पाँच वर्ष पहिले दैलेख सदरमुकाम नजिक रहेर पनि सडक संजालले नछोएको महाबुमा अहिले टोलटोलमा सडक पुगेको छ । घरघरमा खानेपानी पुगेको दाबी स्थानीय तहका जनप्रतिनिधिको छ । महाबु धामलाई पर्यटन हबका रुपमा विकास गर्ने नारा अघि सारिएको छ । महाबु गाउँपालिकामा विकासका दृष्टिकोणले पहिले र अहिले आकाश पातालको फरक रहेको गाउँपालिका अध्यक्ष दाबी गर्छन । जनताबाट निर्वाचित भएर आइसकेपछि सबैसँग हातेमालो गर्दै पालिकाको मुहार परिर्वतनका लागि अहोरात्र खटिएका महाबु गाउँपालिका अध्यक्ष जङ्ग बहादुर शाहीको पाँच वर्षको कार्यअनुभव उनकै शब्दमाः
चुनाव जितेपछि अध्यक्षको कार्यभार सम्हाल्दाको चुनौति
भर्खरै नयाँ संरचनामा प्रवेश गरेका थियौँ । कार्यालय व्यवस्थापन थिएन । कर्मचारी थिएनन् । नियम कानुन थिएन । संविधानले दिएका संघ प्रदेश र स्थानीय तहका साझा अधिकार प्रदेश र केन्द्रको निर्वाचनमा नगएको हुनाले नियम कानुन बाझिएका थिए । त्यसकारण हामीलाई बामे सर्न पनि गाह्रो थियो । त्यो परिस्थितिलाई सामना गरेर हामीले संविधानले दिएका अधिकारमा रहेर नियम कानुन ऐन व्यवस्थापन कार्यालय व्यवस्थापन गरेर, सबै वडा कार्यालयहरु व्यवस्थापन पहिलो चरणमा कार्यालय व्यवस्थापन गरेर ग¥यौँ ।
त्यसपछि जनतासँग प्रतिवद्धता गरेका महाबु गाउँपालिकाको सबै वडाहरुलाई बुझेर र त्यहाँको सबै स्रोत साधनलाई प्रयोग गरेर करिब करिब पाँच वर्षभित्र जनताका सामु हामीले प्रतिबद्धता गरेका सबै विकास निर्माणका कामहरु हामीले सम्पन्न ग¥यौँ । त्यति बेलाको अवस्थामा नारायण नगरपालिका नजिक भएपनि महाबु गाउँपालिकाको धेरै ठाउँमा बाटो पुगेको थिएन । ३० देखि ३५ किलोमिटर मात्र बाटो थियो । अहिले गाउँपालिकाकोे सबै वडाहरुमा बाटो बनाएका छौ । सबै टोलहरुमा बाटो बनाएका छौँ । करिब तीन सय किलोमिटर बाटो निर्माण गरेका छौँ ।
अहिले बाटाहरुको पाँच वर्षे गुरुयोजनाको खाका तयार गरेर ती बाटाहरुको स्तरोन्नतीको कामहरु अगाढी बढाएका छौँ । पहिले सबै वडामा खानेपानीको अवस्था एकदमै नाजुक थियो । अहिले एक घर एक धारा गरि प्रत्येक जनताको घरघरमा खानेपानीको पहुँच पुगाएका छौँ । खोनेपानीको लागि अहिले हामीले गुणस्तर चेक गर्ने मेसिन राखेका छौँ । हाम्रोमा करिब ३५ करोड बराबरको खानेपानी संचालनमा छन् । केहीले पुर्णता पाएका छन् भने केही निर्माणको क्रममा रहेका छन् । यो वर्षभित्र सबै जनताको घरदैलोमा पुग्नेछ ।
३० शैयाको महाबु अस्पताल निर्माण
गाउँपालिकाको नेतृत्वकर्ताको हिसाबले यो पाँच वर्षमा हामीले गरेको अर्को काम र सुधारको प्रयास भनेको स्वास्थ्य क्षेत्र हो । स्वास्थ्यको क्षेत्रमा दश वर्षे नीति पनि बनाइसकेका छौँ । विकट ठाउँ भएकाले हिजो पाँच वटा मात्र स्वास्थ्य चौकी थिए ।
अहिले चार वटा स्वास्थ्य इकाइ थपेर नौ वटा स्वास्थ्य इकाइ व्यवस्थापन गरेर स्वास्थ्य सेवा दिइरहेका छौँ । अर्को हामीले महाबुमा अस्पताल निर्माण गरेका छौँ । महाबु अस्पताल गरिब ३० शैयाको दुई वटा बिल्डिङहरु बनाउने काम थाल्यौँ । एउटा निर्माण सम्पन्न हुने अवस्थामा र अर्को निर्माणधीन अवस्थामा रहेको छ ।
कोभिड महामारीका बेला २५ बेडको अस्पताल निर्माण गरेर स्वास्थ्य सेवा त्यहाँबाट पनि सेवा प्रवाह गरेका थियौँ । र, सबै स्वास्थ्य भवनहरु निर्माण गरिसकेका छौँ ।
