वीरेन्द्रनगर : कर्णालीको राजधानी सुर्खेत यतिबेला उद्योग वाणिज्य संघको चुनावले चर्चामा छ । सुर्खेतका व्यापारीहरुको भिडन्तले सुर्खेतका चोक चोकमा चर्चा बटुलेको छ । कोभिड महामारी र संघकै पदाधिकारीभित्रको विवादले अदालतसम्म पुगेको सुर्खेत उद्योग वाणिज्य संघको चुनाव सर्दै सर्दै बैशाख ४ गते पुगेको छ । पछिल्लो तीन वर्ष जति विवादमै अल्झिएको संघले ४८ घण्टाभित्र नयाँ नेतृत्व पाउँदैछ । अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का र महासचिव लक्ष्मण कँडेल चुनावी मैदानमा छन् । प्यानलसहित चुनावमा उठेका उनीहरु आ-आफ्नो एजेन्डासहित भोट मागिरहेका छन् । दुवै टिममा क्षमता, सम्भावना र योजना भएका व्यापारी छन् । दुवै प्यानलका अध्यक्षका उम्मेद्वार कांग्रेसमा आस्था राख्ने भएपनि पदाधिकारी र सदस्यमा अरु पार्टी निकट व्यापारी पनि छन् । त्यसमाथि केही दिनअघि राजनीतिक दलका नेताहरुले व्यापारीकेन्द्रित छलफल र विज्ञप्ति नै सार्वजनिक गरेपछि सुर्खेत उद्योग वाणिज्य संघको चुनावी मैदान झन् पेचिलो बनेको छ । यस्तोमा कसले बाजी मार्छ यसै भन्न सकिन्न । सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेद्वार लक्ष्मण कडेँलसँग उनको व्यापारिक योजना र एजेन्डासहित कर्णालीखबरका लागि जितेन्द्र थापाले गरेको कुराकानीको सम्पादित अंशः
जिल्लामा एउटै संस्थाको नेतृत्वका लागि दुई वटा प्यानल, त्यो पनि एउटै पार्टीमा आस्था राख्ने व्यक्तित्व ? यो त व्यवसायिक चुनौति भन्दा चिन्ता भएन र ?
व्यवसायीले जान्नै र बुझ्नै पर्ने कुरा के छ भने यो एउटै पार्टी भन्दा पनि व्यवसायी चुनाव हो । व्यवसायीहरुले आफ्नो नेतृत्व चुन्ने चुनाव हो । उद्योग बाणिज्य संघलाई हामीले निरन्तर के भन्यौँ भने उद्योग बाणिज्य संघ सबैको साझा प्लेटफर्म बनाउनुपर्छ । साझा प्लेटफर्म बनाउन कुनै पनि पार्टी यो पार्टी त्यो पार्टी भन्नु हुँदैन । व्यवसायी योग्यता हुन जरुरी छ । व्यवसायीको जबसम्म एकता हुन सक्दैन । व्यवसायिक योग्यताले मात्र व्यवसायी समस्या समाधान गर्न सक्छ । व्यवसायीको मुद्धामा एजेन्डामा रहेर व्यवसायीका मुद्धाहरु हामीले उठाउन सक्छौँ भन्ने भएका कारण यो सयुक्त व्यवसायी प्यानललाई हामीले खडा गरेर यसको नेतृत्व म आफुले लिएर र म लक्षमण कडँेलको टीमलाई भारी बहुमतमा बिजयी गराएमा व्यवसायी हकहितका सवालमा, व्यवसाय कसरी नाफामुलक बनाउन सकिन्छ । व्यवसायमाा भएका समस्याहरु समाधानमा पैरवी पहल र तीनै तहका सरकारसँग समन्वय गर्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई दशवटै जिल्लाको हब बनाउन र आर्थिक चलायमान गर्न सुर्खेत उद्योग बाणिज्य संघको ठुलो भुमिका रहन्छ । यहि भुमिका पुरा गर्न मेरो संयुक्त व्यवसायीको प्यानल यो उद्देश्यका साथ खडा भएको छ हामीलाई जिताउनुहुन्छ भन्ने पुर्ण अपेक्षा छ ।
अहिलेको वर्तमान उपाध्यक्षले उजुरी गर्दा चुनावमा झन् झन्झटिलो र चुनौती थपिएन र ?
