सिमकोट : निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गर्र्न हुम्लाका सरोकारवालाले प्रतिवद्धता व्यक्त गरेका छन् । बिहिबार आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि मुुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भयो । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने राजनीतिक दलका नेता, मुख्य निर्वाचन अधिकृत प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखले उक्त प्रतिवद्धता व्यक्ति गरेका हुन् ।
कार्यालय स्थापना कार्यक्रममा मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले निर्वाचनलाई निष्पक्ष, शान्तिपुर्ण, भयरहित र स्वतन्त्र रुपमा सम्पन्न गर्न आफुुले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता ब्यक्तगरे ।
निर्वाचनमा खटिएका कुनै कर्मचारीहरुबाट गल्ती र कुनै पक्षलाई सहयोग पुुग्ने कार्य भए त्यसको जानकारी गराउँदै उनले त्यस्ता कर्मचारीमाथि स्थलगत रुपमा ठाउँका ठाउँमा कारबाही गर्ने बताए ।
उनले लोकतन्त्रको सुन्दर पक्ष नै आवधिक निर्वाचन भएकोले जिल्लाका सबै राजनीतिकदलहरुलाई निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोगको आग्रह समेत गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीता परियारले जनताको मन जित्ने गरि चुनावी प्रचारप्रसार अभियानका लाग्न दलहरुलाई आग्रह गरिन् । उनले सबै मतदाताहरुले आफ्नो मताधिकार आफैले गर्ने कार्यका लागि आफुुले कुनै कसर बाँकी नराख्ने बताउँदै निर्वाचनमा खटिने सिंगो कर्मचारी तन्त्र त्यसप्रति सजक रहनुुपर्ने बताइन् ।
यता कार्यक्रममा माओवादी केन्द्रका सचिव धर्मराज बोहराले निर्वाचन सम्पन्न गर्नका लागि आयोगद्धारा जारी निर्देशन, आचारसंहिता, परिपत्रलाई पुर्ण रुपमा पालन गर्ने बताए ।
उनले झगडा, द्धन्द्ध निम्तिने र चुनावीप्रचार प्रसारका क्रममा कुनै पार्टी र उम्मेदवार विशेषलाई आक्षेप लगाउने गरि कुनै पनि कार्य समेत नगरिने प्रतिबद्धता ब्यक्तगरे । नेकपा एकिकृत समाजवादीका तीर्थराज रोकायाले लोकतन्त्रको रक्षाका लागि पनि निष्प्क्ष निर्वाचनमा सबै दलहरु सहभागी हुनुपर्ने बताउँदै विधि सम्वत् निर्वाचनमा भाग लिनुपर्ने विचार व्यक्त गरे ।
कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल, प्रहरी नायव परिक्षक कृष्णराज ओजा, पत्रकार महासंघका अध्यक्ष राजन रावत लगायतको टोलीले निर्वाचन निष्पक्ष गर्न आफ्नो भूमिका रहने बताएका थिए ।
यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको थियो । त्यसै गरी जिल्लाका अन्य छ वटा गाउँपालिकाका केन्द्रहरुमा पनि निर्वाचन अधिकृतको कार्या स्थापना भएको जानकारी दिइएको छ । दुई दिन अघि नै निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत गाउँपालिका केन्द्रमा पुगिसकेका छन् ।