ल्याब र सोलार जोडेर ३३ विद्यालयमा सुधार प्रयास
गएको पाँच वर्षमा शिक्षाको क्षेत्रमा ३३ वटा विद्यालयका भौतिक सुधारहरु हामीले गरेका छौँ । विद्यालयमा आवश्यक पाठ्य साम्री्र, आइसिटीको व्यवस्थापन, विज्ञान विषयको प्रयोगशाला ल्याबको व्यवस्थापन र बत्ति नपुगेको ठाउँमा दुईदेखि तीन किलो वाटका सोलारहरु जडान गरेका छौँ ।
आगामी दिनहरुमा शिक्षाको गुणस्तरमा अलि सुधार गर्नका निमित्त आइटी सिस्टमबाट पुरै विद्यालयहरुको गाउँपालिकाबाट प्रत्यक्ष निगरानी गर्ने गरी त्यस्को डीपीआर पलान निर्माण गरेका छौँ । त्यसको पक्रिया पनि अघि बढाइसकेका छौँ ।
बिजुली बत्तीको समस्या
दैलेखभन्नेबित्तिकै विकटता छ नै । राजधानी सुर्खेतको अवस्था त अहिले पनि सुधार हुन सकेको छैन भने दैलेख झन् सजिलै सहज हुने कुरा भएन । त्यसमाथि महाबुको कुरा पनि छ ।
पहिले पहुँच थिएन । अहिले महाबु गाउँपालिकाको सबै वडाहरुमा बत्तिको पोल गाड्ने काम र लाइनिङ गर्ने काम सबै सकिएको छ । र, बाँकी तीन वडामा पोलिङ र लाइनिङको काम भइरहेको छ । केही जडान गर्न बाँकी छ त्यो काम भए पछि सबै जनताको घरमा बत्ती झिलिमिली बल्ने छ ।
८० मन्दिर बनायौँ, महाबुलाई चलचित्र हब बनाउँछौँ
महाबुमा पाँच वर्षको कार्यकालमा धार्मिक पर्यटनको क्षेत्रमा पनि थुप्रै कामहरु भएका छन् । पर्यटनका हिसाबले महाबुमा महत्वपुर्ण स्थान भएकाले देवीदेवताको उद्गम स्थल भएकाले महाबु गाउँपालिका चर्चित छ । महाबु गाउँपालिकाका छ वटै वडामा रहेका धार्मिक स्थलहरुलाई विकास गर्नको लागि करिब ८० वटा मठ मन्दिर निर्माण गरेका छौँ ।
त्यसैले महाबुलाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्ने गरी हामीले त्यहाँको विभिन्न डिजाइन गरेको छौँ । र, अर्कोतिर नेपाल सरकारले सात वटै प्रदेशमा चलचित्र निर्माण गर्ने स्थलका रुपमा कर्णाली प्रदेशको महाबुलाई हामीले चलचित्र हबका रुपमा नेपाल सरकारबाट स्वीकृति प्राप्त भइसकेको छ । त्यसलाई कर्णाली प्रदेशकै एउटा पर्यटनको विकास गर्ने स्थलका रुपमा हामीले अगाडी बढाएका छौँ ।
त्यसको डीपीआर हुँदैछ र त्यसको केही पुर्वाधार पनि तयार गर्दैछ । चलचित्र बोर्डले त्यसको कामहरुलाई अगाडि बढाउने तयारी गरिरहेको छ । यसरी महाबुलाई आर्थिक क्षेत्रमा यहाँका युवाहरुलाई होटेलहरुदेखि लिएर अन्य आयआर्जनको क्षेत्रमा पनि प्रभाव पार्ने भएको हुनाले र भविष्यमा त्यसको नेपालको मात्र नभएर विश्वकै पर्यटक आउने भएको हुनाले होटेल व्यवसाय लगायतका अन्य आयआर्जनको क्षेत्रमा ठुलो टेवा पुग्ने छ । र, हामीले होटेल, होमस्टे निर्माणदेखि अन्य थुप्रै योजना बनाएका छौँ ।
कृषिमा बाख्रा र भैँसी जोन निर्माण
कृषि क्षेत्र र पशुपालनको क्षेत्रमा पनि पालिकाले थुप्रै कामहरु गरेको छ । हाम्रो भुगोल पनि कृषि र पशुपालनमा आधारित भएको हुनाले हिमालदेखि तराइसम्म उत्पादन हुने यहाँ हुने भएकाले यो ठाउँ अनुसार पटक क्षेत्र निर्धारण गरेका छौँ ।
हाम्रा धेरै किसानहरुलाई अनुदान दिने कामहरु गरेका छौँ । एकदमै विपन्न नागरिकहरुलाई हामीले उनीहरुको समुह बनाएर आयआर्जन माथि उठाउने कामहरु गरेका छाँै । दलित समुदायका महिलालाइ मात्र समुह बनाएर हामीले उहाँहरुको आवश्यकता अनुसार बाख्रापालन कुखुरापालन लगायतका अन्य व्यवसाय अगाडी बढाएका छौँ । त्यस्तै पालिकाले विपन्न परिवारलाई बाख्रा सहयोग गर्ने काम पनि गरेका छौँ ।
