नेपालमा गणतन्त्र, नयाँ संविधान र संघीयता लागू भएपछिको पहिलो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिँदैछ । स्थानीय जनताका लागि घर घरमै सिंहदरबार बनेर बसेका स्थानीय तह सरकार र जनप्रतिनिधिले यो पहिलो कार्यकालमा विकासको जग हाल्ने काम पनि गरेका छन् । कर्णालीका विभिन्न स्थानीय तहका जनप्रतिनिधिको भोगाई र अनुभव हामी क्रमशः प्रकाशन गरिरहेका छौँ । यसैक्रममा दैलेखको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाको भोगाई र अनुभव उनकै शब्दमाः
२०७४ वैशाख ३१ गते निर्वाचन भयो र हामी निर्वाचित भइसकेपछि तत्काल हामीले धेरै कठिनाइहरु भेग्नुपरेको थियो । नयाँ संरचना थियो । नयाँ संरचनामा कुनै पनि कार्यालय व्यवस्थापन थिएन । कर्मचारी व्यवस्थापन थिएन । भौतिक पुर्वाधारका स्रोत साधन थिएनन् । हामीसँग दरबन्दी अनुसारका कर्मचारी नपाउदा सेवाप्रवाहमा निकै कठिनाइ भएको थियो । त्यसपछि हामीले कार्यविधि बनाएर नेपाल सरकारबाट कर्मचारी नपठाउदासम्म करारमा पनि कर्मचारी लिएर पनि काम गर्नुप¥यो भनेर योजना बनाएपछि कर्मचारीलाई करारमा पदुर्ति गरिसकेपछि सेवा प्रवाह पनि सुरु भयो । सुरुमा गाउँपालिकाको केन्द्रको टुंगो लगाउन पनि कठिन भयो । त्यो पनि हामीले छलफलपछि टुंगो लगायौँ ।
भैरवीमा सात वटा वडाहरु थिए । सबै वडाको केन्द्रका लागि विवाद पनि भए । त्यस्लाई पनि टुंगो लगाएर अहिले भैरवी गाउँपालिकाको प्रशासनिक भवनका लागि साढे १४ करोडको डीपिआर तयार गरेर तद अनुसारको टेण्डर खोलेर टेण्डरमा पनि पाँचवटा फर्महरुले अप्लाई गरिसकेका छन् । र, अब त्यसको आर्थिक र प्राविधिक मुल्याङ्कन गर्नेबित्तिकै ठेक्का सम्झौता गराउन तयारीमा छौँ । अब त्यसपछि हामीले यो बिचमा भैरवी आधारभुत अस्पताल भनेर १५ सैयाको अस्पताल स्वीकृत गरायौँ । त्यसमा साढे १८ करोडको डीपिआर तयार गरेर टेण्डर प्रक्रियामा गएर टेण्डर खोल्दा ११ करोड २१ लाख रुपैँयामा काठमाडौँको फर्मले ठेक्का सम्झौता गरिसकेको छ ।
संरचना विकास र समस्याको पहिचान
त्यसपछि हामीले म निर्वाचित भइसकेपछिको कार्याकालमा ६ वटा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरयौँ । हामीसँग तीनवटा पहिलेही थिए र अहिले नौ वटा स्वास्थ्य संस्था रहेका छन् । सातवटा वडा छन् । एक वडा एक स्वास्थ्य संस्था भन्ने नेपाल सरकारको राष्ट्रिय नीतिलाई हामीले परिपुर्ति गरेका छौँ ।
त्यसै गरि विद्यालयको क्षेत्रमा हामीले सिटीभिटिबाट सम्बन्धन प्राप्त गरेर श्री आदर्श माध्यामिक विद्यालयको घुम्नेखाली कुशापानी भैरवी ६ मा तीन वर्षे बालीविज्ञान, तीनवर्षे पशुविज्ञान कक्षाहरु संचालन गरिरहेका छौँ ।
र, यसैमा कृषितर्फ तीनवटा डेरी पनि संचालन गरेका छौं । भैरवी गाउँपालिका ७ भक्त डाडा, मान्ममा, भैरवी ६ खम्बगाडेमा गरी तीनवटा डेरी संचालनमा रहेका छन् । विभिन्न विद्यालयहरुमा पक्कि भवनहरु निर्माण गरेका छौँ । चुनौतीका साथसाथै हामीले अवसर पनि प्राप्त गरेका छौँ ।
