सुर्खेत : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार हुम्लाको सिमकोट पुगे । चुनावी प्रचारका लागि हुम्ला पुगेका ओलीले हेलिकोप्टरमार्फत लिमी उपत्यका अवलोक समेत गरे । ओलीका लागि हुम्ला दोस्रो पटक थियो ।
सभाको सम्बोधन गर्न हुम्ला पुगेका ओलीको दम्भ र अहंकारको राप ताप भने उहीँ थियो । जुन, बालुवाटारबाट बालकोट पुग्ने बेलाको थियो ।
नेपालमा एमाले बाहेक अरु पार्टी नै छैनन भन्न समेत भ्याएँ । उनको यो अभिव्यक्तिले सभामा भाषण सुन्न आएकाहरु खित्त हाँसेका थिए ।
ओलीले, आगामी चुनावीमा एमालेको रणनीति र एमालेका अजेण्डाभन्दा बढी प्रचण्ड, माधवको खोइरो खन्न काम हुम्लामा बढी गरेका छन् ।
गठनबन्धन देशको विकास र समृद्धिका लागि नभएको केही व्यक्तिको स्वार्थका लागि भएको बताए । यस्तो गठबन्धनलाई परास्त गरेर आगामी चुनावमा एमालेले बहुमत ल्याएर सरकार चलाउने उनको दाबी छ ।
दुई पटक संसद् विघटन गरेका ओली नेपाली राजनीतिका मूर्ख शासकका रुपमा चिनिन्छन् । ओलीकै कारण कर्णालीमा बहुमतको एमाले अल्पमतमा थन्किएको छ ।
आगामी निर्वाचासम्म गठबन्धन रहीँ रहे कर्णालीमा पनि एमाले शक्तिमा आउने सम्भावना कम दखिन्छ । त्यहीँ शक्तिलाई बढाउने हेलिकोप्टरमार्फत कर्णाली पुगेका ओलीले आगामी चुनावमा एमालेको रणनीति र आवश्यक तर्जुमाबारे आफ्ना कार्यकर्तालाई कम र प्रचण्ड माधवलाइ गाली बढी गरेका छन् ।
ओलीको ‘नेपालमा एमाले बाहेक अरु पार्टी छैनन’ भन्नेलाई धेरै टीकाटिप्पणी गरेका छन् । दोस्रो पटक धर्मपत्नी राधिका शाक्यसहित हुम्ला पुगेका ओलीसँग एमाले उपाध्यक्ष विष्णु पौडल लगायतको टिम छ । सिमकोमा कार्यक्रम जारी छ । ओलीका लागि जिल्लाको सुरक्षा व्यव्स्था कडा बनाइएको छ ।
कार्यक्रममा ओलीले भने – ‘आजकल भोट के मा भनेर भन्दा जनता सुर्यमा भन्छन् । अब देश एमालेले चलाउँछ ।’