बाख्रा, भैसी जोनको व्यवस्थापन गरेका छौँ । महाबु गाउँपालिकाबासी जनताको समृद्धका निमित्त हामीले अपिल गरेका भन्दा धेरै कामहरु गरेका छौँ । चार पाँच वर्ष लगातार कर्मागत योजनाहरु हामीले अगाडी बढाएका छौँ । भोली काम गर्ने जनप्रतिनिधिलाई सहज बाटो बनाएका छौँ ।
महाबु जान २० करोडको टेन्डर, ४५ झोलुंगे पुल निर्माण
हामीले प्रत्यक्ष रुपमा भन्दाखेरी के हो भने कुनै पनि कुरा परिर्वतनका लागि बाटो चाहिन्छ । त्यसपछि बत्ति, खानेपानी, शिक्षा, स्वास्थ्य चाहिन्छ । पहिलो बाटो आवश्यक पर्छ । महाबु गाउँपालिका विकट भएको हुनाले तीन सय किलोमिटर बाटो खन्ने कुरा चान चुने कुरा थिएन । अहिले आएर बाटोको स्तरोन्नती गरिरहेका छौँ ।
एक वर्षमा कति बाटो बनाउने भन्ने गुरुयोजना बनाएका छौँ । गैडाबाजबाट सदरमुकाम जाने सडक पिचको लागि केही दिन पछि टेन्डर पक्रियामा छ । महाबु जाने २० करोडको टेन्डर हुँदै छ । र अन्य सडकको पनि टेन्डर हुने प्रक्रियामा छ । पाँच सात वटा पुलहरु निर्माणको लागि डीपीआर पनि हँुदै छ । ४५ वटा झोलुङ्गे पुलहरु निर्माण गरेका छौँ ।
चारैतिर खोला भएकाले अझै पुलहरु पुगेका छैनन् । विकट नभएकाले धरै अगाढी बढाउन सकिन्थ्यो होला । विकट भएकाले पनि छोटो समयमा रातदिन जनताको काममा लागेको छौँ । यस पछिका दिनहरुमा सहज हुने गरि काम गरेका छौँ । यसपछिका जनप्रनिनिधिलाई कुर्सीमा बसेरै काम गर्ने वातावरण बनाएको छु । कुर्सीमा बसेर मात्र हाम्रा बनाएका योजनाहरुलाई निरन्तरता दिए पुग्छ । र, अरु कोही भए पनि आफुले बनाएका योजनाहरु निरन्तरता दिनको लागि सहयोग गर्न तयार छु ।
कसैलाई विभेद नगरेकाले सहयोग पाएँ
मेरो महाबु गाउँपालिकामा जनताबाट निर्वाचित भइसकेपछि पहिलो गाउँसभाबाटै मैले विकासको काममा निरन्तरता दिए । जुनसुकै पार्टीबाटै राजनीति गर्ने फरक पार्टीका साथीहरुसँग गाउपालिकामा प्रवेश गर्दा पार्टीलाई बाहिर राखेर आएर राख्नु भनेका छन् ।
महाबु गाउँपालिकामा सबै दलका साथीहरुको सहयोग भएकाले पनि सहयोग भयो । मैले पनि सबैलाई समान दृष्टिकोणले हेरे । दललाई हेरे । विभेद नगरेका कारणले सबै राजनीतिक दल, जनताको साझा जनप्रतिनिधि भएर काम गर्दा सजिलो भएको छ ।
पूरा नभएका वाचा र घोषणापत्र
मैले सबै जनताको घरदैलोमा बाटो पु¥याउने भनेको थिए । त्यो पु¥याए । खानेपानी बत्तिको कुरा गरेको थिए । कृषिमा परिर्वतन गर्नुपर्छ भन्ने पाँच सात वटा कुराहरु रहेका थिए ।
धेरै अपेक्षाहरु थिएनन् । महाबुमा स्वास्थ्य क्षेत्रमा आमुल परिर्वतन गरियो । नौवटा सामुदायिक स्वास्थ्य इकाइ निर्माण गरियो । ३० शैयाको आइसोलेसन बनाउदैछु । बडाखोलामा पाँच सैयाको अस्पताल बनाइयो । लयातका थुप्रै कामहरु गरेका छौँ । त्यस्तो पूरा नभएको वाचा र घोषणापत्र त केही छ जस्तो लाग्दैन ।
(स्थानीय तहको पाँच वर्षको कार्यकाल ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ समीक्षा अन्तर्गत दैलेख महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीको अनुभव जितेन्द्र थापासँगको कुराकानीमा)