काठमाडौँ : आज अप्रिल १५, विश्व सामुन्द्रिक यात्रा इतिहासमा निकै दुःखद दुर्घटना भएको दिन । आजभन्दा ११० वर्ष अगाडि १९१३ अप्रिल १५ अर्थात वि.स. १९६९ बैशाख ४ गते उत्तरी आन्ध्र महासागरमा डुबेको थियो । त्यस बेला नेपालमा श्री ३ चन्द्रशम्शेर प्रधानमन्त्री थिए । साथै केवल १०९ दिन अगाडि बेलायती महाराजा जर्ज पाँचौले नेपाल भ्रमण गरेर फर्केका थिए ।
करिव १५१४ को मृत्यु भएको यस दुर्घटनामा अधिकांश बेलायती तथा अमेरिकीहरु थिए । साथै मृत्यु हुनेहरुमा बढि पुरुषहरु नै थिए । सिमित लाइफ बोटका कारण सबैभन्दा पहिले महिला तथा बच्चाहरुलाई उद्दार गरिदा पुरुषहरु तथा जहाजका कर्मचारीहरुको मृत्यु बढि हुन पुगेको थियो ।
जहाजमा यात्रा गरिरहेका १०९ बालबालिकामा ५३ को मृत्यु भएको थियो । मृत्यु हुने बालबालिकामा तेश्रो दर्जामा यात्रा गर्ने ५२ बालबालिकाहरु थिए । त्यस्तै ४०२ महिला यात्रु तथा २३ महिला कर्मचारीहरुमा १०६ महिला यात्रु तथा ३ महिला कर्मचारीहरुको मृत्यु भएको थियो ।
तर ८०५ पुरुष यात्रु तथा ८८५ पुरुष कर्मचारीहरुमा ६५९ पुरुष यात्रु तथा ६९३ पुरुष कर्मचारीहरुको मृत्यु भएको थियो । यसमा पनि तेश्रो दर्जामा यात्रा गरिरहेका ७०६ यात्रुहरुमा ५२८ को मृत्यु भएको थियो ।
६९६ जना टाइटनिकका कर्मचारीहरुको मृत्यु भएको थियो । कर्मचारीहरुको प्रथम दायित्व यात्रुहरुको जीवन रक्षा गर्ने भएको हुँदा धेरै कर्मचारीहरुको मृत्यु हुनु अस्वभाविक थिएन ।
तर तेश्रो दर्जामा यात्रा गर्ने साधारण तथा गरिव यात्रुहरुको मृत्यु नै अत्यधिक भएको हुँदा प्राथमिकता नदिएको स्पष्ट देखिन्छ । टाइटनिक यात्राको भाडा पहिलो दर्जाको ३० पाउण्ड, दोश्रो दर्जाको १३ पाउण्ड तथा तेश्रो दर्जाको केवल ७ पाउण्ड थियो । तेश्रो दर्जामा यात्रा गर्नेहरुमा अधिकांश अमेरिकामा रोजीरोटीको खोजीमा जान चाहनेहरु थिए । ती गरिव थिए । र, दुइ पैसा कमाउने ध्येयले नै हिडेका थिए । ७ पाउण्डको टिकटमा टाइटनिक छुट्ने कुनै पनि तीन बन्दरगाहसम्म पुग्नेको लागि रेलमा निःशुल्क व्यवस्था गरिएको थियो ।
यसर्थ पनि कामको खोजीमा रहेका गरिवहरु बढि यात्रा गरिरहेका थिए । यस टाइटनिकका लागि टिकट काटेर पनि यात्रा गर्न छुटाएका ८ भाग्यमानी यात्रुहरु थिए भने ९ एशियाली यात्रुहरुले यात्रा गरेका थिए । जसमा केवल दुइ जनाको मात्र मृत्यु भयो । ६ चीनिया तथा १ जापानी यात्रुहरु बाँचेका थिए । सबैभन्दा बृद्ध ७४ वर्षका पुरुष यात्रु थिए भने ६४ वर्षका महिला यात्रु थिए ।
टाइटनिकका यात्रुहरुमा सबैभन्दा कम उमेरकी मिल्भिना डिन केवल ९ हप्ताका थिइन् । अर्थात दुई महिनाकी । जो दु्र्घटनाबाट बाँचिन् । दुर्घटनाको तेश्रो दिन न्यूयोर्क पुगेकी उनको बुबाको भने मृत्यु भएको थियो । उनको आमा भने दुइ बच्चाको स्याहारका कारण गएकी थिइनन् । मिल्भिना सबैभन्दा पछिसम्म बाँचिन् । उनको ९७ वर्षको उमेरमा सन २००९ मा मृत्यु भएको थियो ।