दैलेख जिल्लाको मार्थिल्ले डुङ्गेश्वर बैंकक मालिका, दुल्लु डाडीमाडी, सिलङ्गी, कुसापानी ब्याउले, तीनचुली हुँदै कालिकोटको शुभकालिका गाउँपालिकाको सदरमुकाम सुकाटिया र यता कर्णाली राजमार्गको पानतडीसम्म हामीले मोटर बाटो पनि खोलेका छौँ ।
त्यो मोटरबाटो पान्तडीबाट जुम्ला जिल्लाको सिंजा उपत्यका हुँदै मुगुको गमगढी हुँदै नाक्चेलाग्ना मुगु जिल्लाको कार्मारोङ्ग गाउँपालिका नाक्चेलाग्ना हुँदै तिब्बतसम्म जाने त्यो सडक हो । त्यो सडकको ठुलो सम्भावना भएकाले त्यो सडकको पनि हामीले ट्याक खोलेका छौँ । स्थानीय सडकहरु पनि बनाएका छौँ । खानेपानी पनि बनाएका छौँ ।
ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना अन्र्तगत खानेपानी सरसफाई, जिविकोपार्जन, लगायतक कामहरु गरेका छौँ । जस्मा आरभिडब्लु आरएमपी र फिनल्यण्ड सरकारको सहयोगमा नेपाल सरकार र भैरवी गाउँपालिकासंग समन्वय गरेर त्रिपक्षीय सहयोगबाट काम गरेका छौँ ।
सेवा प्रवाहको सुरुवाती चुनौति
हाम्रो गाउँपालिका देखि अत्यन्तै राम्रो सेवा प्रवाह भयो । जनताहरुको मनस्थिती अथवा चेतना परिर्वतन नगरेसम्म कुनै काम गर्न सकिदैन । विकास भनेको भौतिक संरचना तर्फको विकास एउटा हो । भौतिक संरचनाका साथै मानिसको चेतना परिर्वतन नगरे विकास हुँदैन भन्ने मान्यताका साथ यो बिचमा हामीले सरकारी र गैरसरकारी तवरबाट विभिन्न भेला प्रशिक्षणहरु गर्दै हामीले अगाडी बढ्ने सिलसिलामा हामीले धेरै कामहरु पनि गरेका छौँ । र जनताहरु हाम्रो निर्वाचन भइसकेपछि हामीबाट एकदमै सन्तुष्ट हुनुहन्छ । विकासको अनुभूती गर्न पाएका छन् ।
पर्यटनको सम्भावना र वर्तमान समस्या
हाम्रो शिरस्थान ज्वाला सदावहार बलिरहने एक महत्वपुर्ण क्षेत्र हो । नेपालमा यस्तो अन्य ठाउँमा छैन । श्रीस्थान, नाभीस्थान छ । श्रीस्थान ज्वाला भैरवी गाउँपालिका १ रावतकोटमा पर्छ । त्यस्को नजिकै नाभीस्थान ज्वाला छ । त्यो दुल्लु नगरपालिका १० गमौढीमा पर्छ । यि दुयवटा ज्वाला भनेको हाम्रो पर्यटन व्यवसायका लागि अत्यन्त महत्वपुर्ण क्षेत्र छन् ।
अर्को भैरवी गाउँपालिकाको नाम राखेका छौँ । पवित्र तिर्थस्थल मध्यको एक तिर्थस्थल हो भैरवी । त्यसै तिर्थस्थलका नामले भैरवी गाउँपालिकाको नामाकरण गरिएको हो । उत्तरमा ब्याउले लेख पर्छ । जहाँ पाण्डवहरुले ढुङ्गै ढुङ्गाले बनाएको धर्मशाला छ । दैलेख र कालिकोट जिल्लाको सिमानामा पर्छ । विभिन्न पर्यटकीय सम्भावना बोेकेको गाउँपालिका छ । उत्तरतर्फ जल,जमिन,जङ्ग जडिबुटी र पानीका स्रोतहरु प्नि प्रस्त रहेको छ । भैरवी गाउँपालिकाको नक्सा उत्तर दक्षिण लाम्चो आकारको रहेको छ । त्यस्मा गाउँपालिकामा सात वटा वडाहरु छन् ।
विशिष्ठ प्रकृतीको हावापानी पाइन्छ । पहिले चारवटा गाउँपालिकाबाट हाम्रो गाउँपालिका निर्माण भएको छ । उत्तरमा कुशापानी गाविस छ त्यस्ले हिमाली हावापानीको प्रतिनिधित्व गर्छ । त्यसभन्दा तह भैरीकालिकाथुम गाविस रहेको छ । त्यस्ले पहाडी हावापानीको प्रतिनिधित्व गर्छ ।