जहाँ चुनौती, त्यहाँ अवसर हुन्छ । चुनौती नभएर अवसर आउँदैन । यो मलाइ काम गर्ने अवसर हो । मैले व्यवसायिको माझमा गएर व्यवसायिका हकहितका विषयमा निरन्तर रुपमा जब महासचिवको उम्मेदवारी लडे । तीन वर्षसम्म नितान्त रुपमा व्यवसायीकै काममा व्यस्त भए । म एउटा व्यवसायी हुँ । तर, मैले आफ्नो व्यवसायीभन्दा व्यवसायीको छाता संगठन उद्योग बाणिज्य संघबाट व्यवसायीको हकहितका निमित्त समय दिनुपर्छ भनेर मैले तीन वर्षको समय व्यवसायीको माझमा खर्चे । त्यही नै मेरो आजको पहिचान हो । र यहि पहिचानलाई व्यवसायीले लक्ष्मण कडेंलको नेतृत्व उद्योग बाणिज्य संघलाई चाहिन्छ भनेर आज मलाई व्यवसायीहरुले म घरमा बस्छु भन्दा पनि बस्न दिनुभएन । तपाई नेतुत्वमा आउनुपर्छ । तपाइले मात्र हाम्रो व्यवसायी समस्याको समाधान गर्न सक्नुहुन्छ । हाम्रा समस्या सरकार माझमा राख्न सक्ने सफल नेतृत्व तपाइ हो भनेर बारम्बार व्यवसायीहरुले घच्घच्याइरहेका छन् । तपाइले यहाँनेर जोड्दै गर्दा हाम्रो बरिष्ठ उपाध्यक्ष ज्यु मेरो प्रतिस्पर्धी हुनुहुन्छ । उहाँ मेरो घनिष्ट मित्र हुनुहुन्छ । तथापि चुनावी मैदानमा आउदै गर्दा मेरो व्यवहार चुनावका कारण धमिलिने हैैन । व्यवसायीको काम गर्न जादैछु । व्यवसायीको काम गर्ने क्रममा म उहाँको पनि काम गर्छु । नेतृत्वमा म आइसकेपछि म उहाँले नेतृत्वमा चुन्नुभएमा उहाँ पनि सुर्खेत उद्योग बाजिज्य संघको सदस्य हो । उहाँ अहिलेको वरिष्ठ उपाध्यक्ष हो । उहाँको पनि मैले काम गर्नुपर्छ र त्यसका निमित्त उहाँले व्यवसायीहरुमा भ्रमित हुने खालका समाचार सम्प्रेषित गरिरहनुभएको छ । कसरी भन्नु भएको छ भने हिजो उहाँ विद्यान समितिको संयोजक उहाँ आफै हुनुहुन्थ्यो आफैले सदस्यताको विषयमा जुन कुरा उठिराखेको छ । त्यो विद्यानलाई संशोधन गरेको भए त्यो संशोधनका साथ साधारण सभामा उहाँले उठाएको भए त्यो संशोधन हुन्थ्यो र यो समस्या निस्किने थिएन । हामीले त्यो कुरा पनि भन्यौ । विद्यान संशोधन समितिको संयोजक भइरहदा म त्यहाँको सदस्य थिए । महासचिवको हैसियतले त्यसको सदस्य भइरहदा मैले उहाँलाई भने बरिष्ठ उपाध्यक्षज्यु यो बुँदाले गर्दा हाम्रा व्यवसायी धेरै बाहिर हुन्छन् । यो बुँदालाइ संसोधन गरेर लैजान सक्यौँ भने हाम्रा व्यवसायी साथीहरुलाई हामीले भित्र्याउन सक्छौँ । यसका लािग संशोधन गरौँ भन्दा उहाँले हैन महासचिवज्यु विद्यान जतिबेला जुन उद्धेश्यका साथ ल्याएका थियौँ त्यो उद्धेश्य अहिले यो विद्यानले पुरा गर्दैछ । व्यवसायीलाई स्वतःस्र्फुत रुपमा उद्योग वाणिज्य संघमा आउनका निमित्त यो बुँदा राख्नुपर्ने जरुरी छ । यो बुँदालाई हटाउन हुँदैन भनेर उहाँ आफैले बोलेको कुरा हो ।
त्यो बुँदा के थियो प्रष्ट पार्दिनुस् न ?
