सिमकोट : पवित्र धार्मिक स्थल कर्णाली नदीको दोभानमा रहेको खार्पुनाथ शिवालयमा पर्यावरण पार्क बन्ने कार्य तीव्र अगाडि बढिरहेको छ । सिमकोटबाट नजिक रहेको शिवालयमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन अवस्था राम्रो रहेकोले मन्दिर दर्शनका साथै पार्क निर्माणले पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याउन उक्त पार्क निर्माण सुरु गरिएको हो ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको खार्पुनाथमा गाउँपालिकाको आर्थिक सहयोगमा पर्यावरण पार्क निर्माण सुुरु भएको होे । खार्पुमा पर्यटकहरुका लागि मन्दिर दर्शन, तातो पानीमा नुहाउनका साथै थप मनोरञ्जन प्रदान गर्नका लागि गाउँपालिकाले प्रदेश सरकारको सहयोगमा सो पार्क निर्माण गर्न लागिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले यसबाट खार्पुनाथका धार्मिक तथा एतिहासिक महत्व दर्साउन सहयोग पुुग्ने विश्वास व्यक्ति गरे । कर्णाली नदी र दोजाम कर्णालीको दोभानमा टापुु रहेको र सो टापुुमा पर्यावणीय पार्क निर्माण कार्य हुुँदै आएको हो ।
दुुबै नदीको किनारामा ग्याविन लगाएर टापुको संरक्षण गर्नका साथै सो टापुुमा पर्यटकहरु बस्न र रमानका लागि पार्क निर्माण गरिनेछ । त्योसँगै टापुको मध्ये क्षेत्रमा शिव मन्दिर पनि निर्माण गरिनेछ ।
यसअघि दुुबै तिरको नदीको कटानले टापुु जोखिमा रहेको थियो । गाउँपालिकाको यो कार्यबाट टापुुको संरक्षणका साथै पर्यटन क्षेत्रको प्रवर्द्धनमा समेत सहयोग पुुग्नेछ ।
गत भदौमा पर्यावरणीय पार्क निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिएको र हालसम्म ३५ प्रतिशत कार्य सम्पन्न भएको छ । तीन वर्षसम्म सम्पन्न गर्ने गरि पार्क निर्माणको योजना सम्झौता भएको भएपनि आगामी फागुन महिनासम्म काम सम्पन्न गर्ने निर्माण कम्पनी पक्षले जनाएको छ ।
यसका लागि चार करोड २५ लाख बजेटको व्यवस्था भएको छ । खार्पुनाथ शिवालयबाट टापुुमा जानका लागि यसअघि नै ट्रसब्रिज निर्माण गरि सकिएको छ । हाल खार्पुमा दैनिक ५० भन्दा बढी आन्तरिक पर्यटकहरुले मनोरञ्जन लिँदै आएका छन् । बाह्र पर्यटकहरु आउने समयमा यो संख्या निक्कै वृद्धि हुने गरेको छ ।