काठमाडौं: भरतपुर महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट २५ जना आकांक्षी देखिएका छन्।
सत्तारूढ पाँच दलीय गठबन्धनले देशभरका स्थानीय तहमा तालमेल गर्ने निर्णय गरे पनि यहाँ मेयर र उपमेयर पदमा आकांक्षा राख्नेको संख्या धेरै देखिएको छ।
पार्टीका तर्फबाट मेयरमा दाबी गर्नेहरुमा २५ जना र उपमेयरका दाबेदारमा २४ जनाले महानगर नगर समितिमा नाम दर्ता गराएका छन् । मेयरको उम्मेदवारमा केन्द्रीय सदस्य, पूर्वसांसद, बहालवाला जनप्रतिनिधि, पार्टीको जिल्ला तथा नगरको चुनावमा पराजित उम्मेदवार देखि विजयी नेताहरु आकांक्षी देखिएका छन् ।
मेयरमा दाबी गर्नेमा कांग्रेस केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ, दिनेश कोइराला, बागमती प्रदेशका उद्योग मन्त्री मिलनबाबु श्रेष्ठ, निवर्तमान जिल्ला सचिव उत्तम जोशी, पूर्वसांसद जगन्नाथ पौडेल, महानगर सभापति चित्रसेन अधिकारी, महानगर पूर्वसभापति भरत अधिकारी, पूर्वजिल्ला कोषाध्यक्ष शंकर कँडेल, वर्तमान उपमेयर पार्वती शाह ठकुरी पनि रहेका छन्।
त्यस्तै, केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, दिनेश कोइराला, प्रदेश मन्त्री मिलनबाबु श्रेष्ठ, उपमेयर पार्वती शाह ठकुरी, पूर्वजिल्ला सचिव उत्तम जोशी, निवर्तमान कोषाध्यक्ष शंकर कँडेल, प्रदेश कोषाध्यक्ष दीर्घमान श्रेष्ठ, महानगर सभापति चित्रसेन अधिकारी, निर्वतमान महानगर सभापति भरत अधिकारी, आकांक्षी छन् ।
उपमेयर पदका लागि राजीव न्यौपाने, सुरवीर पोखरेल, टंकनाथ पौडेल, तारा गुरूङ, बुद्धिकान्त न्यौपाने, लक्ष्मी लामिछाने, नीरू कार्की, कल्पना पौडेल, देबेन्द्र गुरूङ, पूर्णबहादुर गुरूङ, वीरेन्द्र केसी, भूपतिदास सापकोटा, केदारनाथ बराल, रवि भद्र शर्मा खनाल, निर्मलराज पौडेल, महेन्द्र श्रेष्ठ, एलिसा अधिकारी, सूर्यनाथ अधिकारी, गीता गुरूङ, बिनु रायमाझी पौडेल, विजय घले, गौरा खरेल अधिकारी, भोजराज कौडाल र विदुर केसीले दाबी पेस गरेको महानगर सभापति अधिकारीले बताए।