१९ भाद्र, काठमाडौँ । बुधबार राती भूजि खोलामा आएको अकल्पनीय बाढीले ढोरपाटनको आधा दर्जन गाउँ नै सखाप बनायो । धेरै वस्तीहरु बगरमा परिणत भए । धेरैको परिवार खोसियो, काख रित्तियो र धेरैलाई घरबार विहीन बनायो । रातको समयमा आएको बाढीमा परेर कोहीले निद्रामै देह त्याग गर्नुप¥यो ।
ढोरपाटन नगरपालिका–७, ८ र ९ का गाउँलाई उजाड बनाएको भूजीखोलाले सबैभन्दा बढी क्षति वडा नं ९ मा पु¥याएको छ । मुख्यगरी फल्लेघर, सुपराङ, भुसुन्डे, सिदु, घट्टेबोट, सेरावाङ, दुनापढेरा, सुकुरर्दुङ, सप्राङ र लाखुरीबोटमा बढी क्षति भएको जनाइएको छ ।
ढोरपाटन –९ देउरालीडाँडाबाट खसेको पहिरो भूजि खोलामा झर्दा बाढीमा परिणत भई बस्तीमा पसेको थियो । बाढीले बगाउँदा हाल सम्म १४ जनाको शव फेला परेको छ भने अझै २४ वेपत्ता रहेका छन् । शवको सनाखत हुँन नसक्दा वेपत्ता मध्येका हुन् अथवा होईनन् भन्ने प्रहरीले एकीन गर्न सकेको छैन ।
बिहीबार बिहानैदेखि सुरक्षा निकाय तथा स्थानीय उद्धारमा जुटिरहेका छन् । भूजी खोला आसपासका बस्ती अधिकांश बगरमा परिणत भएको स्थानीय रुपाल घर्ती मगरले जानकारी दिए। “कल्पना भन्दा बाहिरको बाढी आयो, रातको समयमा पहिरोले खोला थुनिएपछि तलाउँ बनेर फुटेको हुन सक्ने हाम्रो अनुमान छ” उनले भने “मेरो घर भन्दा माथीका अधिकांश बस्तीनै उजाडिएको छ ।” पहिरोका कारण ढोरपाटन –९ सुप्राङका सुस्मिाता बिक र मशेह बि।क।ले आफ्नो ८ जनाको परिवार गुमाउनुपरेको छ । उनीहरु अझै वेपत्ता रहेका छन् । यस्तै शेरु बि।क, हुमे बि।क, कृष्ण बि।कको परिवारका सदस्यहरु खोसिएका छन् । प्रहरीको तथ्याङ्क एकीन नहुँदा झनै समस्या भएको हो । भेटिएका शव आफ्नै परिवारको भन्ने अवस्था नरहेको कृष्ण परियारले बताए । “कोहीको टाउँको छैन, कोहीको हात खुट्टा छैन” उनले भने “बाढीले बस्ती संगै सबैलाई रित्तो बनायो, आफ्नै परिवार पहिचान गर्न नसक्नेगरी शव फेला परेको छ ।”