वीरेन्द्रनगर : संघीयता कार्यान्वयनसँगै कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकार तीव्र रुपमा अघि बढिरहेको मुख्यमन्त्री जीवनबहादुर शाहीले बताएका छन् । बिहीबार नयाँ वर्ष नयाँ बर्ष २०७९ सालको शुभकामना दिँदै मुख्यमन्त्री शाहीले कर्णालीको समृद्धिका लागि सरकार तीव्र रुपमा अगाढी बढिरहेको बताएका हुन् ।
मुख्यमन्त्री शाहीको शुभकामनामा भनिएको छ – ‘नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीघार्यु एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । संघीयता कार्यान्वयनसँगै कर्णालीको विकास र समृद्धिका लागि प्रदेश सरकार तीब्रताका साथ अगाडि बढेको छ ।’
साथै गत वर्ष विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ ले विकास खर्च लक्ष्य अनुसार हुन सकेन् उनका् भनाइ छ – ‘ठूलो भूगोल र कम जनसंख्या भएको कर्णाली प्रदेशको विकास र समृद्धिका लागि प्रदेश सरकारले स्थानीय तह र संघीय सरकारसँग आवश्यक समन्वय गरेर अघि बढिरहेको छ सडक पुर्वाधारविना कर्णालीमा विकास र समृद्धि संभव छैन । प्रदेश राजधानी वीरेन्द्रनगरमा पूर्वाधार निर्माणसँगै कर्णालीको समृद्धि र विकाससँग जोडिएको कर्णाली करिडोरको स्तरोन्नति र निर्माणमा प्रदेश सरकारले आवश्यक पहल गरिरहेको छ ।’
प्रदेश सरकार स्थापना भएयता कर्णालीका सडक पूर्वाधारमा महत्वपूर्ण कामहरु भएको मुख्यमन्त्री शाहीको दाबी छ । कर्णालीको समृद्धि र विकासका लागि प्रदेश सरकारले “६ब को अवधारणा अघि सारेको शाहीले बताए – ‘बाटो, विद्युत, विचार, बन, बजार र व्यवस्थापन कर्णालीका समृद्धिका आधारहरु हुन । चुल्होको सरकार स्थानीय तहू, देखिने सरकार “प्रदेश सरकार र सुनिने सरकार ूसंघीय सरकार बीचको सहकार्य र सहअस्तित्वलाई कर्णाली प्रदेश सरकारले महत्व दिएको छ ।’