काठमाडौँ : उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स बाँसबारीले आफ्नो संस्थाबाट स्नानु विषयमा उच्च शिक्षा अध्ययन तथा तालिम पूरा गरेका चिकित्सकलाई सम्मान गरेको छ ।
यसरी सम्मानित हुने स्नायु चिकित्सकमा सुरज थुलुङ, पकज नेपाल, निलम खड्का, राजेशमान जोशी, अजित श्रेष्ठ, गुणराज पौडेल, विदुर केसी, निकुञ्ज योगी, प्रत्युस श्रेष्ठ, सुमन रिजाल, विवेक वैद्य, श्यामबाबु पटेल, शिखर श्रेष्ठ, सागर कोइराला, सुरेश विश्वकर्मा, विभूषण श्रेष्ठ छन् । उनीहरुले सो संस्थामा विभिन्न समयमा एमसीएच अध्ययन तथा एफसिपीएच तालिम लिएका थिए ।
वरिष्ठ स्नायु चिकित्सक प्रा डा दिनेशनाथ गङगोंल र उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सका कार्यकारी अध्यक्ष प्रा डा मधु दीक्षित देवकोटाले संयुक्तरूपमा ती चिकित्सकहरूलाई दोसल्ला ओढाइ सम्मान गरे ।
सन् १९६१ डिसेम्बरमा नेपालमा पहिलोपटक प्रा डा गङ्गोलले वीर अस्पतालमा दुर्घटनामा गम्भीर चोट लागेकी एक बालिकाको स्नायु शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेका थिए । ९० वर्षीय उनलाई स्नायु शल्यचिकित्सा तथा जनरल सर्जनका पिता मानिन्छ । रासस