छ ।
पाँच वर्षसम्म स्थानीयले शिक्षा, स्वास्थ्य, यातायात, विद्युत, सञ्चार र खानेपानी लगायत विकासको पहुँचमा कति पु¥याउन सकियो भन्ने विषयमा छलफल भएको थियो । तीन दुई सेसनमाथि छलफल भएपनि धेरै सेसन बाँकी रहेको कार्यक्रम संयोजक विष्णु विवेकले जानकारी दिए ।
उनका अनुसार, कर्णालीको स्वास्थ्यदेखि कर्णालीको सुशासनसम्मका सेसनहरु बाँकी हुन बाँकी छ । मंगलबार पर्यटन सम्बन्धीको कार्यक्रम रहेको छ ।
र, यो पनि...