अलि तल बडालम्जी छ त्यस्ले भित्रिमधेसको प्रतिनिधित्व गर्छ । त्यहाँभन्दा तल रावतकोट गाविस रहेको छ जस्ले तराइको हावापानीको प्रतिनिधित्व गर्छ । भैरवी गाउँपालिका यस्तो गाउँपालिका हो जहाँ हिमाल, पहाड भित्रि मधेस र तराइमा पाइने सबै किसिमको हावापानी पाइन्छ । पर्यटकको निकै सम्भावना भएको पालिकाभित्र भैरवी पर्छ ।
निकट भविष्यमै कर्णाली प्रदेशको राजधान िसुर्खेत वीरेन्द्रनगर देखि कालिकोट जुम्लाबाट मुगुको राराताल जानको लागि यसै श्रीस्थान नाभीस्थानको ज्वाला हेर्दै पर्यटकहरु माथि जाने छन् । पर्यटन मार्ग भनेर त्यो बाटो हामीले निर्माण ग¥यौँ ।
यस्मा दैलेख क्षेत्र नम्बर २ का माननीय सांसद राजबहादुर बुढा, लक्ष्मि पोखरेल र प्रदेश सभा सदस्य माननीय शुसिल थापाको धेरै ठुलो योगदान रहेको छ । स्थानीय सरकार, कर्णाली सरकार केन्द्र सरकार हामी सबैलाई धन्यवाद दिन चाहन्छौँ मोटर बाटो निर्माणको लागि जो त्यो पर्यटन मार्ग नै छ ।
पर्यटकीय क्षेत्रको डीपिआर
श्रीस्थान मन्दिर क्षेत्रको डीपिआर निर्माण ग¥यौँ । भैरवी मन्दिर क्षेत्रको पनि डीपिआर तयार गरेका छौँ । ब्याउले क्षेत्रको पनि डीपियार तयार गरेका छौँ । प्रदेश र संघ सरकारसँग लाख अनुरोध गरेर अहिले श्रीस्थानमा विभिन्न संरचना बनिरहेका छन् । अहिले पनि श्रीस्थानमा तटबन्धको काम भइरहेको छ ।
आधारभूत क्षेत्र र पूर्वाधार विकासको अवस्था
पहिलो शिक्षा क्षेत्रको कुरा गर्छु । हाम्रोमा ४४ वटा विद्यालय रहेका छन् । ४४ विद्यालय मध्य दैलेख जिल्लामा मुस्लिम स्कुल भैरवी ३ बडालम्जीमा छ र त्यहाँ मदरसा –मुस्लिममले अध्यन गर्ने विद्यालय छ । १ देखि पाँच सम्म रहेको छ । त्यो विद्यालयलाई पनि पटक पटक भवन निर्माण देखि अन्य भौतिक कुराहरु निर्माण गरेका छौं ।
दैलेखभरी भैरवीको वडा ३ मा मात्र मुस्लिम बस्ति रहेको छ । पाँच वटा हाम्रोमा माध्यामिक विद्यालयहरु रहेका छन् । तीनवटा १ देखि १२ र दुइवटा विद्यालय १ देखि दशसम्म छन् ।
पञ्चदेवल माध्यामिक विद्यालय रावतकोट, हिमालयन माध्याकिम विद्यालय, आर्दश माध्यामिक विद्यालय कुशापानी जहाँ तीन वर्षे बाली विज्ञान,पशु विज्ञान पढाई हुन्छ । १ देखि १० गौरी माध्यामिक विद्यालय बाल्यकाडा र महादेव माध्यामिक विद्यालय पानीपोखरा कुशापानीमा पर्छ ।
त्यो बाहेकका आधारभुत विद्यालय १ देखि ८ सम्म । १ देखि ३ सम्म प्राथमिक विद्यालयहरु छन् । यि सबै विद्यालयहरुमा गाउँपालिका शिक्षक अनुदान कोटा भन्ने छ । प्रत्येक वर्ष सवा १ करोड पैसा छुट्याएर नेपाल सरकारको दरबन्दीले मात्र सबै पढाइ पुर्ती नहुने भएकाले गाउँपालिका अनुदान कोटा भनेर हामीले शिक्षकहरु राखेका छौँ । अहिले सबै विद्यालयहरुमा पक्की भवनहरुको सुरुवात गरेका छौँ । जस्ले एकदमै राम्रो सन्देश दिएको छ ।
स्वास्थ्य क्षेत्रको विकासको सुधार प्रयास
