खलंगा : जुम्लाको तातोपानी गाउँपालिका – २ बाबिरामा भएको भ्यान दुर्घटनाका घाइतेको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुँदैछ । भ्यान दुर्घटनामा परेर १२ जना घाइते भएका थिए । उनीहरुको उपचार प्रतिष्ठानमा भइरहेको जुम्लाका डीएसपी नरेन्द्र चन्दले बताए ।
उनका अनुसार, सदरमुका खलंगादेखि कालिकोटको नाग्म जाँदै गरेको भे १ ज १२२० नम्बरको भ्यान दुर्घटना भएको हो । घाइते हुनेमा हिमा गाउँपालिका– ४ का १७ वर्षीय जमुना शाही, हिमा– ७ का ४१ वर्षका विर्ख शाही, तिलागुफा नगरपालिका– २ बस्ने ४८ वर्षका रणबहादुर बोहोरा, सोही ठाउँका ४३ वर्षकी बेलुकृष्णा बोहोरा रहेका छन् ।
यस्तै हिमा – १ का १५ वर्षका विवेक शाही, सिञ्जा गाउँपालिका–३ का ३१ वर्षका करबहादुर नेपाली, सिञ्जा – का वर्षका जीवन प्रसाद तिवारी, सिञ्जा– ३ मा बस्ने ४२ वर्षका मेघबहादुर सार्की, हिमा गाउँपालिका– ४ का २५ वर्षिया सिता रोकाया, उनकी ५ महिनाकी छोरी प्रिमिका रोकाया, तिला गाउँपालिका–८ का ३० वर्षका धनमल बस्नेत र तिला– १का ५८ वर्षका चाउरे बुढा रहेका छन् । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
प्रतिष्ठानमा एक चालक सहित १२ जनाको उपचार भइरहेको हो । प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराइले घाइते १२ जना मध्य ४ जनाको अवस्था गम्भीर रहेको बताए । अरु सबै सामान्य रहेको उनले जानकारी दिए ।
केही यात्रुलाई गम्भीर चोट लागेको देखिएको छ । उनीहरुको एक्सरे गर्ने काम भइरहेको छ । तीब्र गतिमा आएको जीप सिधैं सडकबाट खोलामा गएको स्थानीय लोकबहादुर दमाइले जानकारी दिए । उनले भने – ‘भ्यान सिधैँ खोलामा गएर मात्र बच्यो ।’