लगातार सुर्खेत उद्योग वाणिज्य संघको दुइ वर्षसम्म सदस्यता नवीकरण नगरेको खण्डमा त्यो विद्यानमा भएको व्यवस्थाले सदस्यतालाई निस्क्रिय राख्छ । र, चुनावको मैदानमा उम्मेद्धारी र मतदानको प्रक्रियाबाट बञ्चित गराउँछ । अहिले समस्या त्यहीँनेर भएको हो । तर, उहाँहरुलाइ सदस्यता लिनेलाई बञ्चित गर्दैन । सदस्यता नयाँ प्रक्रियामार्फत पाउनुहुन्छ । तथापी उहाँ मात्रै चुनावी प्रक्रियामा र मतदान प्रक्रियामा आउन नसक्ने हो । हामीले यो हुँदै हुदैन भनेर कुरा उठाएका थियौँ । तर तत्कालिन अवस्थाको विद्यान संसोधन समितिको सयोजक उहाँ आफै हुनुहुन्थ्यो । उहाँले नै यो प्रस्तावलाई तत्कालिन अवस्थामा मंसिरमा भएको थियो । त्यो साधारण सभामा उहाँले प्रस्तुत गर्न मान्नुभएन । नमानेपछि हामी पनि बाध्य भएर ब्याक हुनुप¥यो र त्यही कारणले व्यवसायी बाहिर भएका हुन् । त्यही कुरालाई उठाएर आफु काम पनि नगर्ने व्यवसायीलाई उचालेर उहाँ अदालतसम्म पुग्नुभयो । अदालतले पनि सम्पुर्ण प्रमाण हे¥यो । हामीले दिएका सुचना प्रकाशन देखि लिएर जुन सदस्यता उहाँहरु माग दाबीका साथ उहाँहरु अदालतमा पुग्नुभएको थियो । उहाँको मागदाबी अदालतले यो मागदाबी ठिक नभएको यो निवेदक कर्ताले जुन निवेदन गर्नुभएको थियो । त्यो उद्योग वाणिज्य संघमा नगरेको देखिए पछाडी उद्योग वाणिज्य संघलाई यो तत्कालीन अवस्थाको अन्तिममा खारेज गरेर चुनावी प्रक्रियामा सबै बाटो खोलिदिएको र चुनावी प्रक्रियामा अघि बढेका हुन् ।
उहाँ त्यतिबेला चुनाव विरोधी देखिनुभयो भन्न खोज्नु भएको हो ?
उहाँ वास्तवमा उहाँले अहिले चुनाव नगर्न नै चाहनुभएको हो । उद्योग वाणिज्य संघको चुनावलाई उहाँले चार पाँच महिना सार्न नै चाहनुभएको हो । तर, हामीले हैन, अब हामीले मंसिरको २९ गते ०७५ मा चुनाव भएको थियो । यो २९ गते पछाडी हाम्रो कार्र्यअवधी सकिएको थियो । तथापी हाम्रो विद्यानमा छ महिनासम्म जान सक्ने थियो र हामी त्यही कारणले यहाँसम्म आइपुगेका छौँ । अहिलेको यो चुनाव हुन नसक्ने परिस्थिती भयो भने विधानले हामीलाई पनि चिन्दैन । नचिनेपछि हामी पनि सस्ंथाभन्दा बाहिर र संस्थामा जिम्मेवारी लिने कार्यसमिति नै एउटा विद्यान संवतमा गइसकेपछि पछाडी समस्या हुने भएका कारण हामी यो चुनावमा जाने भयौँ । सर्वसम्मतिको पनि प्रयास गर्यौ । त्यसो पनि हुन सकेन । विभिन्न बखेडा झिकेर अदालतमा पुगिसकेपछि चुनाव नै ठिक हो भन्ने भएपछि हामी चुनावी प्रक्रियामा जान बाध्य भयौँ ।
यसमा दलीय प्रभाव र हस्तक्षेप पनि रह्यो भनेर तपाइले भन्नु पनि भएको छ, त्यो देखियो पनि, यो सतहमा आउँदा अध्यक्षमा प्यानलसहित चुनाव लडिरहेको तपाईलाई झन् चुनौती थपिएन र ?