स्वास्थ्य क्षेत्रको कुरा गर्दा हाम्रो कार्याकालमा ७ वटा वडामा स्वास्थ्य केन्द्र स्थापना गर्यौँ । अहिले भैरवी गाउँपालिकाको सातवता वडा मध्य अरु सबै वडामा एक एक वटा स्वास्थ्य सस्था छन् । वडा नम्बर ४ मा दुइवटा छ र वडा नम्बर ७ मा पनी दुइवटा रहेका छन् । जो भौगोलिक रुपमा विकट छ ।
कृषि क्षेत्रमा भएका प्रयास
कृषि क्षेत्रतर्फ भैरवी गाउँपालिकाको कृषि शाखाको पहलमा धेरै कामहरु भएका छन् । अलैची, क्वी खेती, डेरी संचालन गरेका छौँ । भैरवी गाउँपालिका कृषि शाखाको आयोजनामा विभिन्न बाख्रापालन भैँसीपालन, गाईपालन पकेट क्षेत्रहरु अगाडी बढिरहेका छन् । कृषि शाखा र पशु सेवा शाखाले असाध्यै राम्रा कामहरु गर्दै आएको छ ।
कृषिमा अत्यन्त ध्यान दिदै सिचाइ पोखरी, सिचाई कुलाहरु पनि बनाएका छौँ । कृषि जन्य सामान उत्पादन भएपछि पनि बजारसम्म पु¥याउन कच्चि बाटो भएता पनि अत्यनत राम्रो तरिकाले निर्माण गरेका छौँ । आगामी दिनमा कुनै पनि किसानले आफुले उत्पादन गरेको तरकारी पिठ्युँमा बोकेर लैजानुपर्ने अवस्था आउने छैन ।
कर्णाली, टुकी र उज्यालो ल्याउने विद्युत
विद्युततर्फ सामुदायि ग्रामिण विद्युतीकरण कार्यक्रम अन्र्तगत एक करोड तीनलाख रुपैयाँ गाउँपालिकाबाट छुट्यायौँ । अनि नेपाल सरकारले नौ करोड पैसा थपिदिएपछि अनुदान श्रमदान गरेर झण्डै झण्डै ११ करोडको कार्यक्रम अगाडी बढाएका छौँ र अहिले विभिन्न ठाउँमा बत्ति मुख्य र सायक र शाखा लाइनहरु तार तान्ने काम धमाधम भइरहेको छ ।
१२ वटा जति ट्रान्सफर्म राखिएको छ । नेपाल विद्युत प्राधिकरणले वडा नम्बर ५ मा काम गर्छ । वडा नम्बर पाँच बाहेकका सबै वडामा सामुदायिक विद्युतिकरणको कामहरु छ । सामुदायिक विद्युतीकरणले १२ वटा ट्रान्सफर्मर राखेको छ । आठ वटा जति टिओडी मिटर नेपाल सरकारबाट स्वीकृति भएर दैलेख बितरण केन्द्र, नेपाल विद्युत प्राधिकरण दैलेख विद्युतिकरणमा आइसकेको छ । तत्कालको निर्वाचनपछि हामी बत्ति बाल्दै छौँ ।
त्यतिले मात्र पुग्दैन कि भनेर हामीले ६ करोडको थप विद्युतिकरणको काम ग्रामिण विद्युतीकरण अन्र्तगत ६ करोडको काम अगाडी बढाएका छौँ । ६ करोडको काम हाम्रो पालामा अगाडी बढेको छ । भैरवी गाउँपालिकाका ४५ सय घरधुरीमा ९८ प्रतिशत विद्युतीकरण हनेछ । र त्यो विद्युतिकरण भनेको कुनै लघुजलविद्युत आयोजना सामान्य कुरा नभएर राष्टिय विद्युत प्रशारण लाइनमा जोडिने छ र जनताहरुलाई झिलीमिली उज्यालो हुनेछ ।
बाटो, सडक र विकासको मूलमन्त्र
उत्तरदक्षिण मोटरबाटो माथि तिब्बतसम्म जाने बाटो दैलख जिल्लालाइ मात्र नभएर कर्णाली प्रदेश र नेपाल अधिराज्यलाई समृद्ध बनाउने बाटोको पनि सुरुवात भइसकेको छ ।
सातवटा वडामा सातवटै वडाका एक एक तलाका पक्की भवन बनाएका छौैँ । म के अनुरोध गर्न चाहन्छु भने अब आउने साथीहरुले यसै वर्ष माथिल्लो तला थप्न अनुरोध गर्दछु । किन भने वडा कार्यालय भनेको जनताको सेवा प्रवाहको मुल थलो हो ।
(विकासको जग हाल्ने कर्णालीका स्थानीय तहका पाँच वर्ष अनुभवमा भैरवी गाउँपालिका अध्यक्ष प्रेम बुढाको अनुभव जितेन्द्र थापासँगको कुराकानीमा आधारित)