हुुम्ला : संघीय सांसद रंगमति शाहीको छाउगोठदेखि संसदसम्म पुस्तक विमोचन भएको छ । उक्त पुस्तक कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको उपस्थितीमा विमोचन भएको हो ।
सांसद शाहीले पुस्तकमा आफुु दुुर्गमको एक गाउँमा जन्मिदाको अनुुभवदेखि पहिलो महिनावारी हुुँदाको तितो अनुुभव, छाउगोठमा बस्दा भोगेका कठिनाइलाई केलाइएको बताइन् ।
अहिले पनि महिलाहरु महिनावारी हुँदा छाउगोठमा बस्नुु पर्ने बाध्यता यथावत् छ । यसलाई नै पुस्तकमा देखाइएको शाहीले भनिन् – ‘छाउगोठमा बसेको बेला भोगेका पीडा, त्यसबाट हुने सिकारबारे समेटिएको छ ।’
आफु संसद्मा पुगेको कारण छाउगोठमा बस्नुु नपरेको भए पनि जिल्लाका अधिकांश युवती र महिलाले अझै पनि महिनावारी भएको समयमा तिनै गोठमा बस्नुु परिरहेको उनको भनाइ छ । त्यसलाई नै समेटिएको उनले जानकारी दिइन् ।
समाजका गन्नेमान्ने ब्यक्तिहरुबाट छाउपडीविरुद्ध बाहिर आवाज आउने गरेको भए पनि व्यवहारमा त्यो देखानपरेको कुरालाई पनि पुस्तकमा समेटिएको छ । सांसद शाहीले आफुुले २०७४ सालको संसदीय निर्वाचनबाट समानुपातिकतर्फबाट सांसद निर्वाचन भएपछि योबीचमा संसदमा आफुले गरेको काम, खेलेको भूमिकाबारे पनि उल्लेखित गरिएको छ ।
संसद्मा हुुम्लाका समस्याहरु उठाउने देखि तत्कालीन सरकारले गरेको गलत कामविरुद्ध आवाज उठाएका आवाजलाई पनि महत्वका साथ पुस्तकमा समेटिएको बताइएको छ ।
आफुु यो अवस्थामा पुग्नुको मुख्य देन कर्णालीका मुख्यमन्त्री शाही रहेको कुरा पनि पुस्तकमा समेटिएको सांसद शाहीले जानकारी दिइन् । चालीस पृष्ठको पुस्तकपहिलो संस्करणमा पाँच सय प्रति प्रकाशन भएको छ ।