जुन अहिले चुनाव भइरहेको छ । मैले विज्ञप्ती पनि हेरेँ । फलानो पार्टी भनेर भन्न चाहन्न तर, पार्टीहरु यसरी व्यवसायी चुनावमा यसरी हस्तक्षेत्र नगरिदिएको भए राम्रो हुन्थ्यो । म कुनै पार्टीमा आस्था राख्न सक्छु । कुनै पार्टीमा आस्थावान छु । जुन पार्टीले विज्ञप्ती निकालेको छ । त्यही पार्टीमै आस्था छ । तर, जुन उहाँले एउटा आस्थावान भएको पार्टीलाई यसरी हाम्रो फलानो मान्छे हाम्रो आधिकारिक हो । फलानो आधिकारिक हैन भनेर जुन विज्ञप्ती निकाल्नुभएको छ । यो उहाँहरुले एउटा पार्टी भनेको यस्तो हुनुपर्छ । जुन अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । एउटा घरमा परिवार भइसकेपछि दुई वटा छोराहरु सशक्त रुपमा अघि बढ्ने भइसकेपछि हो, त्यहाँ घरमा केहि डिबेट उत्पन्न हुन सक्छ । तर, अभिभावकीय भुमिका सम्बन्धित ठाउँ र मान्छेले खेलेको भए राम्रो हुन्थ्यो । यो बलेको आगोमा घिउ छर्किने काम चाहीँ पार्टीहरुको हस्तक्षेपले गरेको छन् । यो चाहीँ हुन ुहँदैन । यो चाहीँ व्यवसायी सुधारमा पार्टी हावी हुनुहुँदैन ।
प्रत्यक्ष रुपमा उद्योग वाणिज्य संघको चुनावमा यसरी पार्टीको हस्तक्षेप हुँदा असर के हुन सक्ला ?
यसको असर ठ्याक्कै यस्तो हुन्छ भनेर म तपाईलाई भन्दिन । हाम्रो संयुक्त प्यानल चुनावी दौरानमा होमिएको छ । अब एउटा पार्टीले हामीलाई हेर्ने र एउटा सानो उदाहरण दिन चाहन्छु, बिरालोलाई ढोका थुनेर कुट्न खोजियो भने त्यसको दुर्घटना के निस्किन्छ त्यो त घटना घटेपछि मात्र थाहा हुन्छ । यहाँनेर मैले के भन्न खोजेको भने हामी पनि पार्टीमा आस्थावान छौँ । यो मेरो हो । यो मेरो हैन भन्दै गर्दा कता कता हामी आस्थावान पार्टीभित्र ‘मुटुमाथि ढुंगा राखी हास्नु पर्या छ’ भनेजस्तो भएको छ । अभिभावकीय भुमिका खेलेको पार्टीले त्यो नगरिदिएको भए हुन्थ्यो हामीलाई भन्ने हाम्रो धारणा हो ।
यसरी राजनीतिक दलको हस्तक्षेप देख्नुका पछाडी बाहिरबाट तपाई प्रतिनिधित्व गर्ने र यहाँ आएर सक्षमता, स्वच्छता र बजारको भाउ बुझेर यो नेतृत्व केन्द्रसम्म पु¥याउने भुमिकामा तपाई देखिनु भएको छ, यसलाई रोक्न लागिएको प्रयासका रुपमा तपाईले बुझ्नु भएको छ ?
म गण्डकी प्रदेशको गुल्मी मेरो जन्मथलो हो । म गण्डकी प्रदेशको गुल्मी जन्मथलो भएता पनि मेरो कर्मथलो कर्णाली प्रदेशको राजधानी सुर्खेत हो । म कर्णाली प्रदेशमा २५ वर्षको जवानीमा आएको हुँ । २५ वर्षदेखि अहिलेसम्म कर्णालीलाई निरन्तर कर्मथलो बनाएको छु । गुल्मीमा जन्मे पनि मेरो जवानी कर्णालीमा खर्च गरेको छु । कर्णालीकै समृद्धका निमित्त, कर्णालीकै युवा साथीहरुलाई स्वरोजगारी बनाउनका निमित्त र मैले खेल्ने भुमिका चाहे खेलकुदका क्षेत्रमा होस् वा हरेक क्षेत्रमा भन्नुस् म कर्णालीलाइ पहिलो प्राथमिकतामा राखेर हिडेँ । तथापी मैलेचाहीँ व्यवसायीका नाताले कर्णालीका दशवटै जिल्लामा म घुमेको छु बसेको छु । त्यहाँको वस्तुगत स्थिती मलाई थाहा छ । अब सम्पुर्ण मेरो योग, दान हरेक चिज मेरो कर्णालीमै छ । सम्रगमा सुर्खेत जिल्लालाइ फोकस गरेर काम गर्छु । सुर्खेत उद्योग बाणिज्य संघको अध्यक्ष भइसकेपछि पहिलो मेरो काम सुर्खेत जिल्लाको समृद्धि, सुर्खेतका युवा साथीहरुलाई स्वरोजगारी बनाउने र रोजगारीमा लैजानु मेरो दायित्व र कर्तव्य रहन्छ । यहाँ व्यवसायी हकहितका निमित्त काम गर्नु अर्को काम हुन्छ । त्यसपछि कर्णालीका दश वटै जिल्लाहरुलाई हामीले गर्ने कामबाट समग्र आर्थिक चलायमान रुपमा अघि बढाउन पनि सुर्खेत उद्योग बाणिज्य संघले भुमिका खेल्ने छ । म अब कर्णाली भन्दा अरु सोच्नै सक्दिन । म जे काम गर्छु कर्णालीका लागि गर्छु । जे काम गर्छु सुर्खेत जिल्लाको लागि गर्छु । म सुर्खेती भएर बाच्न र सुर्खेतीनै भएर मर्न चाहन्छु ।
कर्णालीमा लगानी भित्र्याउन तपाइको दायित्व र भुमिका के रहन्छ ?
