इलाम : उमेरले ८० नाघेका इलाम सन्दकपुर गाउँपालिकाका इन्द्रबहादुर गुरुङलाई यस पटकको स्थानीय तहको चुनाव भिन्न लागेको छ । आसन्न स्थानीय तहको चुनावलाई गुरुङ २०३६ सालको जनमत सङ्ग्रहसँग तुलना गर्छन ।
“त्यसबेला दुई ठाउँमा भोट हाल्नुपथ्र्यो”, उनले भने, “एकातिर राजा सुधारिएको राजसंस्था, अर्कातिर बहुदल थिए । अहिले त्यस्तै चल्दैछ जस्तो लाग्छ । यस पटक पनि दुईतर्फी नेतामात्र गाउँ पसेका छन् । एकातिर सत्ता गठबन्धन र अर्कातिर प्रतिपक्ष नेकपा एमाले ।”
यसपटक गुरुङलाई दुई पार्टी मात्र छन् कि जस्तो लागेको छ । गठबन्धन भनेको गुरुङका लागि एउटै पार्टी लागेको छ । यति मात्र होइन, गुरुङ यस पटकको चुनावमा केही आशावादी हुनुहुन्छ । विसं २०७४ को स्थानीय तहका प्रतिनिधिले केही विकास गरेझैँ लाग्छ गुरुङलाई । “स्थानीय तहका प्रतिनिधि माथिजस्तो ९सङ्घ र प्रदेश० भोट जितेर हराइ हाल्दा रहेनछन् । बाटोघाटो बनेको छ ।”
माईजोगमाई गाउँपालिकास्थित लक्षुमन काफ्लेलाई उहाँ जस्तै लाग्ने गरेको छ । उमेरले ६० टेकेका काफ्लेलाई स्थानीय तहको पहिलो कार्यभार समाहलेका जनप्रतिनिधिको काम उल्लेखीय लागेको छ । “सानातिना विवाद लिएर जाँदा पनि जनप्रतिनिधिले मिलाइदिन्छन् । गाउँकै मान्छेले जित्दा समस्यामा पर्दा सजिलैसँग भन्न पाइन्छ”, उनले भने, “अपेक्षा गरेर जस्तो त भएन तर अरु जनप्रतिनिधि जस्तो लागेन ।” जनप्रतिनिधिले प्रतीक्षा गरे जति काम नगरेकामा भने काफ्लेको दुखेसो छ । यस पटक पुराना भन्दा पनि नयाँ जनप्रतिनिधि आए हुने जस्तो लाग्छ उहाँलाई । “यो पार्टी, उ पार्टी भन्दा पनि पहिलैदेखि चिनेजानेकैलाई भोट हाल्ने हो”, उनले भने, “कम्तीमा दुःख परेको बेला घरसम्म त आइदिन्छ ।”
लक्षुमनलाई त वैशाखमै चुनाव भइहाल्नेमा अचम्म लाग्दैछ । किनकी उहाँले २०५४ साल पछिको स्थानीय निकाय पनि देख्नुभएको छ । “त्यतिबेला पनि पाँच वर्षका लागि हो भन्थे । २० वर्ष चुनावै भएन । उनले थपे “अघिल्लो चोटीका जनप्रतिनिधि पनि त्यस्तै होलान् जस्तो लागेको थियो तर होइन रहेछ ।” हुन त पाँच वर्षको अवधिमै स्थानीय तहको चुनाव हुनेमा केही दिन अघिसम्म धेरै जना आशावादी नै थिएनन् । अब भने हुन्छ कि भन्ने लागेको छ । स्थानीय तहका जनप्रतिनिधिले राजनीतिक कार्यसूचीभन्दा पनि विकासका कार्यसूची अघि सारेकाले धेरै खुसी छन् । रासस