काठमाडौं : निर्वाचन आयोगले आज मध्यरातदेखि स्थानीय तह निर्वाचन आचारसंहिता २०७८ लागू हुने जनाएको छ।
आज आयोगको कार्यालयमा एमालोका महासचिव शंकर पोखरेलले ज्ञापन पत्र बुझाउँदै पार्टीको धारणा पेश गरेका हुन् ।आयोगले २२ चैतमा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलको प्रतिबद्धता लिन कार्यक्रम राखेको थियो । केही दलहरुको वादविवादका कारण तनावपूर्ण अवस्था भएकाले अहिले आफ्नो धारणा प्रस्तुत गरिएको एमालेले जनाएको छ।
स्रोतका अनुसार आयोगले शुक्रबार निजी क्षेत्रलाई प्रतिबद्धता गराएपछि पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू गर्ने तयारी गरेको छ । ‘सरोकारवाला सबैले प्रतिबद्धता जनाएपछि शुक्रबार मध्यरातिबाट आचारसंहिता लागू गर्न लागेका छौं,’ स्रोतले भन्यो ।
निर्वाचन आयोगले आज शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने जनाएको छ । आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबारबाट निर्वाचन आचार संहिता २०७८ लागू हुने जानकारी गराएको हो । यसअघि चैत तीन गते आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो ।
राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिन्ह अंकित ज्याकेट, टोपी, गम्छा, टिसर्ट, कमिज, माक्स लकेट उत्पादन र प्रयोग गर्न नपाइने आचारसंहितामा उल्लेख छ।
उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोल्नुपर्नेछ। उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा उम्मेदवारको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने आचारसंहितामा उल्लेख छ।