मैले कर्णालीमा लगानी भित्र्याउने भनेको ठुला आयोजनाहरु जो गौरवशाली आयोजनाहरु छन् । जस्ता कर्णालीमा हामीले चौकुने सिमेन्ट उद्योगको कुरा आइरहेको छ । त्यहाँ निरन्तर रुपमा कुरा भइरहेको छ । मेरो कार्यकालमा चौकुने सिमेन्ट उद्योगलाई स्थापना गराएर त्यस्लाई उत्पादनका रुपमा लैजान्छौँ । यस्तै ठुला ठुला थुप्रै योजना हामीले गर्नुपर्नेछ । जुन योजना जुन पुर्वाधारले गर्दा धेरै मानिसहरुले त्यहाँ रोजगारी पाउन सकुन । यो रोजगारी र कर्णालीमा एउटा उत्पादनको क्षेत्रमा यो कर्णालीको उत्पादन हो भन्ने क्षेत्रमा यो एउटा ठुलो योगदान दिन सक्छ । यो हाइड्रोको क्षेत्र होस् कृषिको क्षेत्र होस अझ भनौ कर्णालीमा कृषिमा जुम्लाको स्याउ छ । यहाँ मासुजन्य चीजको ठुलो स्कोप छ । अर्को क्षेत्र यहाँको पर्यटन क्षेत्र हो । सम्भावना नै सम्भावनाले भरिपुर्ण ठाउँ हो । सडकको हामीले कुरा उठााइरहेका छौँ । सुर्खेतदेखि रारा जाने बाटो कम्तिमा दुई लेनको बाटो पिच हुनुपर्ने जब कि त्यो एउटा सानो मारुती कार लिएर पर्यटन क्षेत्रका साथीहरु त्यहाँ पुग्न सकुन् । त्यो भयो भने प्रशस्त मात्रामा दिनमा एकहजार मान्छेलाई रारा पु¥याउन सक्छौँ । दिनमा हजारौँ मान्छे रारा जाने भए सुर्खेतमा भएका होटेलहरु प्याक हुन्छन् । जसले कर्णालीलाई ठुलो सहयोग पुग्ने छ । सबै क्षेत्रको बजार चलायमान हुन्छ । आर्थिक गतिविधि बढ्न सक्छ । त्यसैले यी क्षेत्रलाई फोकस गरेर काम गर्ने योजना बनाएर अघि बढ्ने छौँ ।
अन्तिममा सम्पुर्ण व्यवसायीलाई तपाईको आग्रह के रहन्छ ?
म सम्पुर्ण व्यवसायीलाइ के आग्रह गर्न चाहन्छु भने सम्पुर्ण व्यवसायीहरुले यदि सुर्खेती व्यवसायीहरुको हकहितका निमित्त काम गर्ने हो भने यो संयुक्त व्यवसायी प्यानल जुन मेरो नेतृत्वमा छ । मेरो नेतृत्वको प्यानललाई भारी भारी मतले बिजय गराउनुस् । प्यानललाई बिजय गराउनुभएमा यहाँहरुले सोचेको हरेक क्षेत्रमा काम गर्न सक्छु । म एक्लो मात्र गएमा मलाई काम गर्न असम्भव हुन्छ, त्यसैले मेरो प्यानललाई भारी मतदान गरेर जिताउनुस् यहाँहरुको विषयमा म अहोरात्र खटिने प्रतिबद्धता जाहेर गर्दछु ।